• २६ जेठ २०८२, सोमबार

विपतमा स्वास्थ्य चुनौती

blog

दिनपछि रात भने जस्तै समय परिवर्तन र चक्रसँगै जाडो मौसमपछि गर्मी मौसम त्यसपछि वर्षा मौसम आउने गर्छ । वातावरण परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्छ र स्वास्थ्यको दृष्टिले संवेदनशील बन्छ । गर्मी मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरै जसो पाचन प्रणालीस“ग सम्बन्धित हुन्छन् । 

गर्मी तथा वर्षायामका समस्या 

 श्वासप्रश्वास प्रणाली नाकदेखि फोक्सोसम्म तथा पाचन प्रणाली खाने मुखबाट सुरु भई निष्कासनद्वार मलद्वारसम्म पर्छ । कीटाणुको सङ्क्रमण जति तल वा फोक्सोतिर भयो त्यति नै साह्रो हुन्छ । नाकमा सङ्क्रमण भए साधारण रुघाखोकी त फोक्सोमा सङ्क्रमण भए निमोनिया, छातीको सङ्क्रमण भई ज्वरो, खोकी, सेतो वा पहेँलो खकार, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने गर्छ । गर्मी मौसममा धेरैजसो रोग फोहोर खाना र पानीबाट लाग्ने भएकाले पाचन प्रणालीमा असर पु¥याउँछ । 

 गर्मीमा वृद्ध तथा दीर्घरोगीको शारीरिक तापक्रम नियन्त्रण गर्ने मस्तिष्कको हाइपोथालामसले राम्रो काम गर्न नसक्दा तापक्रम बढ्दै गई बाह्य तापक्रमले नराम्रो प्रभाव पारी ज्यानै जान सक्छ । यसलाई ‘हिट स्ट्रोक’ भनिन्छ । भर्खरै भर्ना भएका सिपाही, पहलमान, घाममा ज्यादा परिश्रम गर्ने युवकयुवतीलाई ‘हिट स्ट्रोक’ हुन सक्छ । शरीरभित्र तापक्रम बढेपछि ‘प्रिअप्टिक न्युक्लियस’ सञ्चालनमा आई स्वचालित स्नायुले छालामा रक्तसञ्चार बढाउने, पसिना काड्न लगाउँछन् । पसिना बाफमा परिणत हुँदा तापक्रम कम हुन्छ । तर बाहिरको तापक्रम शरीरको भन्दा बढी भए शरीरको तापक्रम बाहिर निस्कन सक्दैन । मस्तिष्कले शरीरको तापक्रम नियन्त्रण गर्न छाडिसकेपछि शरीरको तापक्रम बढ्दै १०८ डिग्री फरेनहाइटभन्दा ज्यादा भएपछि दहनक्रियामा मद्दत गर्ने ‘इन्जाइम’हरूले काम गर्न छोड्छन, रगतमा विषाक्तहरू जम्मा भई सबै अङ्ग रुग्न हुन थाल्छन् । मानसिक औषधीले यस्तोमा होस गुमाउन सक्छन् । शल्यव्रिmयामा बेहोस गर्न प्रयोग गरिने औषधीले कडा तापव्रmम गराउन सक्छ । वैज्ञानिकको अध्ययनमा ‘हिट स्ट्रोक’ हुँदा २१.६३ प्रतिशतको मृत्यु भएको पाइएको छ ।

तातो हावा अर्थात् लु 

अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याक्छ । जसले लु लाग्न सक्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको कम हुन गई उत्पन्न हुने समस्या र अङ्गले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने सिर्जित नकारात्मक असर हुन्छ । लुबाट बच्न पर्याप्त पानी पिउनु पर्छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने यदि निस्कनै परेमा छाताको प्रयोग गर्नु पर्छ । पानीको बोतल साथैमा राखी पटक पटक पानी पिउनु पर्छ । खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ, फलफूल प्रशस्त मात्रामा खानु पर्छ । कडा घाममा नसालु पदार्थ सेवन गर्नु हुँदैन ।

 ‘हिट स्ट्रोक’/‘सन स्ट्रोक’

उच्च तापक्रममा मांसपेशी रुग्न हुन्छन्, कलेजोमा असर परी रक्तग्लुकोज कम हुन्छ, चाडो चाडो सास फेर्ने, मुटु तीव्र गतिले चल्ने, फोक्सोमा तरल पदार्थ जम्ने र श्वास फेर्न अप्ठ्यारो हुने, अवाञ्छित मुटुको चालका कारण समयमै उपचार नभए मृत्यु हुन सक्छ । रगतमा अम्लपना बढी क्याल्सियमको सक्रियतामा कमी भई ‘टेटानी, रिकेट’ हुन सक्छ । तातोपनले निस्केको पसिना बाहिर आउन नसक्दा छालामा चिलाउने मसिना डाबर आउँछ, जमेको पसिनाले सङ्क्रमण भई चर्मरोग लाग्छ । गर्मीले हातगोडामा सुजन, रक्तचाप कम, अचानक मस्तिष्कमा रक्तसञ्चार कम भई बेहोस हुन सक्छ ।

मनसुनजन्य विपत् प्रतिकार्य 

प्री मनसुन सुरु भएको दुई हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपत् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ, डढेलो, आगलागी जस्ता प्राकृतिक विपत् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जल उत्पन्न प्रकोपमा ३० औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा चौथो र हरितगृह ग्यास उत्सर्जनका हिसाबले १०९ औँ स्थानमा पर्छ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले थप मलजल गरेका छन । विपत्बाट कुल गार्हस्थ उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले सरदर तथा गत वर्षभन्दा बढी वर्षा र गर्मी हुने अनुमान गरेको छ । यही जेठ १८ देखि असोज १४ सम्मको मनसुनमा प्रदेश र स्थान हेरेर ३५ देखि ६६ प्रतिशत बढी वर्षा हुने आकलन छ । यस वर्षको विपत्मा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने र प्रभावितमध्ये १० प्रतिशतलाई उद्धार र राहत गर्नुपर्ने अनुमान छ ।

उच्च जोखिममा फ्लाइङ स्क्कार्ड तयारी, खोज, उद्धार र राहतका लागि स्रोतसाधनको व्यवस्थापन गरिएको छ । विभिन्न स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान भएको छ । हजारौँ नेपाली सेना, सशस्त्र र जनपद प्रहरी सुरक्षाकर्मी विपत् प्रतिकार्यका लागि र तीन स्थानमा हेलिकप्टर तैनाथ गरिँदै छ । बेलिब्रिज, बोट जस्ता आपत्कालीन सामान रणनीतिक स्थानमा राखिएका छन् । कमान्ड पोस्ट खडा गरिएको छ । त्यसै गरी प्रदेश, जिल्ला र स्थानीय तहमा तयारी अवस्थामा रहने गरी प्रतिकार्य र गोदामघर स्थापना र भण्डारण भएको छ । जसको स्वीकृति प्राधिकरणको जेठ १४ गतेको कार्यकारिणी परिषद्को ३२ औँ बैठकले दिएको छ ।

स्वास्थ्य समस्याको व्यवस्थापन

उच्च तापक्रमले बेहोस भएकालाई सघन उपचार कक्षमा राखी, ग्लुकोज सलाइन सुरु गरेर बढेको तापक्रम कम गर्न शरीरलाई मनतातोपानीले छ्यापेर पङ्खा लगाइदिनु पर्छ । काछ र काखमुनि बरफको थैली राख्दा ठुला धमनीमा भएका रगत चिसा हुन्छन् । मांसपेशीमा बरफ लगाएर मालिस गर्दा शरीरको तापक्रम कम हुन्छ । कम्पन नियन्त्रण गर्न औषधी, चिसो पारेको अक्सिजन, सङ्क्रमणयुक्त ज्वरो कम गर्न ‘एस्प्रिन’ वा ‘प्यारासिटामोल’ दिन सकिन्छ । ‘हिट स्ट्रोक’ प्राणघातक पनि हुन सक्छ, जसमा शरीरको तापमान १०४ डिग्रीभन्दा माथि हुन्छ । उच्च तापक्रमका कारण शरीरको भित्री भागमा नकारात्मक प्रभाव पर्छ । पसिना नआउनु, श्वासप्रश्वास एवं मुटुको धड्कन तेज हुनु, बेहोस हुनु आदि ‘हिट स्ट्रोक’ का लक्षण हुन । सबैभन्दा पहिलो र जरुरी उपचार भनेको बिरामीको निधारमा चिसो पानीको पट्टी राख्नु पर्छ । चर्काे घाममा बाहिर ननिस्कने, प्रशस्त मात्रामा पानी पिउने, खाली पेट तथा चिया कफी र रक्सीबाट टाढै रहने तथा शारीरिक क्रियाकलाप कम गर्ने र समय समयमा ताजा फलफूल र कागती, नरिवलको जुस पानी पिउनु पर्छ ।

पानी तथा पोषणको कमी हुन नदिई पचाउन सहज हुने खानेकुरा लिनु पर्छ । काँक्रो, तरबुजा, अनार, पुदिना, किवी, प्याज, दही, बेललगायत शीतल बनाउने आहार लिनु पर्छ । हरियो सागसब्जी, फलफूल र ताजा जुस पर्याप्त पिउन पर्छ । गर्मी मौसममा आ“खा रातो हुने अर्थात् कन्जन्टेभाइटिस, आ“खा चिलाउने रोग र सुक्खा आ“खा प्रमुख तीन समस्या हुन् । गर्मी तथा वर्षा याममा विभिन्न किसिमका रोग लाग्न सक्छन् । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनु पर्छ । वरिपरिको वातावरण सफा राख्नु पर्छ । रोग हाम्रो शत्रु हो, त्यसैले रोगबाट बच्न हरेक दिन र पटकको सावधानी जरुरी छ । त्यस्तै विपत् रोक्न सकिँदैन तर पूर्वतयारीले चुस्तदुरुस्त प्रतिकार्य र जनधनको क्षति भने अवश्य न्यून गर्न सकिन्छ ।