• २८ वैशाख २०८२, आइतबार

समाचारको धुलो

blog

मस्तिष्क भोजको राजकीय थालीमा

सुन्दर मासुका टुक्राहरू

राजनीतिको लुतो कन्याइरहेकाहरू

परमानन्द ब्रेकफास्टमा


पपकर्न डेमोक्रेसी

लिपिस्टिक क्रान्ति

दैनिक समाचारहरूको बुस्टर डोजमा


सहरको ढाड कन्याइरहेका

बुद्धिजीवीहरू

रानी एकान्तमा 

पोषण पाइरहेको कवि

राज्य द्वारबाट बेपत्ता छन् ।


बाटोले बाटो बोकिरहेको छ 

खुट्टाको चेतनाले दौडिरहेका

आँखाले चाट्ने विन्दुहरूमा ।


समाचारको धुलो आँखाबाट 

पन्छाउँदै

दैनिक आफ्नो अनुहार फर्काउन खोज्छु

सहरको फलकबाट ।


काठमाडौँ ओर्लेर

काठमाडौँ

पहिचान खुर्कंदै । 

पाल्पा

हाल : काठमाडौँ