• २२ वैशाख २०८१, शनिबार

हिउँदे ओलम्पिक भएको सुन्दर प्रकृति

blog

सन् २०२३ अगस्ट ६ को बिहान ६ बजे म पृथ्वीको अति सुन्दर क्षेत्र उत्तर अमेरिकी महाद्वीपको पनि उत्तर पश्चिम कुनामा प्रशान्त महासागरको पानीलाई तलतिर राखेर २००० मिटरभन्दा माथि उचाइका हरिया पहाडहरूको काखमा ६०० मिटर सरदर उचाइमा अवस्थित सानो उपत्यकाबाट तिनै हरिया पहाडहरूका पङ्क्तिलाई हेर्दै यी अक्षरहरू कोरिरहेको छु । ती अग्ला हरिया पहाडमाथि चट्टानी सेतो भाग र तिनका बिचमा जमेर बसेको हिउँका भागले गर्दा कुनै कुनै हिमालयका चुचुरा जस्ता पनि देखिन्छन् । पहाडको यो शृङ्खला मेरा लागि त्यति महìवपूर्ण नहुनुपर्ने हो । यीभन्दा अग्ला पहाडलाई वरिपरि राखेर तेह्र चौध सय मिटर उचाइको उपत्यकामा अवस्थित सुन्दर नगरी काठमाडौँमा जीवन बिताइरहेको मानिसले यहाँ आएर पहाडको वर्णन गर्नु सूर्यका अगाडि बत्ति बाल्नु जस्तै हुनुपर्ने हो तर पङ्क्तिबद्ध पहाडका टुप्पामा हिजो मात्र हामी घुम्न पाएको अवसरमा अचम्मको प्रविधिले प्रकृतिलाई सिँगारेको अनुपम संयोग अनुभव गर्न पाएको क्षणलाई कसै गरी न बिर्सियोस् भन्ने भावनाले म यी शब्द कोर्न लागिरहेको छु ।

क्यानडाको सुदूर पश्चििममा रहेको ब्रिटिस कोलम्बिया राज्यमा अवस्थित मोटामोटी ६०० मिटर उचाइको उपत्यकामा रहेको यो हरियो क्षेत्रलाई विस्ट्लर भिलेज भनिने रहेछ । माथिल्लो स्तरका भव्य होटलहरूदेखि ठिक्कका होटल, लजहरू, बजार क्षेत्र, विभिन्न पार्क, ताल भएको यस सुन्दर सानो नगरीलाई भिलेज अर्थात् गाउँ भनिने रहेछ । तलतिरका भ्याङ्कुभर, सरी जस्ता ठुला सहरका मानिसले यता आसपासमा आफ्ना घर, टहरा बनाएका हुने रहेछन् । रुसका मास्को जस्ता ठुला सहरका मानिसले गाउँतिर पनि घर, टहरा निर्माण गरेर राखेका हुन्छन्, तिनलाई दाछा भन्छन्, जहाँ छुट्टी बिताउन या सहरी जीवनबाट वाक्क पर्दा आराम गर्न जाने गर्दछन् । यहाँ पनि ठुला सहरका मानिस छुट्टीमा रमाइलो गर्न केही दिन बस्न आफ्ना घर बनाएका हुने रहेछन् भन्ने कुरा अमेरिकाको वासिङ्टन राज्यको सिमानामा रहेको क्यानाडाको सहर सरीमा घर हुने हाम्री साथी रोजमेरीले आपूmहरूको पनि त्यहाँ घर भएको कुरा गरेकीले थाहा भएको हो ।

यसै मनोरम ठाउँको इगल लजको कौसीबाट ती पहाड हेर्दै म हिजो अर्थात् ५ अगस्टको बिहानैदेखि यी पहाडमाथि गरिएको यात्रातिर केन्द्रित हुन्छु । हिजो बिहानै यहाँको बायाँतिरको पहाडको फेदीबाट हरियो जङ्गल भएको लाम्चो परेर पैmलिँदै गएको डाँडामा हामी केबुलकारबाट चढ्यौँ । १० मिनटपछि एकछिन सुस्ताउने ठाउँ रहेछ । त्यहाँ रोकिएर हामी केबुलकारबाट टपमा पुग्यौँ । विभिन्न रेस्टुराहरू र मनोरञ्जनका अन्य साधन भएको २१०० मिटर उचाइको त्यो ठाउँ अति नै रमणीय लाग्यो । बाहिर खाने त यताको चलन नै हो, जहाँ पनि रेस्टुराको भित्र मात्र हैन बाहिर पनि मानिस भरिभराउ हुने चलन त्यस पहाडको चुचुरोमा पनि देखियो । त्यहाँ पुगेर आराम गर्ने, खाने पिउने एक थरी देखिए भने अर्का थरी त्यहाँबाट माथि चट्टानी पहाडको गोरेटोमा पैदल यात्रा गर्ने पनि देखिए । हामी भर्खर तलबाट माथि निस्कनेहरू त्यहाँ बस्ने न भई अर्को पहाडको टापुमा जाने चलन रहेछ, त्यो धेरै टाढाको पहाडमा जान पिक टु पिक भन्ने सिम्बल देखाइएको थियो र त्यति टाढाको पहाड पनि झोलुङ्गे पुलको ढाँचाले बनाइएको केबुलकारको यात्राबाट पुग्न सकियो । तल हेर्दा डर लाग्ने तर केबुलकारको डब्बाभित्र झुन्डिएर बिचमा पुग्दा उत्तरतिर अभैm अग्ला हिमाच्छादित पहाडहरू हेर्दा रमाइलो लाग्ने रहेछ । ११ मिनटको यात्राबाट त्यसरी एक पहाडबाट अर्को पहाडमा पुग्ने प्रविधि अनौठो लाग्यो । अब हामी पिक टु अर्थात् दोस्रो पहाडको चुचुरोका यात्री हुनपुग्यौँ । त्यस यात्रामा हामीलाई मौसमले साथ दिएको थियो अर्थात् घाम राम्ररी लागेकाले आनन्दमय वातावरणले रमाइलो गराएको थियो । त्यस्तै गोरा, काला, गहुँगोरा विभिन्न देशका धेरै नरनारीसँगै पङ्क्तिबद्ध भएर अनौठो यात्रा गर्दा रोमाञ्चकता थपिएको थियो । यसरी दुई तीन ठाउँ पङ्क्तिबद्ध हुँदै दुई किसिमका केबुलकार चढेर हामी दोस्रो चुचुरोमा पुगेका थियौँ । त्यसपछि हामीलाई पहाडको गेग्रेन माटो भएको कच्ची बाटोबाट ओरालोमा हिँडाइयो । १०–१५ मिनट त्यो कच्ची बाटो हिँडेपछि एउटा चट्टानी पहाडको फेदीमा नयाँ प्रविधिले बनाएको प्लेटफार्ममा हामी पुग्यौँ । त्यहाँबाट चट्टानी पहाड भएको तेस्रो चुचुरोमा पुग्नुपर्ने रहेछ । तीन जना बस्न मिल्ने नयाँ प्रविधिले बनाइएका खुला बेन्चहरूमा बसेर एक किसिमले झुन्डिएर त्यो चट्टान चढ्नुपर्ने रहेछ । डराई डराई हाम्रो समूहका छ जना (निर्मला र म, छोरा मोहित र बुहारी सृष्टि तथा छोरी मृदु र उनका साथी ब्राएन) दुईवटा बेन्चमा झुन्डिएर माथि पुग्यौँ । माथि पुगेका मानिसको छुट्टै संसार थियो, जहाँ फोटो खिच्ने र एउटा झोलुङ्गे पुल तरेर अर्को चट्टानमा पुग्दासम्म प्रशस्त समय गयो । त्यसरी रमाएर त्यो उचाइमा केही समय बिताई पुनः पङ्क्तिबद्ध हुँदै तिनै डरलाग्दा बेन्चमा बसेर तल झरियो । त्यसपछि पुनः त्यही गेग्रेन बाटोमा उकालो चढियो । धेरै देशका नागरिक हिँड्न नसकेर २–३ ठाउँमा बस्तै चढेका थिए भने हामी सजिलैसँग निस्कियौँ । अब हामी पिक टुका यात्री भएका थियौँ र त्यहाँका रेस्टुरामा रमाइरहेका मानिसका बिचमा हामी पनि रमाउन लाग्यौँ । यसरी दिनभरिको यात्राको बिराम जस्तै गरेर खाने पिउने र उत्तरतिरका पहाडको जञ्जाल हेर्दै फोटो खिच्ने गर्न थाल्यौ । यसरी रमाइलो यात्रा गर्दा समय बितेको पत्तै भएन । बेलुकीतिर मात्रै हामी त्यही पिक टुको केबुलकार चढेर विस्टलर झ¥यौँ । ती हरिया पहाडमाथिको त्यो रमाइलो वातावरण, ती चट्टानी पहाडमाथि चढ्दाको डर लाग्दो क्षण र त्यहाँ पुगेपछि स्वर्णिम आनन्दमय उचाइमा अवस्थित ती संरचना सम्झँदा अहिले पनि मन त्यसै क्षितिजमा पुगेको अनुभव भएकाले आजको शुभ बिहानीमा मैले उत्तराखण्डको उच्च क्ष्तििज स्मरण गर्दै आपूmले भोगेको अमूल्य क्षणलाई शब्दमा कोर्ने धृष्टता गरेँ ।

अब लागौँ ती पहाडको परिचयतिर । विस्टलर भिलेजको प्रमुख आकर्षणको ठाउँ हो ओलम्पिक प्लाजा । यहाँ ठुलो मैदानी क्षेत्र छ र त्यहाँ खास गरी बेलुकीतिर बाजागाजासहित नाचगानले रमणीय क्षेत्र बनेको आभास हुन्छ । यसरी रमाइलो गर्ने ओलम्पिक प्लाजाको नामबाट यो ठाउँ प्रसिद्ध हुनुमा सन् २०१० मा यहाँ विन्टर ओलम्पिक खेल सञ्चालन गरिएको कारण रहेछ । किन यो ठाउँ विश्वप्रसिद्ध ओलम्पिक खेलका लागि चयन भए होला भन्ने कौतुहल मेट्ने साछी यिनै पहाडी शृङ्खला रहेछन् । 

विश्व प्रसिद्ध ओलम्पिक खेलको सुरुदेखि नै चार चार वर्षमा भव्य किसिमले आयोजना गरिने गर्र्मीको प्रसिद्ध ओलम्पिक खेलको साथै जाडोको समयमा आयोजना गरिने विन्टर ओलम्पिकको पनि त्यत्तिकै महìव हुन्छ । सो अनुसार सन् २०१० मा क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको यस विस्टलर भिलेजमा ओलम्पिक खेल आयोजना गरिएको रहेछ । जाडोमा खेलिने खेलमध्ये हिउँमा खेलिने स्किइङ महìवपूर्ण हुनेहुँदा हिउँ पर्ने पहाडी एरिया छान्नुपर्ने रहेछ । विस्टलर भिलेजको वरिपरिका पहाडमा तलमाथि गर्ने बाटा बनाइएका र ती बढी उकालो ओरालो भएका क्षेत्रमा हिउँ जम्ने र त्यहीँ हिउँमा माथिदेखि तल झर्ने बाटामा स्किइङ (चिप्लेटी) खेलेर झर्ने सजिलो र रमाइलो प्रविधि हुन्छ । बलिया बुट लगाएर चिप्लेटी खेल्ने प्रविधियुक्त पातामा खुट्टा राखेर दुवै हातमा लट्ठी समाएर हिउँमा चिप्लिने पाताको लयमा तल झर्दा अत्यन्त रमाइलो हुने र एकै छिनमा चिप्लिँदै तल आउने प्रविधिको अधिकतम उपयोग गरिने यो खेल आयोजना गर्न हिउँ पर्ने यी पहाड अत्यन्त उपयोगी भएकाले ओलम्पिक खेलको आयोजना गरिएको रहेछ । पङ्क्तिकारलाई सोभियत सङ्घको छात्रजीवनको समयमा किभ र मास्कोमा जाडोको छुट्टीको समयमा आराम गृहका भिरालो जग्गाका बाटामा स्किइङ गरेको रमाइलो अनुभव हुँदा विस्टलर अल्पाइन पहाडका माथि टुप्पाबाट तल झर्ने भिराला बाटामा कति रमाइलोसँग युवायुवती स्किइङ गर्छन् होला भन्ने कल्पना गर्दा नै रमाइलो लाग्यो । त्यही अधिकतम रमाइलो गर्न मिल्ने ठाउँमा विश्वभरिका सिपालु खेलाडीले कति उच्चतम स्किल देखाएर प्रतिस्पर्धा गरे होलान् भनेर अनौठो सोचाइमा तरङ्गित भइयो ।

अब अर्को पक्षः ती पहाड र ती भिराला बाटा जाडोमा ज्यादै महìवपूर्ण मानिने रहेछन् र ओलम्पिक खेलसमेत आयोजना भएको रहेछ । तर त्यत्तिले मात्र वर्ष सकिँदैन । वर्षमा त जाडोको साथै गर्मीको समय पनि आउँछ । संयुक्त राज्य अमेरिका र क्यानडातिर जाडोभन्दा गर्मीको समयमा अफिसबाट छुट्टी लिने र रमाइला ठाउँमा घुम्न जाने प्रचलन रहेको छ । वर्षभरि दुःख गरी कमाएको पैसा छुट्टीको समयमा रमाइला ठाउँ घुम्न गएर खर्च गर्ने सबैको मनस्थिति हुँदोरहेछ । त्यसो हुँदा गर्मीको समयमा पनि रमाइलो परिस्थिति सिर्जना गरेर पर्यटक जम्मा गर्न यो विस्टलर भिलेज समर्थ भएको रहेछ । त्यसका लागि सुरुमा बताएको पिक टु पिक यात्रा मात्र हैन हिउँदमा स्किइङ खेलेर रमाउने ती बाटामा टापुदेखि तलसम्म साइकल दौडाउने प्रतियोगिता जस्तै हुने रहेछ अर्थात् हिउँदमा स्किइङमा दौडिने यी बाटामा गर्मीमा साइकलमा दौडिने रहेछन् । त्यसका लागि हामीमाथि चढ्ने केबुल कारमा साइकल बोकेर मानिसमाथि गइरहेका हुन्थे र टापुमा पुगेपछि तिनै ओराला बाटामा साइकलमा दौडिरहेका मानिसको लर्को देखिन्थ्यो । अचम्मको कुरा त्यस्ता डर लाग्दा ओरालामा सानो उमेरका केटाकेटी पनि साइकल दौडाएर झरिरहेका देखिन्थे । हाम्रो टोलीका ब्राएन् पनि धेरै पटक त्यस्तो यात्रा गरेका र यस पटक पनि बिहानै एक पटक पहाड चढेर साइकलमा तल झरेर हामीसँग दिउँसोको यात्रामा समावेश भएका हुन् । हामी त्यो समयमा विस्टलर भिलेजका अन्य पार्क र रमणीय तलाउ हेर्न गएका थियौँ । जे होस् अप्ठ्यारो सजिलो जस्तो माध्यमबाट भए पनि इच्छाअनुसार रमाइलो गरेर समय बिताउन पाइने यस क्षेत्रको भ्रमणबाट दुई रात तीन दिनको समय अति सजिलोसँग बिताएर हामी फर्कियौँ ।

हो, हामी फर्कदै थियौँ । दायाँ बायाँ उनै पहाड र फेदीमा प्रशान्त महासागरको पानी, जता फक्र्यो त्यतै रसिलो । तर यो के ? ब्राएन बताउँदै थिए धेरै टाढा अनि निकै माथि चट्टानी पहाडबिचको झोलुङ्गे पुल, जुन त्यहाँबाट देखिँदै थियो । त्यो त हामी गएको ठाउँ पो रहेछ । लौ त सबै जना हेरौँ भनेर गाडी रोकियो अनि हेर्दै गर्दा राम्ररी देखियो सुदूर उत्तरको धेरै माथि देखिने क्ष्तििजमा एउटा सुन्दर झोलुङ्गे पुल । कस्तो अचम्म ! त्यति टाढा त्यति माथि के हामी गएका हौँ ? हो हामी गएका थियौँ, टकटक घाम लागेको थियो, पिक टुमा पुगेर तल गग्रेटो बाटोमा हामी हिँडिरहेका थियौँ । कहाँ जाने हो भन्दा थाहा भएको थियो पारि पट्टि चट्टानी पहाड चढ्न हामी तल झर्दै थियौँ । तल त्यस पहाडको फेदीमा पुगेपछि तीन तीन जना चढ्न मिल्ने फलामका बेन्चमा बसेका हौँ, माथि डण्डी समाउने र तल खुट्टा अर्को फलामे लाठीमा अडाउनुपर्ने बेन्चमा चढेर निस्किएको हो । त्यसरी निस्केपछि माथि पनि चट्टानी भागमा यात्रा गर्दै दुई पहाडको बिचमा रहेको झोलुङ्गे पुलमा यात्रा गरेका हौँ । हाल नेपालको हाम्रो अर्घाखाँचीमा पनि एक डाँडाबाट अर्कोमा पुग्ने झोलुङ्गे पुल बनेका छन् । सुपा देउरालीबाट अघि बढ्दा नरपानी न पुग्दै एउटा त्यस्तै पुल देखिन्छ । अन्य ठाउँमा पनि यस्ता पुल बनेका र तिनमा चढ्ने रुचिले मानिस त्यता जाने गर्दा आन्तरिक पर्यटन बढेको कुरा पनि सुनिएको हो । जे होस् यस प्राकृतिक सुन्दरताबाट भाव विभोर हुँदै हामी बाटो लाग्यौँ ।

बाटोमा जाँदै गर्दा खान त परिहाल्यो, साढे बाह्र बजेतिर एक ठाउँमा रेस्टुरा खोज्दै गाडी घुमाइयो र हामी एउटा रेस्टुराँको माथिल्लो तलामा ठुलो हलमा गयौँ । त्यहाँ एउटा ठुलो टेबुल हामीले पायाँैँ । एउटी सानो कदकी सुन्दर महिला हाम्रो सेवामा उपस्थित भइन् । तिनको आकर्षक चेहरा र अनुहारको मुस्कानले हामी आकर्षित भयौँ र उनले दिएको मेन्यु हेर्न थाल्यौँ । खाना अर्डर गरेपछिको लामो समय हामी दायाँ बायाँको प्राकृतिक दृश्य हेर्न व्यस्त भयौँ । हाम्रो दायाँतिर नजिकै अग्लो चट्टानी पाखो ठिङ्ग उभिएको थियो । एकदम भिरालो त्यस विशाल चट्टानको बिचमा काप रहेका भागमा कहीँ कहीँ मानिस चढ्न सकिने गरी खोपिएको रहेछ । त्यहाँ एक दुई जना मानिस माथि निस्किरहेका देखेर हामी आश्चर्यचकित हुँदा हामीलाई सेवा दिने ती गोरी सुन्दरीले आपूm पनि त्यो चट्टान चढिसकेको अचम्मको कुरा गरिन् । कति घण्टामा चढ्यौ भनेर सोद्धा दस घण्टामा टपमा पुगेको र उता डोरीमा झुन्डिएर तल झरेको कुरा गर्दा ती सुन्दरी गोरीप्रति झन् स्नेहको भावना उर्लेर आयो । त्यसै गरी मिठो खानाले अझ बढी प्रभावित भयौँ । सानो यो नगरी पहाड थलमा अतीव राम्रो रह्यो भन्दै छन् । सबैले भिलेज रसिलो विस्टलर पहाडै भयो ।

देशैका अथवा विदेशतिरका राम्रा सबै यी जन भेट्दा ती युवती विचित्र रसिला साट्दै थियौँ यी मन । यस्तो प्राकृतिक सुन्दरताको क्षेत्रमा ओलम्पिक खेल आयोजना गरिएको सम्झिँदै हिउँदे ओलम्पिकको सुन्दर प्रकृतिसँग बिदा माग्दै हामी तलतिर लाग्यौँ । यसरी बिदा हुँदा कता कता धेरै प्यारो ठाउँ छाडेर जाँदै छौँ, जस्तो मायालु भावना मनमा बसिरह्यो ।