हटेन ऊ कैले पछि, अन्तिम दमतक लडिरह्यो
जबसम्मन पुग्दैनथ्यो, मोर्चातिर बडिरह्यो
पढ्नुपर्छ हामीले त्यो, इतिहासका पानाहरू
देख्छौ तब कसोगरी, उसले शिखर चढिरह्यो
आउन् जस्तै कठिन् घडी, कसैसामु झुकेन ऊ
देशकै खातिर लडिरह्यो, आफ्नो पथमा रुकेन ऊ
उसका लागि यो माटो नै, प्राणभन्दा प्यारो थियो
त्यसैले त ! कर्तव्यमा, कहीँकतै चुकेन ऊ
वीर पुर्खाले आर्जिएको, यो देशको माटो सम्झौँ
पोखिएको शहीदको त्यो, रगतको टाटो सम्झौँ
वीरताको गाथा त्यसै, लेखिएको कहाँ हो र !
पुरिएको छैनन अझै, त्यो छातीको खाटो सम्झौँ ।