• ५ वैशाख २०८१, बुधबार

समयको तराजुमा यौन साहित्य

blog

के हो यौन साहित्य ?

पुरुष र स्त्रीबिच हुने प्राकृतिक यौन आकर्षण र त्यस आकर्षणले पैदा गरेका भाव र क्रियाकलापलाई साहित्यका माध्यमबाट उजागर गर्नु नै यौन साहित्य हो । यसमा विपरीत लिङ्गी मात्र होइन समान लिङ्गी आकर्षणका विषय पनि समावेश भएका हुन्छन् । साहित्यका विशेष गरी कविता  (गीत, गजल, मुक्तक, हाइकु आदि समेत), कथा र उपन्यास विधामा यौन साहित्य फैलिएको पाइन्छ भने नाटक, निबन्धलगायतका विधामा ज्यादै कम पाइन्छ । 

यौन साहित्यका समग्र विषयवस्तु (कन्टेन्ट) केलाउँदा मुख्यतः तीन पक्षको वर्णन पाइन्छ– अङ्ग वर्णन, व्रिmया वर्णन र भाव वर्णन । 

विशेषतः प्राचीनकालदेखि नै नारी शरीरका विभिन्न अङ्गहरूको कामुक वर्णन गरेर विश्वका विभिन्न भाषामा पद्य र गद्य रचना भएका छन् । शृङ्गार साहित्यमा नारीका केश, आँखा, गाला, ओठ, स्तन, कम्मर, नाभी, जाँघ र योनी क्षेत्रको समेत वर्णन भएको पाइन्छ । साहित्यमा नारी देहको तुलनामा पुरुष देहको वर्णन निकै कम मात्र हुने गरेको छ । यद्यपि ग्रीक र रोमन साहित्यमा पुरुष देहको पनि निकै आकर्षक वर्णन पाइन्छ । विशेष गरी योद्धा र खेलाडी पुरुषका बलिष्ठ शरीरको वर्णन ती साहित्यमा पाइन्छन् । 

यौन साहित्यको अर्को मुख्य कन्टेन्ट यौन व्रिmयाकलापको कामुक वर्णन हो । स्त्री–पुरुष वा समान लिङ्गीका बिच हुने यौन व्रिmयाकलाप जस्तै चुम्बन, आलिङ्गन, स्पर्श, सम्भोग आदिको वर्णन जुनसुकै देश वा भाषाका साहित्यमा पर्याप्त मात्रामा पाइन्छ । तर यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने सम्भोग व्रिmया मात्र सम्पूर्ण यौन होइन । त्यो त यौनको विशालताभित्रको एउटा पाटो मात्र हो । मानव जातिका साथै अन्य जीवहरूको समेत जीवनमा सम्भोगरहित यौनको पनि विशेष महìव रहेको हुन्छ । 

यौनमा भाव पक्षको सर्वोपरी महìव रहेको हुन्छ । त्यसैले साहित्यमा पनि यौन मनोविज्ञानको विश्लेषण भएका रचनाहरूको सधैँ उच्च स्थान रहेको पाइन्छ । अङ्ग र व्रिmया पक्षलाई पटक्कै नछोई भाव पक्षलाई मात्र केन्द्रमा राखेर पनि यौन साहित्यको रचना गर्न सकिन्छ, यद्यपि यो गम्भीर विषय हो । तुलनात्मक रूपमा यौन अङ्गको र यौन व्रिmयाको वर्णन गर्नुभन्दा यौन भावको वर्णन गर्नु कठिन हुन्छ नै । 

संसारभरिकै धर्म, संस्कृति, रीतिरिवाज र कानुनले वैवाहिक यौन सम्बन्धलाई मात्र स्वीकार गरेको छ । तर यौन साहित्य वैवाहिक यौनको परिधिभित्र मात्र सीमित छैन । किनभने मानवीय यौन नै दाम्पत्य सम्बन्धमा मात्र सीमित छैन । त्यसैले मानवीय यौन प्रवृत्तिको आयतन जति फराकिलो छ, यौन साहित्य पनि त्यति नै व्यापक हुन्छ ।  

को हुन् यौन साहित्यकार ? 

सामान्यतया यौन विषयमा केन्द्रित रही कलम चलाउनेलाई यौन साहित्यकार भनिन्छ । तर यसको दुई किसिम पाइन्छ– यौन विषयमा मात्र केन्द्रित रहेर साहित्य रचना गर्ने, अरू विषयप्रति त्यति चासो नराख्ने एक थरी, विभिन्न विषयमा साहित्य रचना गर्ने, बेला बेलामा यौन विषयमा पनि लेख्ने अर्काथरी । नेपाली साहित्यमा दुवै थरीका साहित्यकार पाइन्छन् । बिपी कोइराला, भवानी भिक्षु, पोषण पाण्डे, पुष्कर लोहनी, प्रेमा शाह, सीता पाण्डे आदिलाई पहिलो थरीका यौन साहित्यकार मान्न सकिन्छ भने मदनमणि दीक्षित, धु्रवचन्द्र गौतम, मनु ब्राजाकी, परशु प्रधान, मोहनराज शर्मा, किशोर पहाडी, महेशविव्रmम शाह, रामलाल जोशी, कृष्ण धरावासी, भागिरथी श्रेष्ठ, इल्या भट्टराई आदिलाई दोस्रो थरीमा राख्न सकिन्छ । वास्तवमा नेपाली साहित्यमा मात्र हैन सबै भाषाका साहित्यमा यौनमा मात्र केन्द्रित रहेर लेख्नेभन्दा  विविध विषयका साथै यौन विषयमा पनि लेख्ने स्रष्टाहरूकै सङ्ख्या अधिक पाइन्छ, जो स्वाभाविक पनि हो । 

विगतमा यौन साहित्यप्रति समाज त्यति सकारात्मक थिएन । यौन साहित्य सुरा र सुन्दरीप्रति लम्पट हुनेहरूले लेख्ने र पढ्ने सामग्री हो भन्ने सोच रहेको थियो । कतिपय स्रष्टाका आचरण पनि त्यस्तै थियो । भारत कोलकाताका एक चर्चित कवि राजकमल चौधरीको रात प्रायजसो कोलकताको यौनालयमा बित्ने गथ्र्यो । उनी त्यहीँ बसेर उत्तेजक कविता लेख्थे । लखनउ, बनारस जस्ता रसिक स्थानका कवि, सायरहरूमा पनि यस्तो प्रवृत्ति पाइन्थ्यो । विकसित मुलुकका नगर, महानगरहरूका पब, ब्रोथेल र नाइट क्लबहरूमा युवा स्रष्टादेखि वृद्ध स्रष्टासमेत लट्ठ परेर घण्टौँ बिताइरहेको अहिले पनि देख्न पाइन्छ । तर आफ्नो चरित्रलाई तीलाञ्जली दिनेले मात्र यौन साहित्य लेख्न सक्छ भन्ने सोच राख्नु मूर्खता मात्र हो । मदिराको बानी नभएका चर्चित भारतीय कवि हरिवंशराय बच्चनको ‘मधुशाला’ कालजयी कृतिको रूपमा स्थापित छ ।      

 यौन साहित्यको इतिहास 

आम जनमानसमा ‘यौन साहित्य’ भन्ने औपचारिक शब्द प्रचलनमा आउनुभन्दा सदियौँ अघिदेखि नै विश्वको सबैभन्दा पुरानो धर्म संस्कृति भएको हिन्दु समाजका जनसाधारणले अनेकौँ रोचक पौराणिक कथाहरूमार्फत् यौन साहित्यको रसास्वादन गर्दै आएका हुन् । हिन्दु धार्मिक ग्रन्थहरूका प्रमुख पात्र आराध्य देवजोडी गौरी–शङ्कर, लक्ष्मी–नारायण, राधा–कृष्ण–गोपिनी आदिका लीलाको वर्णन आधुनिक युगको यौन साहित्यभन्दा धेरै पुरानो र कालजयी रहिआएको छ । महाभारतका अनेक प्रसङ्ग हुन् वा श्रीमद्भागवतमा राजकुमारी उषा, उनकी सखी चित्रलेखा र अनिरुद्रको सन्दर्भ वा प्रत्येक वर्ष माघमा  एक महिनासम्म सुन्ने सुनाउने प्रचलन रहेको श्रीस्वस्थानी व्रतकथामा उल्लिखित अनेकौँ रोचक उपकथाहरू, यी सबैले निरक्षर युगमा पनि वाचन र श्रवणको माध्यमद्वारा यौन साहित्यको मधुरस पान गराएका थिए । हिन्दु सभ्यताले कामदेव र रतिलाई यौनका देव देवी माने जस्तै ग्रिक सभ्यतामा इरोज र अफ्रोडाइट अनि रोमन सभ्यतामा इनुस र भेनसको जोडीलाई यौनका देव देवी मानी पुज्ने र उनीहरूप्रति समर्पित भई यौन काव्य रचना गर्ने परम्परा रहिआएको पाइन्छ । बौद्ध साहित्यमा यौनसम्बन्धी विषयले त्यति पर्याप्त स्थान पाएको जस्तो देखिँदैन । यद्यपि बौद्ध साहित्यमा पनि सर्वाङ्ग सुन्दरी नगरबधू आम्रपाली र उनीप्रति आशक्त राजा बिम्बिसारको प्रसङ्ग, सर्वाधिक कामुक नगरबधूबाट सर्वश्रेष्ठ भिक्षुणीमा आम्रपालीको रूपान्तरण, स्वयं बुद्धलाई लगाइएको स्त्री संसर्गको मिथ्या आरोप आदि रोचक प्रसङ्ग पाइन्छन् ।   

आधुनिक यौन साहित्य ठ्याक्कै यही बेलादेखि लेखिन थाल्यो भनेर किटान गर्न कठिन छ । विश्वमा प्रचलित प्रायः सबै भाषाका साहित्यमा यौनले कुनै न कुनै रूपमा स्थान पाएको देखिन्छ । संसारको सबैभन्दा पुरानो भाषा संस्कृतमा पनि यौन साहित्यले राम्रो स्थान जमाएको पाइन्छ । प्राचीन कालदेखि नै विभिन्न नवरसमा काव्य रचना गर्ने संस्कृतका विद्वान् स्रष्टाहरूले शृङ्गार रसमा पनि धेरै रचना गरेका छन् । ती कतिपय रचनाहरूमा व्यक्त चित्रण र भाव सामान्य शृङ्गार रसमा मात्र सीमित नरही त्योभन्दा माथिल्लो तहमा उक्लेका छन्, जसलाई यौन साहित्यको कोटीमा राख्न सकिन्छ । संस्कृतका महान कविहरू जयदेव, भर्तृहरि आदिका कतिपय संस्कृत श्लोकहरू आज लेखिने यौन साहित्यभन्दा उम्दा र असरदार छन् । 

विगतमा गद्यमाभन्दा पद्यमा नै बढि यौन साहित्य सिर्जना भएको पाइन्छ । प्राचीन यौन साहित्यमध्येको मानिने एउटा काव्य टर्कीमा निकै चर्चित रहेको थियो । एउटी सुन्दरी सेविकाले टर्कीका राजाप्रति कामाशक्त भई व्यक्त गरेका रतिरागपूर्ण काव्यात्मक अभिव्यक्तिलाई विश्व यौन साहित्यमा निकै महìव दिइएको छ । तर त्यसका स्रष्टा को थिए भन्ने स्पष्ट छैन । कुनै पुरुष स्रष्टाले सुन्दरीको भाखामा लेखेको अनुमान गरिएको छ । विगतमा यौन साहित्यले मुख्यत दुई वटा अप्ठ्यारा भोगेको पाइन्छ । शासन सत्ता र सामाजिक डरका कारण स्रष्टाले रचनामा आफ्नो नाम नलेख्ने वा छद्म नाम मात्र लेख्ने र अर्को यौन साहित्य मुद्रण नगरी हातैले लेखेर  सीमित व्यक्तिहरूमा मात्र वितरण गर्ने । यी दुई कारणले यौन साहित्यको इतिहास अन्वेषण गर्न अध्येताहरूलाई कठिनाइ पर्न गएको छ । 

केही विशिष्ठ दार्शनिकहरूले प्रतिपादन गरेका सिद्धान्त वा व्याख्या सार्वजनिक भएपछि त्यसले यौन साहित्यलाई उर्वर भूमि प्रदान गरेको पाइन्छ । भारतवर्षमा वात्स्यायान, चीनमा लाओ चु (ताओबाद)  र युरोपमा सिगमन्ड फ्रायडका मानव जीवनको यौन पक्षबारे विश्लेषणात्मक व्याख्या सार्वजनिक भएपछि त्यसले समाजमा व्यापक प्रभाव पा¥यो र सबभन्दा बढी प्रभाव यौन साहित्य र साहित्यकारहरूमा पा¥यो । तिनै दार्शनिकहरूका व्याख्यामा आधारित भएर यौन साहित्य रचना गर्ने व्रmम चल्यो र अझै चलिरहेकै छ । 

नेपाली साहित्यमा यौनले कहिलेदेखि प्रवेश ग¥यो भनेर यकिन भन्न नसकिए पनि नेपालमा पनि गद्यमाभन्दा पहिला पद्यमै यौनले पदार्पण गरेको भने स्पष्ट हुन्छ । यसको एउटा ठोस प्रमाण विव्रmम संवत् १९७४ मा श्यामजीप्रसाद अर्यालद्वारा सङ्कलित, सम्पादित तथा प्रकाशित ‘सूक्तिसिन्धु’ मा २४ जना कविका यौन भावनाले परिपूर्ण २४ वटा कविता सङ्ग्रहित छन् । ती कविहरू थिए– वीरेन्द्र केशरी अर्याल, सोमनाथ सिग्देल, चव्रmपाणि चालिसे, शम्भुप्रसाद शर्मा, देवीदत्त भट्टराई, दुर्गाप्रसाद भट्टराई, कालिदास शर्मा, जगन्नाथ जोशी, लेखनाथ पौड्याल, गोपीनाथ लोहनी, राधानाथ लोहनी, पुण्यनाथ लोहनी, कृष्णप्रसाद अर्याल, कृष्णप्रसाद रेग्मी, जगन्नाथ पौड्याल, केशव पौड्याल, दीपकेश्वर लोहनी, मदनदेव पन्त, मोतीराम भट्ट, लक्ष्मीदत्त पन्त, पद्मविलास पाण्डे, राजीवलोचन जोशी, रुद्रराज पाण्डे र श्यामजी अर्याल । आजभन्दा १०६ वर्ष अगाडि राणा शासनको सन्त्राशपूर्ण युगमा त्यस्तो कृति प्रकाशित गर्नु कम साहसिक काम थिएन । 


“प्रातः भयेछ कि सखी ! चिडिया कराए

श्री सूर्यले अरूण कान्ति पनि फिजाए

ताराहरू गगन मण्डलमा हराये 

प्यारी ! उठौँ कि अब ता कुखुरा कराये ।


सिन्दुर लत्पत छ, काजल पुछ प्यारी

अल्सी हटाउ अब केश सभाल सारी

शोभाविहीन भई चन्द्र पनि बिलाये 

प्यारी ! उठौँ कि अब ता कुखुरा कराये ...’’ 

सूक्तिसिन्धुबाट पं. कृष्णप्रसाद रेग्मीको कविताको अंश)  


नेपाली गद्य साहित्यतर्फ भने यौनको प्रवृष्टि केही पछि मात्र भएको हो । आधुनिक नेपाली कथा साहित्यका पिता मानिएका गुरुप्रसाद मैनालीका कथाहरू मूलतः सामाजिक विषयवस्तुमा केन्द्रित छन्, जसमा यौन पक्षको उजागर भएको पाइँदैन । त्यसैले आधुनिक नेपाली यौन आख्यानको प्रारम्भ वि.सं.१९९२ मा प्रकाशित बिपी कोइरालाको ‘चन्द्रवदन’ कथाबाट भएको मानिन्छ । नेपाली यौन साहित्यमा ‘सूक्तिसिन्धु’ लाई पद्यतर्फको प्रारम्भिक विन्दु मान्दा त्यसको १८ वर्षपछि प्रकाशित ‘चन्द्रवदन’ गद्यतर्फको प्रारम्भिक विन्दु हो । उनले पछि लेखेका ‘सुम्निमा’, ‘बाबु, आमा र छोरा’, ‘कर्णेलको घोडा’ आदि रचना नेपाली यौन साहित्यका गौरवशाली सम्पदा हुन् ।  कोइरालालाई पछ्याउँदै भवानी भिक्षु, गोविन्द मल्ल गोठाले, पुष्कर शमशेर, तारिणीप्रसाद कोइराला, पोषण पाण्डे, पुष्कर लोहनी आदिले यौन साहित्यमा कलम चलाए । यहाँनिर भुल्न नहुने एउटा नाम हो प्रेमा शाह । नेपाली यौन साहित्यको फाँटमा आफ्नो झन्डा गाड्ने पहिलो महिला स्रष्टामा उनको नाम स्थापित छ । उनले कोरेको गोरेटोलाई फराकिलो पार्ने साहसी नारी हस्ताक्षरहरूमा सीता पाण्डे, पद्मावती सिंह, बेञ्जु शर्मा, माया ठकुरी आदिलाई बिर्सन सकिँदैन । 

अङ्ग्रेजी यौन साहित्यमा लेडी च्याटरलिज लभर, डेल्टा अफ भेनस, द लास्ट न्युड, उलिसेस, कल मी बाई योर नेम, इमानुयेल, एनोनिमस सेक्स, इन्डलेस लभ, कपल्स, ब्याड बिहेभियर आदि कृति विशेष चर्चित रहिआएका छन् । 

यौन साहित्यमाथि आरोप

प्रारम्भिक कालदेखि नै यौन साहित्यले अश्लीलताको आरोप खेप्दै आएको छ । कोठाभित्र सुटुक्क पढ्ने तर बाहिर अरूका सामुभने अश्लील साहित्य भनेर तथानाम गाली गर्ने तथाकथित् बौद्धिक पाठकहरूको पाखण्ड विश्वका सबै यौन साहित्यले भोगेको यथार्थ हो । तर वास्तवमा चलनचल्तीमा रहेको ‘अश्लील साहित्य’ भन्ने  शब्द आफैँमा गलत छ । किनकि अश्लील हो भने त्यो साहित्य हुनै सक्दैन र यदि साहित्य हो भने त्यो अश्लील हुन कदापि सक्दैन । त्यसैले अश्लील र साहित्यलाई सँगै जोडेर प्रयोग गर्नु साहित्यमा अन्तर्निहित सत्यम्, शिवम् सुन्दरम्लाई नबुझ्नु वा उपेक्षा गर्नु हो । अश्लीलताबारे प्रसिद्ध यौनवादी साहित्यकार डिएच लरेन्सको यो भनाइ मननीय छ, “यौनलाई अपमानित गरेर त्यसलाई फोहोरी बनाउनु नै अश्लीलता हो ।’’

श्लील र अश्लील देश, काल, परिस्थिति, धर्म, संस्कृति, रीतिरिवाज, सामाजिक मान्यता, ऐन कानुनमा भर पर्ने विषय हो । नयाँ मुलुकी ऐन २०२० लागु हुनु अघिल्लो दिनसम्म एउटीभन्दा बढी स्वास्नी ल्याउनु मर्द हुनु कहलिन्थ्यो भने ऐन लागु भएको दिनदेखि त्यो दण्डनीय अपराध बन्न गयो । पत्नीले चाहे पनि नचाहे पनि पतिले चाहेमा जतिखेर पनि यौन सम्बन्ध राख्ने प्रचलन भएकोमा अहिले पत्नीको अनुमतिबेगर राखिने यौन सम्बन्ध अपराध बन्न गएको छ । हाम्रा आमाहरू पिँडुला देखिएला भनेर सचेत हुन्थे, अचेल अगाडिको नाइटो र पछाडिको ढाड ह्वाङ्गै पार्नु सामान्य फेसन भएको छ । आज पनि इस्लामिक समाजमा महिलाले टाउको नछोप्नुलाई जघन्य अपराध मानेर मृत्युदण्डसमेत दिने गरिएको छ भने पश्चिमी समाजमा स्तन देखाउनु पनि ठुलो कुरो हुँदैन । यौन साहित्यमा पनि यस्तै हो ।  

यौन साहित्य दुई तरिकाले लेख्ने गरिएको पाइन्छ –सोझो र घुमाउरो अर्थात् प्रत्यक्ष र अप्रत्यक्ष । कुनै शैलीगत पर्दा नराखी सोझै व्यक्त गरिने यौन अभिव्यक्ति र पर्दा राखेर घुुमाउरो तरिकाले व्यक्त गरिने अभिव्यक्ति । सौन्दर्य, शालिनता र श्लीलता  सोझै भन्दा घुमाउरो अभिव्यक्तिमा पाइन्छ । जस्तै : 

“अश्रुविन्दु चुहाएर दुख्दैन आँखा हर्षमा

चोलीले बैँस छेकिन्न चेलीको सत्र वर्षमा...” 


भाषाशैली र प्रस्तुतीकरण शैलीले साहित्यमा निकै ठुलो अर्थ राख्छ । साँच्चै भन्ने हो भने साहित्य भनेकै भाषा र भावको समागम हो । यौन साहित्यमा त यो अझ प्रखर रूपमा रहेको हुन्छ र हुनुपर्छ । ‘पिताजी’ भन्नु र ‘आमाको पोइ’ भन्नुमा आकाश जमिनको अन्तर छ, यद्यपि कुरो उही हो अर्थात् लक्ष्यित व्यक्ति एउटै हो । यौन साहित्य पनि ‘पिताजी’ शैलीमा लेख्ने कि ‘आमाको पोइ’ शैलीमा लेख्ने त्यो स्रष्टाको विवेकमा भरपर्ने कुरा हो । शैली र भावले नै साहित्यको स्तर निर्धारण गर्दछ भन्ने तथ्यलाई स्रष्टा र पाठक दुवै वर्गले बिर्सनु हुँदैन । प्रयुक्त भाषा र शैलीकै कारण करिब चार दशकअघि प्रकाशित नेपाली यौन उपन्यास ‘निलो चोली’ र ‘आगो’ ले चर्को आलोचना खेप्नुपरेको थियो । 

लेखिन बाँकी यौन साहित्य 

सबैभन्दा मुख्य कुरो नेपाली यौन साहित्यको बृहत् इतिहास लेखिन बाँकी छ । विभिन्न विधाका इतिहास एकपछि अर्को गरी व्रmमैसँग आइरहेका छन् । तर एक शताब्दीभन्दा लामो इतिहास बनिसकेको नेपाली यौन साहित्यको समष्टिगत बृहत् इतिहास भने लेखिएको छैन । 

समयले मानवीय यौनको प्रवृत्तिमा धेरै परिवर्तन ल्याइसक्यो । पहिला यौनको मुख्य उद्देश्य प्रजनन र जैविक आवश्यकतापूर्ति थियो । तर अहिले विस्तारै प्रजनन पक्ष गौण हुँदै गएको छ । मानिसहरू सन्तान जन्माउनबाट टाढिन थालेका छन् । फलस्वरूप विकसित देशहरूमा जनसङ्ख्या वृद्धिदर चिन्ताजनक रूपमा घट्न थालेको छ ।  सन्तान नजन्माउने बरु कुकुर, बिरालो पालेर माया पोख्ने चलन व्यापक भइरहेको छ । 

जनसङ्ख्या वृद्धिदर अधिक हुनु वा न्यून हुनु दुवै मानव सभ्यताका लागि चुनौती हुन् ।  अर्कोतर्फ लिभिङ टुगेदरको चलन संसारभर नै झाँगिँदै छ, यसले नेपाललगायत कतिपय मुलुकमा कानुनी मान्यता पनि पाइसकेको छ । यौनको प्रचुर अभ्यास हुने लिभिङ टुगेदरको तीतोमिठो हाम्रो साहित्यमा आउन बाँकी नै छ । 

समलिङ्गी विवाह र यौन सम्बन्धबारे केही साहित्य लेखिए पनि स्वविवाह  (आफूले आफैँसँग विवाह गर्ने नयाँ प्रवृत्ति) बारे साहित्य लेखिएको देखिएको छैन । मोहनराज शर्माद्वारा लिखित् ‘सलिजो’ (सम लिङ्गी जोडी) समलिङ्गी यौन प्रवृत्तिसम्बन्धी एक महìवपूर्ण कृति हो । आजको मानव जीवनमा भयावह रूपमा हाबी भइरहेको प्रविधि र त्यसले यौन जीवनमा पारिरहेको घातक प्रभाव विचार मन्थन र लेखनका लागि गम्भीर विषय हुन सक्छ । साइबर यौन र यौन खेलौना (सेक्स ट्वाई)को अत्यधिक प्रयोगले प्राकृतिक यौनसुख सङ्कटमा पर्दै गएको छ । शृङ्गार रसको साहित्यले मानव सभ्यतालाई यो सङ्कटबाट मुक्त गर्न  कसरी योगदान गर्न सक्ला ? 

उहिलेदेखि अहिलेसम्म संसारभरका अधिकांश साहित्यकारहरू सर्वाङ्ग सुन्दरीहरूका रूप, जवानी, हाउभाउ र अभिसारको बखानमै व्यस्त रहेका देखिन्छन् । हिस्सी नपरेको अनुहार र बान्की नपरेको जिउडाल भएकी स्त्रीहरूप्रति चासो राखेर कलम चलाउने साहित्यकार खोज्न निकै समय खर्चिनुपर्ने अवस्था छ । कुरूपको पनि तन हुन्छ, तन भएपछि त्यसभित्र मन पनि हुन्छ भन्ने यथार्थ कसैबाट लुकेको छैन । तर यौन साहित्यकार वा अन्य साहित्यकारको ध्यान यस यथार्थतर्फ गएको पाइँदैन । राम्रो रूप नभएका स्त्री वा पुरुषका मनोभावनालाई उपेक्षा गर्नु अमानवीयता हो । भारतको उत्तरप्रदेश राज्यको एउटा गाउँमा एउटी महिला बलात्कारको सिकार भइछन् । घटना भएपछि रुँदै स्थानीय प्रहरी थानामा उजुरी गर्न गइन् । थानेदारले उनको अनुहारदेखि खुट्टासम्म नियालेर हेरेपछि “तँ के राम्री छेस् र तँलाई कसैले बलात्कार गर्छ ? यस्तो अनुहार भएकीसँग कुनै मूर्ख केटाले पनि आफ्नो मुख कालो पार्दैन, जा भाग्” भनेर उजुरी नलिई पीडित महिलालाई फर्काइ दिएछ । कतिपय  साहित्यकारहरूको सोच त्यस थानेदारसँग मिल्दोजुल्दो हुन्छ । 

सेनामा भर्ती हुन विभिन्न मापदण्ड पूरा गर्नुपर्दछ । त्यसमध्ये एउटा मापदण्ड कुरूप नहुनु पनि रहेको छ अर्थात् सुन्दर नै हुनु पर्छ भन्ने छैन तर कुरूपलाई योग्य मानिदैन । अरू सबै मापदण्ड पूरा भए पनि अनुहार कुरूप छ भने ऊ सेनामा भर्ती हुन अयोग्य ठहरिन्छ । शृङ्गार रसका साहित्यकारहरूले आफ्नो  पात्र चयन गर्दा कतै यस्तै मापदण्ड बनाएका त हुँदैनन् ? नत्र किन विश्वभरकै साहित्यमा प्रकृतिबाटै अनुहारको रूपमा ठगिएका पात्रहरूको उपस्थिति नगण्य मात्र छ ? शारीरिक सौन्दर्य र आकर्षणमा पछाडि परेका स्त्री पुरुषहरू प्रेम र यौनमा भने निकै अगाडि हुन सक्छन् । तर यो पक्ष साहित्यमा पर्याप्त मात्रामा आउन बाँकी नै छ ।     

अन्त्यमा प्रकृतिले प्राणी जातिलाई दिएको अनमोल उपहार यौन हो भने यौनको माध्यमबाट प्राप्त प्रजनन क्षमता अलौकिक शक्ति हो । प्राणीहरूमध्ये मानव नै सबैभन्दा चेतनशील र सिर्जनशील भएकाले यो प्राकृतिप्रदत्त उपहार र शक्तिको उचित सदुपयोग गर्ने दायित्व पनि मानव जातिमै निहित छ । यो दायित्व निर्वाह गर्ने व्रmममा साहित्य र कला अत्यन्तै प्रभावकारी माध्यम हुन् । आज दिनपरदिन मानिसको जीवन अत्यन्त भौतिक र यान्त्रिक बन्दै गएको कारण यौनको प्राकृतिक जैविक स्वरूप सङ्कटमा पर्दै गएको सन्दर्भमा यसलाई जोगाउन स्वच्छ र स्वस्थ्य यौन साहित्यको प्रवद्र्धन अपरिहार्य बन्न गएको छ ।