कम्युनिस्ट एकता र ध्रुवीकरण
ऐतिहासिक तथ्य साक्षी छन्, राणाशासन खराब भएकाले त्यसविरुद्ध २००७ सालमा प्रजातन्त्र स्थापना गरियो। प्रजातन्त्रका अनुयायी कांग्रेस र राजाबीच द्वन्द्व बढ्दै जाँदा बहुदलवादीलाई अर्राष्ट्रिय तत्त्व करार गर्दै राजा महेन्द्रले प्रजातन्त्र समाप्त गरी निर्दलीय राजतन्त्रात्मक पञ्चायत लागू गरे। पञ्चहरूको निर्दलीय व्यवस्था जनविरोधी ठहर गर्दै हाम्रो पुस्ताले जनआन्दोलन गर्दा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भयो। पुनस्र्थापित बहुदलका सञ्चालक राजा, कांग्रेस र एमाले खराब भएको ठहर गर्दै त्यसविरुद्ध हाम्रै पुस्ताले फेरि माओवादी आन्दोलनका रूपमा भीषण जनयुद्ध लड्यो। संविधान सभा
राष्ट्रपति चयनको बहस
आवधिक चुनाव शान्तिपूर्ण परिवर्तनको द्योतक भएकाले चुनावलाई प्रजातान्त्रिक पद्धतिको सुन्दर पक्ष मानिन्छ। हामीले पनि भर्खर सङ्घीय संसद्को प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा सक्रियतापूर्वक भाग लिएर हाम्रा प्रतिनिधि चुन्ने काम सक्यौँ। चुनावको अन्तिम परिणामको घोषणासँगै अहिले दलहरू सरकार बनाउने कार्यमा रस्साकस्सी गर्दैछन्। यससँगै सरकार निर्माणका सम्बन्धमा विभिन्न अनुमान वा अड्कलबाजी पत्रपत्रिका, सञ्चारमाध्यम, चिया गफ वा सामाजिक सञ्जालमा आउने गरेका छन्।
महेन्द्रको जाग्राम, बीपीको अनिँदो
वि.सं २०१७ पुस १ गते राजा महेन्द्रले व्यवस्थामाथि नै ‘कु’ गरेर आफूलाई नजरबन्दमै राख्ने आँट गर्छन् भन्ने विश्वास बीपी कोइरालालाई थिएन। राजाले केही न केही कदम चाल्दैछन् भन्ने जानकारी र अनुमान त बीपीमा नहुने कुरै थिएन। राजनीतिक ‘कु’को दुई दिनअघि आफू र राजासित बिदा मागेर सुवर्णशमशेर राणा कलकत्ता निस्केपछि भने बीपीलाई नराम्रो झस्का पसेको थियो तर बीपी विचलित हुनुभएको थिएन। बीपीसित सुवर्णशमशेरले राजाले ‘कु’ त गर्छन् तर अहिले गर्दैनन् भनेर विश्वास दिलाउनुभएको थियो । बीपीले सुवर्णशमशेरले दरबारिया भाषा बोलेको भन्नुभएको छ। तत्काल बेलायती महारानीको नेपाल भ्रमणको र
दलित महिलाका पीडा
‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ ३१औँ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भर्खरै सकिएको छ। हरेक वर्ष औपचारिकताका लागि परम्परागत रूपमा यस्ता दिवस मनाउँदै आइएको छ। सहरका तारे होटलमा विभिन्न गोष्ठी, अन्तक्र्रिया, छलफल चलिरहँदा बैतडीकी माया लुहार, धरानकी उषा राई, काठमाडौँकी पुष्पा न्यौपाने, सुर्खेतकी मिना आलेलगायतले हिंसाकै कारण ज्यान गुमाए। दैनिक हुने यस्ता घटनाले हाम्रो समाज कता जाँदैछ भन्ने प्रश्न खडा भएको छ।
श्रम संस्कृतिको उदाहरणीय नमुना
श्रम आफैँमा सर्वश्रेष्ठ दौलत हो। भनिन्छ श्रम गर्ने मान्छे भोको रहँदैन। बृहत् नेपाली शब्दकोशले श्रमलाई यसरी परिभाषित गरेको छ, “कुनै पनि वस्तुको उत्पादन तथा निर्माण वा जीवन निर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम मेहनत ।” यसमा विम्बित अर्थअनुसार शारीरिक र बौद्धिक शक्ति लगाएर गरिने श्रम सबैले र सबैका हकमा औचित्यपूर्ण र आवश्यक छ । त्यसैले श्रम, धन, शक्ति र शारीरिक–बौद्धिक व्यायामसँग जोडिएको एउटा कर्म हो ।
नुनदेखि सुनसम्म भेटिने गन्तव्य
नेपाल पर्यटकीय सम्पदा र सम्भाव्यताको खानी भएको मुलुक हो। सात प्रदेशमध्ये गण्डकी प्रदेश प्रकृति र संस्कृतिको सङ्गम हो। उपल्लो मुस्ताङको छुसाङको नुनखानी र म्याग्दीको बेनीभन्दा तल्लो भागको कालीगण्डकीको सुस्ता बगरसम्ममा छरपस्ट भेटिने सुनका कण सङ्कलन हुने कालीगण्डकी करिडोर–कोरला दामोदरकुण्डदेखि सुस्ता त्रिवेणीधामको ८१४ किलोमिटर वरपर प्रशस्त भेटिने मठमन्दिर र तीर्थस्थल अन्य नेपालमा रहेका छ सय नदीनालामा भेटिँदैनन्।
विकल्प : दुई दलीय सरकार पनि
इतिहास केवल अध्ययन गर्नु र सुन्नु मात्रै ठूलो कुरा होइन, इतिहासको अध्ययनबाट पाठ ग्रहण गरेर पुनःगल्ती नदोहो¥याउनु वा त्यस्तै प्रकारका दुर्घटना हुन नदिनु महìवपूर्ण कुरा हो । हामीले २०४६ सालको राजनीतिक परिवर्तनपछि बहुदलीय लोकतन्त्रको अभ्यास गर्ने क्रममा त्रिशङ्कु संसद्को अनुभव गरिसकेका छौँ । निर्वाचन र सरकार सञ्चालनका विषयमा पनि गठबन्धन र तालमेलका अभ्यास पनि गरिसकेका छौँ। हाम्रो निर्वाचन प्रणाली, मुख्य राजनीतिक दलको विगतको भूमिका, निर्वाचनपूर्वको गठबन्धनलगायतका विविध कारणले गर्दा कुनै एक दल वा निर्वाचनपूर्वको गठबन्धनले समेत बहुमत प्राप्त गर्न नसकेका कारण पुनः त्रिशङ्कु संसद् सिर्जना भएको छ । परिणामतः अब बन्ने सरकारले प्रदान गर्ने सुशासन, विकासनिर्माण, राजनीतिक स्थिरतालगायतको विषयमा आमचासो र चिन्ता हुनु स्वाभाविकै हो । यस्तो अवस्थामा संसद्मा प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक दलले मूलतः विगतको निर्मम समीक्षा र ताजा जनमतको सम्मान गर्दै नीतिगत स्थिरता र सुशासनका लागि कांग्रेस–एमाले सम्मिलित दुई दलीय सरकार गठनको अवधारणामा केन्द्रित भएर अगाडि बढ्न आवश्यक छ, यो मुलुक र मुलुकवासीको हितमा हुनेछ ।
मोबाइलसिर्जित तनाव
संसार नै मोबाइलमा अडिएको छ। मोबाइलमा इन्टरनेट जोडेपछि कोसौँ टाढा बस्ने अमेरिका, चीन, जापान, रसियाका राष्ट्रपति, प्रधानमन्त्रीलाई समेत आँखा अगाडि देख्न सकिने बनाएको छ। देश–विदेशमा रहेका आफन्तसँग सस्तो दरमा घण्टौँसम्म कुराकानी गर्न सकिने भएको छ। अति आवश्यक भएको खण्डमा तुरुन्तै सूचना आदान–प्रदान गरी कामलाई सजिलो बनाइदिएको छ।
प्रजातन्त्रको बिरुवा मासिएको दिन
वि.सं. २००७ फागुन ७ गते १०४ वर्षको जहानियाँ राणा शासन अन्त्य गर्दै मुलुकमा प्रजातन्त्रको बिरुवा रोपिएको घोषणा भयो। मुलुक अँध्यारो मध्ययुगीन अवस्थाबाट पहिलो पटक बाहिर निस्केको दिन थियो त्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै नेपाललाई ‘विश्व गोल सदनका अंशियार’ बनाउने मिति २००७ फागुन ७ सम्म आइपुग्न विभिन्न तिथिमा विभिन्न चरणका क्रान्ति र साना–ठूला आन्दोलन भए । जसमा जनता र दलको योगदान त रह्यो नै, राजा त्रिभुवनले गद्दीको बाजी लगाएर दरबार छोड्न चालेको कदम निर्णायक बन्यो। पाँच वर्ष छ महिना हुँदै राजगद्दीमा बसेका राजा त्रिभुवनले जहानियाँ राणा शासनले गरेको दमनबाट मुलुकलाई मुक्त गराउन प्रजातन्त्रको बीजारोपण गरेका थिए ।
गतिशील स्थानीय सरकार
ऐतिहासिक संविधान सभाबाट २०७२ मा नेपालको संविधान जारी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ। मुलुकमा नयाँ राजनीतिक प्रणालीका रूपमा सङ्घीय संरचना कायम गरी सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ। सङ्घ, सातवटा प्रदेश र ७५३ वटा गाउँ तथा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको व्यवस्था गरेको छ। संविधानको अनुसूची छदेखि नौसम्म एकल तथा साझा अधिकार सूचीमा तीन तहको कार्य जिम्मेवारी निर्धारण गरी सहकारी, सहअस्तित्व र समन्वयका आधारमा राज्य व्यवस्था सञ्चालन हुने परिकल्पना गरिएको छ।
संस्कारसहितको गठबन्धन
नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा होमिएको नेकपा माओवादी केन्द्रले चुनावको पूर्ण परिणामसमेत आइनसक्दै कांग्रेसबाहेकका अन्य दलसँग समेत मिलेर सरकार बनाउन सक्ने विकल्प खुला भएको भनी बैठकमा छलफल भएको कुरा बाहिर चुहायो । उसले प्रस्टसँग कुनै दलको नाम नलिए पनि उसको खुला विकल्पको अर्थ माओवादीको एमालेसँग पनि सरकार बन्न सक्ने भन्ने सङ्केत गरी कांग्रेस तर्साउने अस्त्रको रूपमा विकल्पलाई प्रयोग ग¥यो। जब कि त्यही एमालेसँग दुई वर्ष अगाडि मात्र छुट्टिएर माओवादी केन्द्र अलग भई कांग्रेससँग सरकार र चुनावमा गठबन्धन गरेको थियो।
आर्थिक राजमार्गको परिकल्पना
मङ्सिर ४ गतेको आमनिर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको छ भने नेकपा एमाले दोस्रो पार्टी बनेको छ। अबका दिनमा चुनाव अगाडिका गठबन्धनले झिनो बहुमतका साथ सरकार बनाउने अवस्था देखिन्छ। नेपाली कांग्रेस ८९, माओवादी केन्द्र, ३२, एकीकृत समाजवादी १०, लोसपा चार राष्ट्रिय जनमोर्चा एक समेत १३६ मा केही स्वतन्त्र र जनमत पार्टीलाई जोड्दा गणितीय रूपमा सरकार गठबन्धन बन्ने देखिन्छ। यदि उनीहरूमा अहिलेको जस्तो एकता रहेमा पाँच वर्ष यही गठबन्धनले सरकार चलाउन सक्छ।
पेरुमा पहिलो महिला राष्ट्रपति
पेरुमा उपराष्ट्रपति डिना बोलुआर्ते राष्ट्रपति बनिन्। एक दिनको राजनीतिक घटनाक्रमले उनलाई राष्ट्रपति बन्ने सौभाग्य मिल्यो। राष्ट्रपति पेड्रो क्यास्टिओलाई संसद्ले महाभियोग लगाएर पदमुक्त गरेसँगै बोलुआर्ते पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी हुन्। राष्ट्रपति क्यास्टिओले डिसेम्बर ७ मा संसद् भङ्ग गर्न लागेको सूचना पाएपछि आपत्कालीन संसद् बैठक बोलाइएको थियो । संसद्ले उनीविरुद्ध महाभियोग लगाएर पदमुक्त गरेपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ।
राष्ट्रिय दलकै वर्चस्व
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष समानुपातिक सूची बुझाएपछि सदस्य सङ्ख्याले कानुनतः वैधानिकता पाउनेछ। जसअनुसार राष्ट्रियस्तरमा नेपाली कांग्रेस सबभन्दा बढी मत ल्याउन सफल भएको छ। एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बन्न सफल भएका छन्। क्षेत्रीय दलका रूपमा उदाएका मधेशकेन्द्रित दल भने यस पटक खुम्चिएका छन्।
सफलतामा अभिप्रेरणा र उत्प्रेरणा
विश्वको जुनसुकै कुनामा रहेका मानिस हुन्, जुनसुकै, जात, धर्म र सम्प्रदायका हुन्, हरेकलाई सफल हुने चाहना हुन्छ। हरेकले जीवनमा आफूले चाहेजस्तो सफलता प्राप्तिका लागि कुनै न कुनै रूपमा अरूको प्रेरणा लिइएको हुन्छ र असल परामर्शकर्ता भेटिएमा उसले थप उत्प्रेरणा जगाएर सफल हुने बाटो र दृढतालाई अरू मजबुत बनाइदिन्छ। हरेक मानिसमा अरू सफल भएको देखेर उसमा पनि त्यसैगरी सफल हुने लोभ जाग्छ। त्यो चाहना र लोभले व्यक्तिलाई सकारात्मक रूपमा प्रेरित ग¥यो भने उसले निश्चय पनि सफलता पाउँछ तर त्यसलाई ईष्र्याका रूपमा लिएर आक्रोश मात्र व्यक्त गरिरह्यो भने उ झन्झन् पतनको बाटोमा लाग्छ। प्रेरणा दुई किसिमको हुन्छ। एक व्यक्ति स्वयंबाट प्रेरित हुन्छ। उसका राम्रा कामहरूका बारेमा अरूले
भ्रष्टाचारविरुद्ध दृढ इच्छाशक्ति
गज्जव संयोग! भर्खरै नेपालसहित विश्वभर भ्रष्टाचारविरुद्धको दिवस मनाइएको छ। यो दिवसका सन्दर्भमा अझै पनि नेपाल र विश्वका कतिपय स्थानमा भ्रष्टाचारविरुद्धका अभियानहरू जारी छन्। यही बेला नेपालमा नयाँ सरकार निर्माणका लागि माहोल छ। यहाँ एकै साथ केन्द्र र प्रदेश सरकार निर्माणका लागि जोडघटाउ र दौडधुप छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवै तहका समानुपातिक तर्फको अन्तिम नतिजासमेत आइसकेपछि निर्वाचन आयोग आधिकारिक नतिजाको विवरण राष्ट्रपतिसमक्ष बुझाउने तयारीमा छ। आयोगले समानुपातिकतर्फ
राजनीति र रोजगारीमा युवा शक्ति
मुलुकको राजनीतिक, आर्थिक क्षेत्रमा युवाको अविस्मरणीय योगदान रहेको छ। युवा इतिहासका सर्जक, युगका अग्रगामी ताकत, क्रान्तिका वाहक तथा देशका रक्षक हुन्। मानव जीवनको सबैभन्दा उर्वरशील, गतिशील, जवानीले भरिपूर्ण अवस्था युवा हो। माओले युवातर्फ सङ्केत गर्दै भनेका थिए, ‘संसार तिमीहरूकै हो, किनभने तिमीहरू उदाउँदो सूर्य हौँ भने हामी अस्ताउँदो।’ माओको यो भनाइले पनि उनी युवाको भूमिकाप्रति कति आस्वस्त थिए भन्ने प्रष्ट हुन्छ। नेपाल जनसङ्ख्याको झन्डै ४० प्रतिशत युवाले ओगटेको छ। विद्यार्थी, किसान, मजदुर, लेखक, बुद्धिजीवी, कलाकार, डाक्टर, वकिल, शिक्षक, उद्योगपति, कर्मचारी, पत्रकार, समाजसेवी, राजनीतिक नेता, कार्यकर्ता आदि क्षेत्रमा रहेको ठूलो हिस्सा युवाको नै छ। देशको प्रायः सबै क्षेत्रमा युवाको भूमिका जिम्मेवारीको स्तरले मुलुकको भाग्य र भविष्य निर्धारण गर्छ।
जल संरक्षणका चुनौती
मानव जीवनका लागि पानी अपरिहार्य तरल पदार्थ हो। जन्मँदै प्रकृतिले पानीलाई यस्तो अद्भूत गुण दिएको छ, जो बिना कुनै प्राणी न त वनस्पति कसैको पनि कल्पना गर्न सकिँदैन। चराचर जगत्प्र/कृति स्वयं बाँच्न पनि पानी नै चाहिन्छ। पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीको वर्चस्व छ। पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई सास फेर्न सहज भएको छ। पिउन, सरसफाइ गर्न र खाना पकाउनेदेखि अरू धेरै काम सम्पन्न गर्न पानी भएन भने अधुरो र अपुरो हुन्छ। स्वस्थ्य मस्तिष्क स्फूर्त जीवनको प्रस्फुटन पनि पानीकै माध्यमबाट सम्भव भएको हो। जब व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसको सोचविचारले विकासात्मक कार्यमा हातेमालो गर्न सक्दैन। यो धु्र
मुख्य अङ्गबीचको समझदारी
संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा महाभियोग लगाउन सक्ने प्रावधान छ। प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एकचौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न सक्ने र त्यसरी प्रस्ता
विकास प्रेरित राजनीति
शासन र प्रशासनभन्दा पुरानो शब्दावली हो, राजनीति। राष्ट्र, राज्य, शासन, सरकार, प्रशासन आदि सम्पूर्णको अभिभावकीय भूमिकामा राजनीति रहन्छ। मूलतः कुनै पनि सरकारले राज्य सञ्चालन गर्ने क्रममा शासन, विकास र सेवा प्रवाह गर्ने गर्छ। यस क्रममा राजनीतिक संयन्त्रबाट शासन, विकास र सेवा प्रवाहका लागि नीति तथा कार्यक्रम तर्जुमा हुन्छ भने प्रशासनिक संयन्त्रबाट तिनको कार्यान्वयन हुने गर्छ। मानव सभ्यताको विकास हुँदै गर्दा आफ्नो प्रभुत्व जमाउने र स्थापित गर्ने क्रममा ठाउँ परिवेशअनुसार व्यक्ति, समूह र भौगोलिक क्षेत्रबीचमा द्वन्द्व हुने गर्दथ्यो। जित्ने पक्षले आ
‘पपुलर मत’सँग जोडिएको साख
वि.सं. २०७४ मा वाम गठबन्धनका विरुद्ध एक्लै चुनावी मैदानमा रहेर प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई समानुपातिक मतले संसद्मा दोस्रो ठूलो दल बनाएको थियो। ‘लज्जास्पद पराजय’बाट ओठतालु सुकाएका कांग्रेसजनलाई ४ मङ्सिरमा हात परेको ५७ सिटले मलमपट्टीको काम गरे पनि समानुपातिकमा खस्केको मतले पुनः गम्भीर बनाएको छ। प्रस्तुत लेखमा कांग्रेसले देशभर पाएको समानुपातिक मतको विश्लेषण गर्ने प्रयास गरिएको छ। २०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ जनाको नाम मतदाता नामावलीमा समावेश थियो। जतिबेला एक करोड पाँच लाख ९२ हजार ८२२ मत खस्दा समानुपातिकमा कांग्रेसले ३२.७७ प्रतिशत अर्थात् ३१ लाख २८ हजार ३८९ मत पाएको थियो तर ४ मङ्सिरको चुनावमा २५.७१ प्रतिशत अर्थात् २७ लाख १५ हजार २२५ मतमा खुम्चिन बाध्य भएको छ कांग्रेस। जब कि २५ लाख ६० हजार ६३२ त नयाँ मतदाता नै थपिएका थिए। थपिएका मतदाताको अनुपातमा कांग्रेसको मत बढ्नुपथ्र्यो तर
राजनीतिमा शिक्षक
राजनीतिमा शिक्षकको संलग्नताको विषयलाई लिएर पक्ष विपक्षमा बहस भइरहेको छ। यो विषयले मिडियामा पनि राम्रै स्थान पाएको छ। शिक्षक सक्रिय राजनीतिमा संलग्न भएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको आरोप लागिरहेको अवस्थामा शिक्षक राजनीतिक गतिविधिमा संलग्न रहँदा यसमाथि प्रश्न उठ्नु स्वाभाविकै हो। यद्यपि यस विषयलाई शिक्षकले गम्भीरतापूर्वक लिएको देखिँदैन। केही ठूला दलका शीर्ष नेताले शिक्षकलाई राजनीति गर्न नदिने हो भने कुनै पनि राजनीतिक दल चल्न नसक्ने बताउँदै आएका छन्।
मानव अधिकारप्रति उठेका प्रश्न
मानवका शाश्वत र स्वतन्त्रताका अक्षुण्णता र अनतिक्रम्य मौलिक अधिकार मानव अधिकार हो। विकास र सहभागिताको नैसर्गिक अधिकार प्रत्याभूत गर्ने हो। यसको परिपालनाको सहज वातावरण लोकतान्त्रिक राज्यको दायित्व हो। लोकतान्त्रिक शासन प्रणालीमा नागरिकका आधारभूत मानव अधिकारको प्रत्याभूति गरिएको हुन्छ। राज्य र नागरिकका बीचमा अन्तरसम्बन्धको सेतु मानव अधिकारको वैधानिक व्यवस्था हो। असल अभ्यास र नागरिकले त्यसको कुन हदसम्म उपयोग गर्न पाएका छन् भन्नेमा यसको कार्यान्वयनको पाटो निहित रहन्छ। मानव जातिको सही पहिचान र आदर्शको सोपान म
खाने तरकारी कि विषादी ?
बढ्दो जलवायु परिवर्तनको विश्वव्यापी असर अब हरेकका भान्छामा पनि पर्न थालेको छ। जलवायु परिवर्तनका कारण तरकारी तथा खाद्यान्नमा विभिन्न रोगका कीरा देखिन थालेकाले किसानले त्यसलाई नियन्त्रण गर्न अन्धाधुन्ध रूपमा विषादी प्रयोग गर्न थालेका छन्। कीरा वा शत्रुजीव व्यवस्थापन गर्न अन्य कुनै विकल्प नखोजी कडाभन्दा कडा विषादी प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न पुगेको छ।