• १२ मंसिर २०८१, बुधबार

सामुदायिक घरवासको नालीबेली

blog

विगत पाँच दशकभन्दा पहिले गाउँघरमा सरकारी कर्मचारीलगायत मानिस कुनै नयाँ गाउँमा पुग्दा बास बस्न र खाने ठाउँ प्राप्त गर्न निकै ठुलो समस्या थियो । नाता, साथीभाइ वा मित लगाएर भए पनि बासको बन्दोबस्त गर्नु पथ्र्यो । अहिलेको जस्तो रिसोर्ट, होटेल तथा लजलगायत घरवास कार्यव्रmमको प्रचलन थिएन । 

 गाउँघरमा कसै कसैले किराना र कपडा पसल राखे पनि चिया पसल तथा लजको व्यवस्था थिएन । त्यसबेला लामो दुरीका बाटो तय गर्न निश्चित दुरीमा धार्मिक व्यक्तिले पाटी, पौवा, धर्मशाला निर्माण गरी बटुवालाई सहजता प्रदान गर्दैै आएको पाइन्छ । यी बटुवा कुवा, इनार, धारा, खोला जस्ता पानीको स्रोत नजिक बनेका यिनै पाटी पौवा नजिक आफैँ पकाएर खाने र पाटीमा सुत्ने प्रचलन थियो । 

 मेरो अनुभवमा नेपालका सहरहरू खासगरी स्याङ्जा, बुटवल, पोखरा, काठमाडौँ जस्ता ठुला सहरमा पुग्दा पहाडी गाउँबाट झरेका मानिस नयाँ भूगोलको अज्ञानताका कारण सुरक्षाको चिन्ताले गाउँघरतिरका वा चिने जानेकाले सञ्चालन गरेको होटेल, लज वा आफन्तको घर खोजेर बास बस्ने प्रचलन थियो । त्यस बेला बटुवालाई नयाँ गाउँमा बास पाउन कठिन थियो तर हिजोआज सो प्रचलनमा बृहत् रूपमा फेरिएकाले अधिकांश गाउँ घरलगायत गन्तव्यमा होटेल, रिसोर्ट, लज तथा घरवास कार्यव्रmम जस्ता सुविधा छन् । 

देशमा विकासको क्रमसँगै गाउँघरमा पुग्ने मानिसको गति जनसङ्ख्या पनि बढ्दै गयो । गाउँमा पुग्ने पाहुना अधिकांश सरकारी तथा गैरसरकारी सेवाका कर्मचारी प्रायजसो शिक्षा, स्वास्थ्य, मालपोत, कृषि, वन, प्रहरीलगायत कर्मचारी गाउमा पुगेको हुन्थ्यो । यसरी पुगेका मानिस तत्कालीन प्रधानपञ्च वा गाउँका मुखिया वा साहु महाजनको घरमा बास दिने प्रचलन थियो । 

जो कोहीको घर परिवारमा खाना र बस्नाका लागि न्यूनतम भाँडाकुँडा र ओछ्यान, जनशक्तिलगायत आवश्यक सामग्री पनि पर्याप्त हुँदैनन्थ्यो । पञ्चायत कालमा प्रायजसो सरकारी कर्मचारी स्थानीय नेताको घर खोज्दै आएका हुन्थे । उनीहरूको बस्ने खाने व्यवस्था स्थानीय नेताले गर्ने प्रचलन थियो । पछिल्ला दिनमा यो व्रmम बढ्दै गयो । 

गाउँमा विद्यालय निरीक्षक, स्वास्थ्य क्षेत्रमा खोप लगाउने प्राविधिक, अपराधको घटनाको समयमा प्रहरी, वन प्राविधिक, मालपोत सङ्कलन तथा जमिन नापका लागि प्राविधिक तथा लेखाका कर्मचारी कृषि ज्ञान प्रचारका लागि कृषि प्रविधिको आउने जाने व्रmम बढ्दै गयो । प्रधानपञ्चको निश्चित आयले सालभर विभिन्न समयमा ओइरो लाग्ने कर्मचारीलाई धन्न कठिन परेको थियो । प्रधानपञ्चले सामाजिक प्रतिष्ठाले पैसा लिने प्रचलन पनि थिएन । 

पञ्चायतकाल पश्चात् यस समस्याको सम्बोधन गर्नेलगायत गाउँ पर्र्यटनको अवधारणाले स्याङ्जाको सिरुबारी गाउँबाट विसं २०५३ मा विधिवत् रूपमा सामुदायिक घरवास कार्यव्रmमको सुरुवात भयो । यसले गाउँघरमा आउने पाहुनालाई सहजता प्रदान गर्नुका साथै घरवास सञ्चालनले स्थानीय बासिन्दालाई बहुआयामिक लाभ भएको सञ्चालकको अनुभव छ । 

समयको क्रमसँगै आगन्तुकले विभिन्न प्रकारका खानेकुरा पकाउने विधि, घरको भान्छा कोठा र गाउँघरको सरसफाइ, शौचालयको व्यवस्थापन, पाहुना सत्कार तथा बोलीचाली र व्यवहारसम्बन्धी ज्ञान, कला र सिप सिक्ने अवसर प्रदान गरेको छ । अझ पाहुनासितको सम्पर्कले देशभरका व्यवसायी साथी तथा ग्राहकबिचमा सम्पर्क बढाउने अवसरका रूपमा प्रयोग गरेको छ । सानो पुँजी र कम अनुभवमा सञ्चालन भएका घरवास कार्यव्रmमलाई समयव्रmम अनुसार समृद्धि गराउँदै जाँदा सिप र सम्पर्कसमेत विस्तार भएको अनुभव सुनाउन्छन्, घरवास सञ्चालकले । कतिपय गाउँका सामुदायिक घरवास कार्यव्रmम होटेल, लज तथा रेस्टुराँमा स्तर उन्नति भएका पनि छन् । 

त्यसबेला गाउँघरमा सरसफाइसम्बन्धी ज्ञानको कमी, पौष्टिक आहारा कमी, मिठो खानाका परिकार पकाउने विधिलगायत अन्य सिपमा पनि सीमितता थियो । नजिकको छिमेकीसित पनि जनसम्पर्कको अभाव थियो । घरवास कार्यव्रmमले गाउँघरमा उपलब्ध ज्ञान र सिपले पाहुना पनि सरसफाइ, खाना पकाउने, वितरण वा पस्काउने, सुत्ने तथा भान्छा कोठाको सरसफाइ मात्र नभएर टोल छिमेकीमा नै सरसफाइको स्तर उन्नत, आगन्तुक वा पाहुनासितको सभ्य बोली व्यवहारमा, खाना तथा बस्नको मूल्य निर्धारणलगायत विषयमा ज्ञान र सिपमा वृद्धि हुनुका साथै व्यापारमा व्यावसायिक कुशलता प्रदान गर्नेलगायत सकारात्मक प्रभाव परेको छ । यसरी विभिन्न समयमा सबै जनाको सहभागितामा स्थानीय गाउँघरमा क्षमता विकासलगायत सर्वपक्षीय विकास भएको छ ।

हिजोआज घरवास कार्यव्रmमले स्थानीय उत्पादनलाई जोडा दिने र प्रकृति, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेको छैनन् । स्थानीय रोजगारी सिर्जना गरी आर्थिक विकासमा समेत योगदान पुगेको छ । यसले रोजगारी सिर्जना गर्दै बहुआयामिक क्षेत्रमा योगदान पुगेको अनुमान सहजै गर्न सकिन्छ । यस कार्यव्रmम समग्रमा बहुआयामिक सकारात्मक प्रभाव भए पनि केही नकारात्मक प्रभावका लक्षण वा गतिविधि देखा परेका छन् । 

गण्डकी प्रदेशबाट सुरुवात भएका घरवास कार्यव्रmम देशभर व्यापक प्रचलनमा आएको छ । नेपाल सरकारले पनि घरवास नीति तथा कार्यव्रmमलाई कार्यन्वयन ल्याएको छ । अझ आव २०७४।७५ मा गण्डकी प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखी प्रदेशभित्रका ८५ पालिकामा एकै पटक तीन सय गाउँमा घरवास कार्यव्रmम सञ्चालन गर्ने महìवाकाङ्क्षी कार्यव्रmम आवको नीति तथा कार्यव्रmममा समावेश गरे । आव २०७६।७७ मा यस कार्यव्रmमको प्रारभ्भिक समीक्षा अनुसार सरदर ३० प्रतिशत सामुदायिक घरवास कार्यव्रmमका सहभागी सक्रिया रूपमा कार्यन्वयन भइरहेको छ । सायद यति छोटो समयमा यो समीक्षा गर्ने बेला भएको पो थिएन कि ।

सामुदायिक घरवास कार्यव्रmम सञ्चालनपश्चात् सो क्षेत्रका केही घरधुरी विकसित भएर होटेल वा लजमा परिणत भएको केही उदाहरण छन् । नवलपरासीको अमलटारी सामुदायिक घरवास कार्यव्रmमका संस्थापक अध्यक्ष प्रेम मर्दनिया थारूका सूचना अनुसार यहाँका घरवास कार्यव्रmममा ३१ घर परिवार आबद्धता छ । यस अमलटारी क्षेत्रमा घरवासका कारण पाँचवटा होटेल स्थापना भई सञ्चालनमा छन् । यस आवमा लगभग २५ हजार पर्यटक पुगेको अनुमान छ । यसैगरी कास्की जिल्लाको सिक्लेस, ताङ्गतिङ ल्वाङ र लमजुङको घलेगाउँलगायत गाउँमा सामुदायिक घरवास कार्यव्रmम बिस्तारै होटेल, रिसोर्टमा स्थापना भएको अभिलेख पाइन्छ ।

लमजुङ जिल्लामा अवस्थित नेपालको प्रसिद्ध घलेगाउँ सामुदायिक घरवास कार्यव्रmमको संस्थापक तथा निर्वतमान पालिका अध्यक्ष प्रेम घलेले दिनुभएको तथ्याङ्क अनुसार यस आवको कात्तिकदेखि चैतसम्मको अवधिमा लगभग २५ हजार आन्तरिक पर्यटकले भ्रमण गरेको छ । हाल घलेगाउँमा ४३ घर सामुदायिक घरवास कार्यव्रmम आबद्धताका साथै दुईवटा होटेल सञ्चालनमा छन् । 

इलाका संरक्षण कार्यालय भुजुङको प्रतिवेदन अनुसार विगत आठ महिनामा लगभग सात हजार आन्तरिक पर्यटक पुगेको आँकडा छ । कास्की जिल्ला मादी गाउँपालिकाभित्र पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयमाा दर्ता गर्ने व्यवस्था छ । कार्यालयको प्रतिवेदन अनुसार ताङ्गतिङका चारवटा होटेल र १० परिवार सामुदायिक घरवास कार्यव्रmममा आबद्ध छन् भने सिक्लेस गाउँमा १२ वटा होटेल २४ घर सामुदायिक घरवास कार्यव्रmममा आबद्ध छन् । सिक्लेसमा गत आव ७८।७९ मा लगभग होटलमा २१ हजार र घरवास कार्यव्रmममा तीन हजार एक सय गरी कुल २४ हजार आन्तरिक पर्यटक सिक्लेस पुगेको विवरण प्राप्त भएको छ ।

नेपालको जेठो घरवास कार्यव्रmम सिरुबारीमा २१ घरले सामुदायिक घरवास कार्यव्रmम सञ्चालन गरेको छ । एक रात बस्न तथा शाकाहारी दुई छाक खानाका लागि एक हजार चार सय रुपियाँ मूल्य तोकेको छ भने यसमध्येबाट चार सय रुपियाँ प्रति पाहुना सामुदायको कोषमा जम्मा गरिन्छ । 

यसरी जम्मा भएको रकमले सामुदायमा आवश्यक कामका लागि बाटो, खानेपानी, सरसफाइ, वृक्षरोपण, प्रकोप व्यवस्थापनलगायत क्षेत्रमा आवश्यकता अनुसार खर्च गर्ने जानकारी सचिव सुनिता गुरुङले दिनु भयो । यस आव कात्तिकदेखि चैत महिनाको अवधिमा लगभग दुई हजार जनाले यस क्षेत्रमा टेकेको जानकारी सचिवले दिनु भयो ।

कास्की जिल्ला माछापुच्छे गाउँपालिका ल्वाङमा सञ्चालित सामुदायिक होमस्टेमा चालु आव साउनदेखि चैतसम्ममा ३६ हजार आगन्तुक भित्रिएको आँकडा सोही सामुदायिक घरवास व्यवस्थापन समितिका सचिव तीर्थ गुरुङले जानकारी गराउनु भयो । यसमा निजी र होटेलका आगन्तुक समावेश गरिएको छैन । यस सामुदायिक घरवास कार्यव्रmममा २६ घर आबद्ध छन् भने चार घरमा निजी र एकवटा होटेल पनि सञ्चालनमा छन् । यस गाउँमा घरवासको एक पाहुनाका लागि दुई छाक शाकाहरी खाना, बिहानको चिया खाजा र एक रात बिताएको मूल्य न्यूनतम प्रतिव्यक्ति रु. १२ सय कायम गरेको छ । यही दरका आधारमा स्थानीय अर्थतन्त्रमा लगभग चार करोड ३२ लाख रुपियाँ भित्रिएको अनुमान सजिलै प्रक्षेपण गर्न सकिन्छ । अर्कातर्फ प्रति घरवास कार्यव्रmम सञ्चालक परिवारले न्यूनतम १६ लाख ६१ हजार रुपियाँ बराबरको वार्षिक कारोबार भएको मानिन्छ भने प्रति महिना दुई लाख सात हजार रुपियाँ बराबराको कारोबार भएको छ । यो कार्यव्रmममा वर्षायाम बाहेकका समय लगभग आठ महिना सञ्चालन हुन्छ । यस व्रmम नवलपरासी, कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङलगायत जिल्लामा सञ्चालित केही घरवासको आर्थिक योगदान सजिलै अनुमान गर्न सकिन्छ । 

गण्डकी प्रदेशले सम्भाव्यता अध्ययन बिना कार्यान्वयनमा ल्याएका घरवास कार्यव्रmमले विभिन्न समस्याको सामना गर्नु परेको छ । यस किसिमका घरवास कार्यव्रmम आपेक्षित गरे अनुसार नचालेका लगायत अन्य व्यावहारिक अवरोधका कारण अपेक्षित परिमाण आउन सकेन । प्रारम्भिक अवस्थामा भावनामा बगेर सञ्चालन भएका घरवास कार्यव्रmमलाई विधि विधानमा सञ्चालन गर्न आचारसंहिता समेत कार्यन्वयनमा ल्याएको छ । कतिपय ग्राहक तथा सञ्चालकको गलत मनसायका कारण 

सामाजिक विकृति फैलाएर घरवास कार्यव्रmम नै बदनाम पनि भएका छन् । यसका लागि सरकारले कडा अचारसंहिता तयार गरी कडाइका साथ पालन गर्न ग्राहक र सञ्चालक स्वयं नै सचेत हुनु जरुरी छ ।

देशमा पाँच दशकको अवधिभित्र खास गरी आन्तरिक पर्यटनका कारण सामाजिक तथा आर्थिक विकासमा उल्लेखनीय प्रगति गरेको छ भन्ने माथि उल्लेखित विवरणले स्पष्ट पार्दछ । यसैव्रmममा गण्डकी प्रदेश सरकारले एकै चोटी धेरै सङ्ख्यामा कार्यन्वयन ल्याउन खोजेको घरबास कार्यव्रmमको समीक्षा गर्नु जरुरी भएको छ । 

 घरवास कार्यव्रmम अधिकांश गुरुङ तथा थारू समुदायद्वारा सञ्चालित घरवास कार्यव्रmमले प्रगति गरेको तर अन्य जातजातिले सञ्चालन गरेको घरवास कार्यव्रmम अपेक्षा गरिए अनुसार नतिजा दिन सकेन । यसरी अन्य जाताजातिले सञ्चालन गर्ने घरवास असफल हुने कारणमध्ये पराम्परागत सोच र प्रगाढ रूपमा जरा गाडेका सामाजिक संस्कार र विश्वास तथा आर्थिक अवरोधलाई सजिलै अनुमान लगाउन सकिन्छ । यसबारे गम्भीर समीक्षा गरी अघि बढ्नु जरुरी छ । घरवास कार्यव्रmमको बहुआयामिक क्षेत्रमा लाभ भए पनि सम्भावित विशेष स्थान र समुदायलाई लक्षित गरी कार्यान्वयन गर्न सकिन्छ तर सबै किसिमका भूगोल र नेपाली समाजमा सामुदायिक घरवास कार्यव्रmमका लागि योग्य हुँदैनन् । समाजका विविध मानसिकता तथा भौगोलिक विविधतालाई समेत ध्यान दिनु जरुरी छ । गण्डकी प्रदेशका केही प्रमुख गाउँहरूमा पर्यटन नै आर्थिक विकासको धेरै सम्भावित क्षेत्रमध्ये एक प्रमुख क्षेत्र हुने विश्वास गर्न सकिन्छ । यसका लागि सरोकारवाला निकायले उचित ध्यान दिई समाजलाई आर्थिक रूपान्तर गराउन जरुरी छ ।

लेखक संरक्षणविद् हुनुहुन्छ ।

   

Author

जुद्धबहादुर गुरुङ