गीत बगेको छैन भुइँमा
परेलाभित्र सन्नाटा छ,
खडेरीग्रस्त छन् आँखाहरू,
बुर्कुसी मार्दै माटो चपाइरहेछन् घोडाहरू
भित्तामा प्रतिध्वनित हिन्हिनाहटले
चिरिएको छ आँगन
क्षितिजको कालो धुँवा निलिरहेछ घण्टाघर
भाका र सुरका मलामीहरू
थकित अट्टहास ओकलिरहेछन्,
चोक र चौबाटाहरूमा
शोकधुनका आलापहरू प्रतिक्षारत छन्,
शोक धूनले सधैँ अपशोच मात्र बोल्छ ।