गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष पुगेको छ । पाठक वृन्दका यसबारे नितान्त व्यक्तिगत, ऐतिहासिक अनुभूति र संवेग होलान् । यसैमा गोरखापत्रका महायात्रामा पङ्क्तिकारका मनमा पनि केही स्मरण र संवेग जोडिएका छन् । मोफसलले आधिकारिक दस्ताबेज मान्छ गोरखापत्रलाई । झन् मोरङको विराटनगरसँग भावनात्मक साइनो नै छ गोरखापत्रको ।
उतिखेरको मोरङ आफैँ सबै तरहले पैmलिँदै थियो । विराटनगर मूल बजारबाट हिँडेर एक घण्टा नलाग्ने दक्षिण हिन्दुस्थान सरहदमा जोगबनी र त्यहाँ रेल स्टेसन छ । त्यतातिरबाट आउनेहरू कसैकसैका हातमा समाचारपत्र र पाक्षिक, मासिक पत्रिका, सबै हिन्दीमा, आक्कलझुक्कल अङ्ग्रेजीका हुन्थे । हामीले यिनमा अभिरुचि लिन जानेका थिएनौँ, न किन्न नै सक्थ्यौँ । पाठ्यव्रmम, पाठ्यपुस्तक र परीक्षा तयारी व्रmममा हामी बढी व्यस्त रहन्थ्यौँ । हाम्रा नेपालीका पाठ्यपुुस्तक दार्जिलिङदेखि आउँथे । पारसमणि प्रकाशनका नेपाली भाषा र व्याकरणका पुस्तक पढाइन्थे । कक्षा ८ मा हुँदा २०१४ सालसम्मै हामीले उतैबाट आएका नेपाली पाठ्यसामग्री पढ्यौँ ।
अध्यापकमा एक जना बनारसबाट शास्त्री उत्तीर्ण हाम्रा नेपाली, बाँकीमा अधिकतर हिन्दीभाषी विहारी र एक जना बङ्गाली थिए । विद्यालयबाहिर हिन्दी, मैथिली, बङ्गाली र मारवाडी भाषाका परिवेशमा थियौँ । काठमाडौँका विद्यालयमा नेपाली भाषामा के कस्ता पाठ्यसामग्री पढाइन्थे ? हामीलाई ज्ञान थिएन पनि । काठमाडौँ आपैmँमा एक अनकन्टार थलोसरह थियो । उतिखेर काठमाडौँ पुगे नेपाल पुगिन्थ्यो । भनिन्थ्यो नेपाल गएको, नेपालबाट आएको । फलानो नेपाल गएको छ
रे ! हल्लीखल्ली चल्थ्यो, नेपालबाट हिजै फर्कियो रे ! काठमाडौँवासीलाई नेपाले भनिन्थ्यो । यी चर्चामा गोरखापत्र बिरलै पथ्र्यो ।
माथिल्लो कक्षा पुग्दै जाँदा विद्यालय र गोरखापत्रलाई वर्षमा एक पटक हामी गाँस्न थाल्यौँ, कैले त भन्दा एसएलसी परीक्षाको परीक्षाफल प्रकाशनमा । अनि व्रmमिक तवरले गोरखापत्रको सान्दर्भिकता थपिँदै आयो । साँच्चै भन्ने हो भने मैले पहिलो पटक गोरखापत्रको सही ज्ञान मेरा ठुल्दाजुले गरेको चर्चाबाट पाएँ । उहाँ २०१३ सालको एसएलसी परीक्षार्थी, परीक्षाफल हेर्न उहाँ हाम्रै तिन्टोलिया घरबाट दस मिनेट पर उतिखेरको विमानस्थलमा दगुर्दै पुग्नुभएको थियो ! विमानबाट ओर्लिने कुनै न कुनै यात्रीका हातमा गोरखापत्रमा प्रकाशित परीक्षाफल पृष्ठ हुन्थे नै ।
त्यो दिन फर्केर आएपछि उहाँले एक पटक झस्केको कुरा सुनाउनुभएको थियो । त्यही पृष्ठ कैले कसका, कैले कसका हातमा तानतान हुँदाहुँदा बल्ल उहाँको हातमा परेको थियो रे ! आफ्नै परीक्षाफलको सङ्केत सङ्ख्या उहाँका आँखामा परेनछन् । हेर्न त उहाँले उतिखेर आकाशवाणीबाट काठामाडौँले टिपाएको हातेसूचीमा हेरी सक्नुभएको थियो । यसमा उहाँलाई दोस्रो डिभिजनमा उत्तीर्ण देखाएको थियो तर छापामा पनि देख्न पाए पो ढुक्क होइन्थ्यो, नत्र कसरी आपूmलाई उत्तीर्ण ठान्ने ?
संयोगवश विचराको आफ्नो सङ्केत सङ्ख्या आफ्नै बुढीऔँलाको टुप्पोले छोपेछ, उहाँले देख्नु नै भएनछ, एकछिन त छाँगाबाट खसेजस्तो बन्नु भएछ ! यति सुनेपछि अनि त गोरखापत्रको मर्म र महिमा मलाई झन् गहकिलो भयो । कहिलेकाहीँ कसैका हातमा गोरखापत्र देख्थेँ, हाम्रो परीक्षाफल पनि यसैबाट आउनेमा ढुक्क थिएँ । तथापि न दिनका दिन विमान चल्थ्यो, न त दिनका दिन गोरखापत्र छापिन्थ्यो र आउँथ्यो । परीक्षाफल प्रकाशित र विमान चल्ने दिन उही परेमा मात्र तात्तातै जुर्ने ।
२०१४ सालमा बस्तीपुर (सिरहा) विद्यालयका एक जना सुरेन्द्ररञ्जन बरालले बोर्डमा तेस्रो स्थान पाएको मैले पनि गोरखापत्रमा पढ्न पाएँ । अनि जैले जैले गोरखापत्र आँखा अघिल्तिर पर्थे, पहिलो पृष्ठ गोरखापत्र भनेर छापिएका भँगेरे अक्षरमुनि संस्कृतको एक श्लोक मन लाएर पढ्थेँ– सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ... । यसतिर ध्यान जाने प्रमुख कारण थियो । हाम्रो विद्यालय वन्दनामा यो श्लोक पनि सामेल थियो । हामी कक्षामा अध्ययन प्रारम्भ गर्नुुअघि प्राङ्गणमा पङ्क्तिबद्ध, करबद्ध समूहमा उभिएर नित्य बिहानी सरस्वती वन्दनामा यो श्लोकसमेत उच्चारण गर्ने गथ्र्यौं । धेरैपछि ज्ञान भयो– यो श्लोक तैत्तिरीय उपनिषद्उद्धृत एक शान्तिमन्त्रसमेत हो ।
यसरी मेरा संस्मरणका झझल्कोमा आज अब केही मिश्रित प्रतिव्रिmया समाविष्ट छन् । उतिखेर नेपाल खाल्डोले गोरखापत्र प्रकाशनको अभिभारा लिँदा मोफसलमा एकै पटक नेपाली भाषानिम्ति दोहोरो चुनौती थियो । एकातिर समाचारपत्रका नाममा विराटनगरमा हिन्दुस्थानमा प्रकाशित पत्रपत्रिका मात्र थिए । अत्यधिक यी हिन्दीमा थिए भने केही अङ्ग्रेजीमा । हिन्दीमा दैनिक आर्यावर्त, नवभारत टाइम्स र आज थिए, साथै पाक्षिक र मासिक । आर्यावर्त पटनाबाट र आज बनारसबाट प्रकाशित हुन्थे ।
आर्यावर्तले भर्खर भर्खर अध्यापन सञ्चालनमा आएका त्रिभुवन विश्वविद्यालय र मातहत कलेजका वार्षिक परीक्षाफल प्रकाशित गथ्र्यो र यो केही वर्षसम्म कायम रह्यो । पछि मात्र त्रिविले परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशन आपैmँ गोरखापत्र माध्यम र रेडियो नेपाल (छात्र कार्यव्रmम, यो सातामा दुई पटक आउँथ्यो) बाट गराउन थाल्यो । ती हिन्दीका पत्रपत्रिका जोगबनीसम्म रेलबाट र त्यहाँबाट दैनिक विराटनगर बजार हुँदै आउँथे र मूल बाटोमा अवस्थित उतिखेरको एउटै वाचनालय आदर्श पुस्तकालयमा पनि पढ्न पाइन्थे । पछि विराटनगरको उतिखेर एक मात्र कलेज रात्रिकालीन मोरङ कलेजमा पनि यी पढ्न पाइन्थे तर बासी ।
समाचारपत्रको नाउँ भने आ–ज, तर आजकै आ–ज हो कि हिजोको बासी आ–ज ? भनेर हामी ठट्ठा पनि गथ्र्यौं ! खासगरी जब गोरखापत्र दैनिक भयो र विमान पनि काठमाडौँ–विराटनगर दैनिक सेवा चल्यो, समाचार सम्प्रेषणनिम्ति मोफसलमा गोरखापत्रले ठूलो र लामो फड्को मा¥यो । भाषाको मात्र चर्चा गर्दा विद्यालयमा उतिबेला हामी कक्षा ६ सम्म हिन्दी भाषा पनि अनिवार्य पढ्थ्यौँ । एकातिर विराटनगरको परिवेश, अर्कातिर बहुसङ्ख्यी हिन्दीभाषी शिक्षक, पाठ्यव्रmमको नेपाली भाषाले सिकाउन पनि सिकायो, तथापि हिन्दी पनि मिसायो । हामी त झन्डै झन्डै “मम्मी, हेर्नोस् त, खिड्कीबाट बन्दर झाँकी रहेको छ !” भन्ने नेपालीमा पो अभ्यस्त थियौँ ।
उता एसएलसीको प्रश्नपत्रमा व्याकरणसम्बन्धी एउटा उदेकको प्रश्न सोधिने गथ्र्यो– पाठी, पाथी र टोप, तोपको वाक्यमा प्रयोग । हामीलाई यो अत्यन्त सहज थियो, किनभने यो प्रश्नले उपत्यकामा नेवारभाषीलाई लक्षित गरेको हुन्थ्यो । कक्षा ८ पछि हामीलाई नेपालीका पाठ्यपुुस्तक काठमाडौँदेखि आउन थाले । तथापि कक्षा ८ सम्म हामीलाई दार्जिलिङ साहित्यले भाषामा सहयोग गरेको थियो । यसमा कवि शिरोमणि लेखनाथ, नाटकसम्राट् सम, महाकवि देवकोटा, व्रmान्तिकारी कवि धरणीधर, सूर्यविव्रmम ज्ञवाली, पारसमणि प्रधान प्रभृतिका रचना पठन गरेका थियौँ ।
गोरखापत्रको अर्को प्रत्यक्ष योगदानमा आज मोरङ, सुनसरी भेकका कुनाकाप्चामा नेपाली भाषा बोधगम्य र सहज भएको छ । विशेषतया शिक्षा विकासका साथै विहारबाट बसाइँमा रहेका पटवारी, मुुन्सी जस्ता र तिनका परिवार सदस्यनिम्ति यो भाषा सहज जनजिब्रो बन्न पुग्यो । अब अर्को प्रतिव्रिmयामा मार्मिक प्रश्न तेर्सेको छ, भाषा शैली र स्तर सम्बन्धमा । आज संवाद र समाचार सम्प्रेषणमा अकल्पनीय वैश्विक तरङ्ग छ । एकातिर यो निमेषमा विश्वको कुनाकाप्चा सम्प्रेषित हुन्छ, अर्कातिर वाचन र छापामा शुुद्धता वा स्तरीयतामा ध्यान पुगेको देखिन्न ।
विश्वविद्यालय र कर्मचारी प्रशासन, न्यायकर्मी र सञ्चारकर्मीको आआफ्नै भाषा छ । यी सबै आआफ्नै शब्द र भाषाशैलीमा चलिरहेका देखिन्छन् । अर्थात् यिनका माझ एकरूपता वा सामञ्जस्य कतै पनि देखिन्न । यसबाट राष्ट्रभाषामा भाँडभैलो स्थिति छ भने पनि अतिशयोक्ति नहोला । अनि भाषाको प्रयोग यसरीसमेत सुन्न थालिएको छ, जस्तै– कर्तव्य निर्वाह वा पालनका सट्टा कर्तव्य निभाउने, विमान उड्ने, चल्ने, चलाउने वा सञ्चालन हुने भन्नुका सट्टा उडान भर्ने (मेलापात, जात्रा वा मानापाथी भर्ने हैन र ?) । त्यस्तै दिन दहाडै, छिनाझपटी, नोकझोक, भागदौड, (उसले भन्यो–) कि, (उसले भन्यो–) ता कि, आदि ।
अझ अचम्म त राजधानीको नाम छ, जिल्ला अदालतले त नामपाटीमा काठमाण्डौ (यो अशुद्ध हो) लेखी टोपलेको छ । यस्ता भाषिक विसङ्गति लेखा लाएर साध्य छैन । त्यसो त आपूmसँग नभए विदेशी भाषा पैँचो लिने चलन नराम्रो हैन । यसै गरी दुई र चारपाङ्ग्रे सवारीका चिह्न पाटीमा त अझ भद्रगोल छ । एउटै पाटीमा आधा विदेशी, आधा नेपाली देखिन थालेको छ । कार्यालय र बैङ्कतिर हेर्ने हो भने यस्ता नामपाटी छन्; जसमा न नेपाली शुद्ध छन्, न अङ्ग्रेजी पदका सही नेपाली उच्चारण ।
गोरखापत्रको राष्ट्रियता र राष्ट्रभाषाप्रतिको भूमिका सराहनीय थियो र छ । यी तर यी कुरा गोरखापत्रले किन उठाउन सकेको छैन ? २० वर्षअघिसम्म म आफैँ विद्यार्थीलाई भन्ने गर्थें– बिबिसी हेर, सुन ! अङ्ग्रेजी सिक्ने आधार हो यो । म ऐले बोल्न नजान्ने भएँ, किनभने म भन्न चाहन्छु बिबिसी जस्तै एक आधार नेपाली भाषानिम्ति जुन मेरो राष्ट्रभाषा हो, र नेपाल र नेपाली मेरो चिनारी हो । अनि थप अलमलिन्छु, जहाँ संस्कृतलाई मृतभाषा र ठाडो निन्दामा बाहुन भाषा भनिन्छ । उता समाचारवाचनदेखि लेख रचना, राष्ट्रप्रमुख, मन्त्री, बजेट भाषण आदिमा सयकडा असी संस्कृत भाषा प्रयुक्त हुन्छ । प्रज्ञा–प्रतिष्ठान र गोरखापत्र प्रकाशनले कति थेग्लान् वा संयोजन गराउन सक्लान्, बिलखबन्दमा छु । भाषाको प्रयोग गर्दा गोरखापत्रलाई प्रमुख आधार मान्ने पाठकको सम्बोधनका लागि पनि अझै केही योगदान गर्ने हो कि ?
लेखक अवकाशप्राप्त सहप्राध्यापक हुनुहुन्छ ।