• १४ माघ २०८१, सोमबार

सिलाङका केही नेपाली प्रकाशन र प्रयास

blog

पूर्वोत्तर भारतमा भाषासाहित्यका क्षेत्रमा जति सिलाङ अघि बढेको छ, त्यति अरू क्षेत्र अघि बढेको देखिन्न । सिलाङबाट सबभन्दा पहिले प्रकाशित धनवीर भण्डारीको अब्बर पहाडको सवाई र भुइँचालोको सवाई हुन् । अब्बर पहाडको सवाई १९९४ (विस १९५१) मा प्रकाशित भएको थियो । यस सवाईमा ४४ गोर्खा पल्टन सिलाङबाट नागाल्यान्डको अब्बर पहाडमा गएको र युद्ध गरेको कुराको वर्णन गरिएको छ । धनवीर भण्डारीले अब्बर पहाडको सवाईमा रचना काल यसरी व्यक्त गरेका छन्–

थियो सन् अठार सय चौरान्नब्बे साल । 

अलिकति सुन्नु हवस् दुस्मनका हाल ।।

पद्मप्रसाद ढुङ्गाना (१९०२–१८४४) ले कर्तव्य शिक्षा (१९३७), रामायण शिक्षा पद्मप्रकाश सप्त रत्न (१९३८), धनुष भङ्ग (१९४०) र रामायण सप्त रत्न (१९४४) मा काव्यकृति लेखेको थिए । बबुरबहादुर रानाले सपना कि विपना (१९४८) लघु उपन्यास लेखेका थिए । गोकुल जोशीले तरुण लिगको सहयोगले बाँच र बाँच्न देऊ (१९५७) प्रकाशित गरेका थिए । पत्रपत्रिकामा १९३६ मा मणिसिंह गुरुङको सम्पादनमा गोर्खा सेवक साप्ताहिक पत्रिका प्रकाशित भएको थियो । १९५५ मा ध्रुवनाथ जोशी, भोलानाथ गुरुङ, कर्णबहादुर क्षेत्रीको सम्पादनमा फिलिङ्गो त्रैमासिक पत्रिका प्रकाशित भएको थियो । पहिलो यो हस्तलिखित पत्रिकाका रूपमा प्रकाशित भएको थियो । पछि यो मुद्रित पत्रिकाका रूपमा प्रकाशित भयो । १९५६ मा हर्कबहादुर सुब्बा, उमरबहादुर राई, भोजराज नगरकोटीको सम्पादनमा तरुण लिगका तर्फबाट ज्योति पत्रिका प्रकाशित भएको थियो । १९५७ मा भोलानाथ गुरुङको सम्पादनमा आसाम गोर्खा साप्ताहिक पत्रिका प्रकाशित भएको थियो । १९५९ मा हर्कबहादुर सुब्बा तथा मणिसिंह थापाको सम्पादनमा उषा पत्रिका प्रकाशित भएको थियो ।

तत्कालीन नेपाल रोयल एकेडमीका सदस्य भवानी भिक्षुको प्रेरणा र पहलमा २९ डिसम्बर १९६५ मा गोर्खा पाठशालामा प्रितमबहादुर छेत्रीको अध्यक्षतामा बसेको बैठकले नेपाली साहित्यकार सम्पर्क समिति, सिलाङको स्थापना गरेको थियो । उक्त समितिमा सभापति डीआर सुब्बा, उपसभापति उमरबहादुर राई, प्रधान सचिव गोपीनारायण प्रधान, प्रचार सचिव चेतनाथ बराल, सङ्गठन सचिव कृष्णप्रसाद ज्ञवाली, सांस्कृतिक सचिव ध्रुवनाथ जोशी सदस्य भोलानाथ गुरुङ, ध्रुवेसिंह रावत, केबी गुरुङ, भक्तबहादुर राई, गणेशबहादुर थापा, प्रेमलाल जैसी, नारायणप्रसाद अधिकारी, सत्यवती छेत्री, चन्द्रा राई, धर्मकला उपाध्याय, लक्ष्मी पुन, उर्मिला सुब्बा तथा चन्द्रा छेत्री थिए । नेपाली साहित्यकार सम्पर्क समिति, सिलाङले प्रा. गोपी नारायण प्रधानको सम्पादनमा १९६५ मा आशापछि हाम्रो आशाको प्रकाशन गरेको थियो । सिलाङबाट १९६५ तिर दिलबहादुर नेवार प्रकाशक र कृष्णप्रसाद ज्ञवाली सम्पादक रहेर साहित्य सिर्जन समितिका तर्फबाट सुमन मासिक पत्रिका प्रकाशित हुन थालेको थियो । १९६७ देखि अपर सिलाङबाट सिस्नु हस्तलिखित पत्रिका प्रकाशित हुन थालेको थियो । यसका सम्पादक कपिल गुरुङ र जङ्गबहादुर थापा थिए ।

गोपीनारायण प्रधान सेन्ट एन्थनी कलेजमा धु्रवसिंह रावतपछि नरबहादुर राई, सिलाङ कलेजमा, कुमार पुन लेडिकिन कलेजमा, वसन्तराज जोशी सिनोड कलेजमा नेपाली विषयका प्राध्यापक नियुक्ति हुँदै जाँदा स्वाभाविक रूपमा नेपाली भाषासाहित्यको विकासमा ठुलो टेवा मिलेको थियो । 

प्रितमबहादुर छेत्री तथा क्याप्टेन धनबहादुर थापा, दिल साहनी तथा नारायणप्रसाद अधिकारीका पहलमा साप्ताहिक अभियान (१९६८) समाचारप्रधान पत्रिका प्रकाशित भएको थियो । प्रितमबहादुर छेत्रीको प्रस्तावमा प्रकाशकमा नारायणप्रसाद अधिकारी र सम्पादकमा दिल साहनीलाई नियुक्त गरिएको थियो । १९७० मा सिलाङबाट दिल साहनीको सम्पादनमा समाचारप्रधान पाक्षिक पत्रिका नयाँ चेतना प्रकाशित भएको थियो । अर्जुन निरौला, दलबहादुर घले, लालबहादुर कुँवर आदिको सहभागितामा सिलाङबाट १९६९ मा कथा पत्रिका कथामञ्च एक अङ्क दिल साहनीकै सम्पादनमा प्रकाशित भएको थियो । सिलाङबाट जनमुक्ति भूमिगत पत्रिका प्रकाशित भएको थियो १९७४ अक्टुबरमा । यसका सम्पादक थिए कपिल (दिल साहनी), दुर्वासा (गोपाल जोशी लामिछाने), मार्कण्डेय (धर्म भुसाल), सग्रामबहादुर तथा रामबहादुर ।  

यसपछि सिलाङको साहित्य क्षेत्रमा अर्को युवाहरूको नयाँ पिँढी देखा प¥यो । यसको नेतृत्व मुख्यतः उपाध्याय कुलप्रसाद र पोखरेल पीताम्बरले गरेका थिए । यिनीहरूमा सहयोगी थिए मरासिनी गोविन्द, भुसाल रामचन्द्र आदि । उपाध्याय कुलप्रसाद तथा पोखरेल पीताम्बरको सम्पादनमा पहिले हस्तलिखित पछि मुद्रित रूपमा तरुण १९६९ बाट प्रकाशित हुन थालेको थियो । 

२६ डिसस्बर १९६९ गोर्खा पाठशाला भवनमा प्रो गोपीनारायण प्रधानको अध्यक्षतामा आयोजना सभामा नेपाली साहित्य परिषद् सिलाङमा स्थापना भयो । यस सभाले सर्वसम्मतिले प्रा. गोपीनारायण प्रधानलाई परिषद्को अध्यक्ष, कृष्णप्रसाद ज्ञवालीलाई उपाध्यक्ष र दिल साहनीलाई मूल सचिव सन्तुलाल शङ्करलाई कोषाध्यक्ष निर्वाचित ग-यो । 

मादलको पहिलो घन्काइ (जनवरी–फेब्रुअरी–मार्च १९७१) को कभर पेजको तेस्रो पृष्ठमा उल्लेख गरिएको छ– परिषद्को कार्यकारी समिति विघटन गरी १९६९–१९७१ का परिषद्का कार्यकारी समितिका पदाधिकारी र सदस्यहरू यस प्रकार पुनर्गठित भएका थिए– अध्यक्ष प्राध्यापक गोपीनारायण प्रधान, उपाध्यक्ष भोजराज नगरकोटी, मूल सचिव दिल साहनी, सहमूल सचिव धर्मलाल भुसाल, कोषाध्यक्ष सन्तुलाल शङ्कर, साहित्य सचिव नारायणप्रसाद अधिकारी, सहसाहित्य सचिव भूपेन्द्र अधिकारी, सांस्कृतिक सचिव रामकुमारी लामा, सहसांस्कृतिक सचिव दलबहादुर घले, लेखापरीक्षक जङ्गबहादुर थापा, सहलेखापरीक्षक केशव केसी, सदस्यहरू कमला लामा, सरस्वती गुरुङ, शारदा प्रधान, राधा उपाध्याय, पुनम शङ्कर, शान्ति शङ्कर, जगतबहादुर प्रधान, मनवीर कुँवर, डिल्ली प्रकाश साङपाङ, गोपाल प्रधान, बलराम पोखरेल, प्रेम राई र मेघ मरासिनी ।

नेपाली साहित्य परिषद्ले मुखपत्रका रूपमा प्रकाशित गरेको मादल पत्रिकाको पहिलो घन्काइका प्रधान सम्पादक थिए प्रा. गोपीनारायण प्रधान, सम्पादक थिए दिल साहनी । दोस्रो घन्काइमा सहसम्पादकहरू थपिएका थिए । मादलका थपिएका सहसम्पादकहरू थिए– धर्मलाल भुसाल, रामकुमारी लामा, भूपेन्द्र अधिकारी र मनवीर कुँवर । 

मादलको पाँचौँ घन्काइ (१९७९) मा आएर विशेष परिस्थितिका कारण सम्पादन मण्डलमा हेरफेर गरिएको थियो । मादलका प्रधान सम्पादक रहेका थिए गोपीनारायण प्रधान, सहसम्पादक रहेका थिए प्रेमलाल जैसी, नरबहादुर राई तथा भूपेन्द्र अधिकारी ।

नेपाली साहित्य परिषद्, सिलाङको कार्यकारी समितिमा पनि हेरफेर गरिएको थियो । ७ नभेम्बर १९७६ का बिहान ११ बजे हिन्दी उच्च विद्यायलयमा नारायणप्रसाद अधिकारीको अध्यक्षतामा एउटा सभाको आयोजना गरियो । सभाले निम्नलिखित पदाधिकारी चुन्यो । अध्यक्ष प्रा गोपीनारायण प्रधान, उपाध्यक्ष जगतबहादुर प्रधान, सचिव श्री प्रेमलाल जैसी, साहित्य सचिव श्री भूपेन्द्र अधिकारी । परिषद्को कार्यकारी समितिको सभा परिषद्का अध्यक्षको अध्यक्षतामा आयोजन भएको थियो । पत्रिकाले मादल पत्रिकाका निम्ति श्रीमती वीणा आचार्य र मोहितकुमार दासलाई संरक्षक मनोनित ग¥यो । रजत जयन्ती अङ्क १९९५ मा संरक्षकको सूची यस प्रकारले उल्लेख गरेको छ– मोहित दास, केशव थापा, मोतीलाल झुन्झुनवाला र जीएल प्रधान । यसै सभामा सल्लाहकार समिति मनोनीत भए । श्री उमरबहादुर राई, पिन्सिपल डीएस रावत, मेजर डिबी राना, श्रीमती सरस्वती सुनार र श्रीमती प्रभा श्रेष्ठ । यसै सभाले मनोनीत गरेका सदस्यसहित नेपाली साहित्य परिषद्का कार्यकारी समितिका अध्यक्ष रहेका थिए गोपीनारायण प्रधान, उपाध्यक्ष जगतबहादुर प्रधान, सचिव प्रेमलाल जैसी, साहित्य सचिव भूपेन्द्र अधिकारी, कार्यकारी सदस्यहरूमा सरस्वती गुरुङ राई, प्रा. नरबहादुर राई, प्रा. अजित गुरुङ, प्रा. रणबहादुर क्षेत्री, प्रा. दावाछिरिङ जिम्बा, प्रा. वसन्तराज जोशी, प्रा. मणिकुमार सुब्बा, नारायणप्रसाद अधिकारी, विष्णु श्रीवाल तथा सूर्यमान प्राधन । परिषद्का सल्लाहाकार समितिमा रहेका थिए उमरबहादुर राई, डिएस रावत (प्रिन्सिपल सिलाङ कलेज) मेजर डिबी राना, सरस्वती सानार र प्रभा श्रेष्ठ ।

नेपाली साहित्य परिषद् सिलाङको नयाँ कार्यकारिणी समितिको सन्दर्भमा मादलको रजत जयन्ती अङ्क १९९५ मा भनिएको छ– नेपाली साहित्य परिषद्, सिलाङले नयाँ कार्यकारी समिति गठन गर्ने निर्णय गरी २८ अक्टोबर १९९४ का दिन गोर्खा पाठशाला हाई स्कुल भवनमा एउटा आमसभाको आयोजना गरेको थियो । सभा सञ्चालन परिषद्का अध्यक्ष प्रा. गोपीनारायण प्रधानले गरेका थिए । पचिस वर्ष पुगेको साहित्यिक संस्थाले रजत जयन्ती मनाउने साथै परिषद्लाई गठन गर्ने निर्णय लिँदै निम्न लिखित पदाधिकारी तथा सदस्यको सभाले चुन्यो । अध्यक्ष प्रा. गोपीनाराण प्रधान, उपाध्यक्ष प्रा. मणिकुमार सुब्बा, सचिव प्रा. नरबहादुर राई, कोषाध्यक्ष हरिकुमार प्रधान, डा. नारायणप्रसाद उपाध्याय, सहसाहित्य सचिव सीताराम पौड्याल, प्रचार सचिव हेम जोशी । कार्यकारिणी समितिका सदस्यहरूमा प्रा. वसन्तराज जोशी, विव्रmमवीर थापा, प्रेम राई, डा. पूर्णबहादुर गुरुङ, मोतीलाल सुवेदी, डा. शान्ताराम जोशी, विनोद राना, प्रा. अजितकुमार गुरुङ, रणबहादुर क्षेत्री, बलराम पोखरेल, विजय राई, प्रा. दुर्गाप्रसाद अधिकारी, त्रिभुवन क्षेत्री, कुसुम थापा, कमला लामा, सरस्वती गुरुङ, जगन्नाथ कोइराला, प्रभा श्रेष्ठ, सीता जोशी, सूर्णप्रसाद अधिकारी, जीवलाल सुवेदी, इन्द्रकुमार, ऋषिराम ढकाल, गब्बु थापा, प्रा. तिमोथी सुब्बा, किरण जोशी, गङ्गाधर पाठक, मोती तिम्सिना, एकादत्त भुर्तेल, सरस्वती सोनार, मेनका सिंह, जमुना शर्मा, कमला कुँवर क्षेत्री, टीकाराम पाण्डे, केएन खाती, गोपाल विश्व, गोपाल छेत्री, भुवानन्द पाण्डे, भगवती छेत्री, सन्ध्या राना र सीमा विश्व । 

नेपाली साहित्य परिषद्, सिलाङको वर्तमान कार्यकारिणी समिति २०२२ यस प्रकार रहेको छ । कार्यवाहक अध्यक्ष श्री हेम जोशी, उपाध्यक्ष श्री प्रेमकुमार राई, सचिव (प्रा.) नरबहादुर राई सहसचिव श्री तुल्सीराम फुल्लेल, कोषाध्यक्ष श्री राम शाह, कार्यकारी सदस्यहरू– सुकबहादुर थापा, श्री गणेश लिम्बू, श्री श्यामकुमार राई, श्री विष्णु बसेल, श्री पुष्पनाथ शर्मा, मधु सुवेदी, श्री एन खाती, श्री धनराज घतानी, श्री राजेन्द्र राई, श्री ईश्वर छेत्री, श्रीमती श्रद्धा प्रधान, श्रीमती गीता लिम्बू । रेखाचित्र पत्रिका सिलाङबाट १९७२ मा प्रकाशित भएको थियो । यसका सम्पादक थिए भूपेन्द्र अधिकारी । गोरेटो १९७२ मा सिलाङबाट तुलबहादुर छेत्री मालेमाको सम्पादनमा प्रकाशित भएको थियो । मेघमाला द्वैमासिक पत्रिका १९७३ मा खेमलाल पोखरेलको सम्पादनमा नयाँ बङ्गलाबाट प्रकाशित भएको थियो । लहर द्वैमासिक पत्रिका १९७४ मा तुलबहादुर मालेमाको सम्पादनमा प्रकाशित भएको थियो । हुरी पत्रिका सिलाङबाट १९७७ मा सुरुमा राधा ज्ञवाली र पछि टी कार्की (तिल कार्की) को सम्पादनमा प्रकाशित भएको थियो । पूर्व सन्देश १९७९ मा भूपेन्द्र अधिकारीको सम्पादनमा प्रकाशित भएको थियो । सहकारी समीक्षा पत्रिका दिलबहादुर नेवारको सम्पादनमा प्रकाशित भएको थियो । अक्षेता १९८२ मा मोतीलाल सुवेदीको सम्पादनमा प्रकाशित भएको थियो । प्रवास १९८३ मा रुधिर छेत्री (तिल कार्की) को सम्पादनमा प्रकाशित भएको थियो । युगान्तर त्रैमासिक पत्रिका विव्रmमवीर थापाको सम्पादनमा १९९४ मा प्रकाशित भएको थियो । कोसेली साप्ताहिक समाचारप्रधान पत्रिका १९९६ मा प्रकाशित भएको थियो । चौबाटो १९९६ मा वीरन्द्र तुम्बापेको सम्पादनमा प्रकाशित भएको थियो । भुवन १९७२ मा गोर्खा हाई स्कुलका रजत जयन्ती अङ्कका रूपमा प्रकाशित भएको थियो । विद्यार्थी १९७२ मा धर्मलाल भुसाल र ईश्वरीप्रसाद खनालको सम्पादनमा प्रकाशित भएको थियो । पसिना साहित्यिक पत्रिका दिल साहनीको सम्पादनमा सिलाङबाट १९७७ मा प्रकाशित भएको थियो । यो एक अङ्क मात्र प्रकाशित भएर बन्द भयो ।  मधुपर्क