• ६ पुस २०८१, शनिबार

रहरले मात्र होइन होला (कविता)

blog

रहरले मात्र होइन होला 

बाध्यतामा छन्  

अहिले युवायुवती  

घर छोड्न, देश छोड्न  

परिवार छुट्यो  

मायालुको साथ टुट्यो 

बरिलै विदेशको हरियो डलरले लोभ्याउँदा   


बाँझै छन् गाउँका घरखेत 

पाखा अनि पखेरा

छैन अवसर देशभरि कतै पनि  

रहरले हो कि बाध्यता पो हो कि 

बाआमाको 

आफ्ना कलिला छोराछोरी 

विदेशतिर धपाउने, 

सात समुन्द्र पारि पठाउनी  

सात समुद्र पारि पठाउनी   


यस्तै गरी युवायुवती 

पलायन हुने हुन् भने 

एक दिन बन्द हुने छन् 

गाउँका अनि सहरका 

स्कुल र कलेज पनि  

युवायुवती देश विकासका 

खम्बा हुन  

किन होला यो देशको सरकारले  

हाम्रो देशको भविष्य 

केही पनि नसोच्ने   

केही पनि नबुझ्ने


रहरले मात्र होइन होला 

बाध्यतामा छन्  

युवायुवती 

घर छोड्न, देश छोड्न  

परिवार छुट्यो 

मायालुको साथ टुट्यो बरिलै 

विदेशको हरियो डलरले लोभ्याउँदा   

रहरले मात्र होईन होला 

बाध्यतामा छन्  

युवायुवती 

घर छोड्न, देश छोड्न ।  मधुपर्क