सुदूरपश्चिमको सञ्चारमा लैङ्गिक अवस्था
जुन कुरा लुकाउन खोज्छन्, त्यो समाचार हो, जुन कुरा सार्वजनिक गर्न खोज्छन् त्यो केवल विज्ञापन हो । समाचारको यो परिभाषाले नै पत्रकारिता पेसाको महत्त्व र चुनौतीलाई दर्शाउँछ । अन्य पेसाभन्दा पत्रकारिता पेसा जोखिम र चुनौतीपूर्ण पेसाका रूपमा लिइन्छ । नेपाली पत्रकारिताले आफ्नो धार बनाउँदै जाँदा यस चुनौतीपूर्ण पेसामा पत्रकार महिलाको आकर्षण पनि दिनानुदिन बढ्दै गएको छ । पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दै जानुलाई नेपाली समाज रूपान्तरण हुँदै गएको अर्थमा पनि लिन सकिन्छ ।
प्राथमिकतामा नपरेका शिक्षक
वि.सं. २०३७ मा भएको जनमत सङ्ग्रहको नतिजाले सुधारिएको पञ्चायती व्यवस्थाको घोषणा गरे पनि शिक्षकको सेवा, सुविधा र अवस्थामा कुनै सुधार हुन सकेन । शिक्षकको सेवा सर्त र सुविधा विद्यालय र स्थानीय तहमा निहीत थियो, कतै एकरूपता थिएन ।
वायु प्रदूषणको जोखिममा बालबालिका
विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘एयर पोलुसन एन्ड चाइल्ड हेल्थ प्रेस्क्राइबिङ क्लिन एयर’ शीर्षकबाट वायु प्रदूषण एवं बाल स्वास्थ्यबारे तय गरी जारी गरिएको प्रतिवेदन हो । वैश्विक स्तरमा १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटी प्रत्येक दिन यस्तो हावामा सास फेर्छन्, जुन प्रदूषित हुने गर्छ । यस्तो प्रदूषित वायुले बालबालिकाको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पार्छ । जसका कारण कैयौँ बालबालिकाको मृत्युसमेत हुने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार सन् २०१८ मा छ लाख बालबालिकाको प्रदूषित वायुका कारण हुने सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
बहुपति प्रथा घट्दै
बहुविवाह त सबैले सुनेकै शब्द हो तर धेरैलाई बहुपति प्रथाका बारेमा ज्ञान नहुन पनि सक्छ । यो एक प्रकारको विवाह गर्ने प्रथा हो । हिमाली जिल्लामा लामा समुदायले धेरै पहिलेदेखि नै यो चलनलाई अनुसरण गर्दै आएका छन् । हुम्लामा अहिलेको ११औँ पुस्ताअघिदेखि बहुपति प्रथा
गठबन्धन भत्काउने एमाले अभियान
राजनीतिमा जबजब परिस्थिति फेरिन्छ, नेताहरूका रणनीति पनि बदलिने गर्छन् । स्थानीय तह निर्वाचन परिणामले राजनीतिक दलको हैसियत र परिस्थितिमा बदलाव आएको प्रतीत हुन्छ । हिजो सहज अवस्थामा रहेका दल आज पीडादायी अवस्था भोग्दैछन् भने दुःखी भएकाहरू बौरिने अवस्था निर्माण भएको छ ।
बजेटमा कृषिलाई प्राथमिकता
विभिन्न आन्तरिक तथा बाह्य कारणले विगत केही समयदेखि मुलुकका प्रमुख आर्थिक परिसूचक सन्तोषजनक अवस्थामा नरहेको तथ्याङ्क प्रकाशित भएका छन् । वर्तमान आर्थिक अवस्थासँग सम्बन्धित मुद्दामा छलफल हुने क्रममा विभिन्न प्रश्न पनि उब्जिने गरेका छन् ।
समृद्धिका लागि जलकूटनीति
परम्परागत दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने कूटनीतिलाई शाब्दिक र पेसागत रूपमा उति सारो प्रिय सकारात्मक नलाग्न पनि सक्छ । हाम्रा धार्मिक र पौराणिक कथामा पनि कूटनीतिलाई फरक समूह वा राज्यबीच अभ्यास गरिने एक किसिमको छलछाम वा कुटिल दाउपेचकै श्रेणीमा राखेर सोहीअनुसार यसको औचित्य पुष्टि गर्न खोजिएको छनक पाइन्छ । तथापि आजको आधुनिक विश्वसमुदायमा कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्बन्धको एक अभिन्न र अपरिहार्य गरिमापूर्ण पेसाका रूपमा हरेकजसो मुलुकले अवलम्बन गर्दै आएको पाइन्छ । मुलुकको राष्ट्रिय हित र सरोकारलाई केन्द्रमा राखेर छिमेकी वा सरोकारवाला मुलुकसँग चातुर्यतापूर्ण र विशिष्ट सीप र कौशलका साथ प्रस्तुत गरिने व्यवहारका रूपमा कूटनीतिको दायरा फराकिलो र मर्यादित हुँदै गएको छ ।
उपलब्धिमूलक सहकार्यको यात्रा
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सफलतापूर्वक सम्पन्न गरेको छ । देशभरि कोभिडविरुद्ध भ्याक्सिनको वितरणपछि कोरोनाको जोखिम केही कम भएको मौका पारेर देशका ७५३ स्थानीय तहमा एकै दिनमा सम्पन्न भएको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको पाइयो । यो लोकतन्त्रको स्वास्थ्यका लागि हितकर छ ।
स्थानीय नेतृत्वको जिम्मेवारी
गणतन्त्र संस्थागत भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही छिटफुट घटनाबाहेक सौहार्दपूर्ण रूपमा निर्वाचन समापन हुनु सुखद पक्ष हो । ७५३ तहमा एकै चरण भएको निर्वाचनको अन्तिम नतिजासमेत सार्वजनिक भएका छन् । निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो पदवहाली गरी कार्य थालनी भइसकेको छ । निर्वाचन स्थानीय भए पनि यसको महìव र सन्देशचाहिँ राष्ट्रिय राजनीतिमा निकै अनुपम अनि औलिकक थिए । यसपछिका जिम्मेवारी भने अझै उच्च र स्वतः बढी ओझपूर्ण छन् ।
मोदीको लुम्बिनी भ्रमणको अन्तर्य
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धजयन्तीका दिन लुम्बिनीमा सम्बोधनका क्रममा भन्नुभएको थियो, “नेपाल आउँदा मलाई कुनै राजनीतिक भ्रमणभन्दा पनि छुट्टै आध्यात्मिक अनुभूति हुन्छ । भारत र भारतीय जनताले नेपाललाई यही दृष्टि र आशाले हेरेका छन् ।” प्रधानमन्त्री मोदी बुद्धजयन्तीको अवसर
अस्ट्रेलियामा सरकार परिवर्तन
अस्ट्रेलियामा सरकार परिवर्तन भएको छ । त्यहाँ मे २१ मा सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबर पार्टीले जित हासिल गरेसँगै सरकार परिवर्तन भएको हो । निर्वाचनको परिणाम आउँदै गर्दा तत्कालीन प्रधानमन्त्री स्कट मरिसनले हार स्वीकार गर्दै विपक्षी नेता एन्थोनी अल्बानिजलाई बधाई दिनुभयो । चुनाव हार्नुमा आफ्नो कमजोरी रहेको भन्दै उहाँले लिबरल पार्टी नेतृत्वबाट राजीनामा दिनुभयो ।
गहुँ आपूर्तिमा व्यवधान
यतिबेला रुस–युक्रेन युद्धका कारण विश्व बजारमा गहुँ आपूर्तिमा ठूलो व्यवधान खडा भएको छ । त्यसले गर्दा गहुँको मूल्य पनि अकाशिएको छ । हुन त रुस र युक्रेन दुवै देश विश्वमा धेरै गहुँ उत्पादक देश हुन् । विश्वमा चीनपछि भारत पनि ठूलो गहुँ उत्पादक देशमा पर्छ । रुस–युक्रेन युद्ध सुरु भएपछि भारतीय गहुँ निर्यातका लागि एउटा राम्रो निर्यातको अवसर आयो । तिनले विश्व बजारमा गहुँ निर्यात गर्न थाले ।
बजेटमा बैङ्क तथा सार्वजनिक संस्थान
अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुभएको छ । कुल १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजनमध्ये चालूतर्फ रु. सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुंँजीगततर्फ रु. तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ रु. दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु. चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको छ ।
सहरको फोहोर व्यवस्थापन
फोहोर व्यवस्थापन अल्पविकसित राष्ट्रहरूको मुख्य समस्या हो । दिगो विकास लक्ष्यका कतिपय लक्ष्यको परिपूरकका रूपमा रहने फोहोर व्यवस्थापन वातावरणीय तथा मानवीय सुरक्षित आवासका अवरोधक हुन् भने मानव स्वास्थ्यको समेत खतरा हो ।
शिक्षाप्रति सरकारको दृष्टिकोण
सार्वजनिक शिक्षामा लगानी बढाई शैक्षिक गुणस्तर उकास्ने दलहरूको चुनावी प्रतिबद्धताअनुरूप शिक्षा क्षेत्रमा बजेट बढ्ने आशा गरिए पनि कुल बजेटको १०.९५ प्रतिशत मात्र रकम विनियोजन भएपछि शैक्षिक सरोकारवाला उत्साहित हुन सकेका छैनन् ।
नगरप्रमुखसँग काठमाडौँवासीका अपेक्षा
स्थानीय तह निर्वाचनअन्तर्गत देशको राजधानीसमेत रहेको काठमाडौँ महानगर प्रमुखमा सोचेभन्दा फरक परिणाम आएको छ । विगतको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवारहरूले जित्दै आएको यस महानगरमा यस पटकको नतिजा सधैँको भन्दा फरक आयो । लामो समयसम्म राजनीतिक दलका उम्मेदवारलाई मत दिँदै आएका काठमाडौँवासीले यस पटक भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)लाई काठमाडौँ महानगरको प्रमुखमा भारी मतले विजयी गराए ।
नेपालमा अमेरिकी सहयोग
प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिममा अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ । नेपालका सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गर्नुभएको थियो । त्यसयता नेपालबाट त्यो तहमा उच्चस्तरको भ्रमण हुन सकेको छैन ।
समृद्धिको मार्ग अवलम्बन
मानव सभ्यताको उत्पत्ति र विकाससँगै आजको २१औँ शताब्दीसम्म पनि रूपान्तरणका विभिन्न आयाम चलायमान छन् । राज्यको उत्पत्ति भएदेखि नै कुनै न कुनै रूपमा विकासका बहुआयामिक पक्षहरूको गति प्रारम्भ भएको मानिन्छ ।
जिल्ला समन्वय समितिको सबलीकरण
नेपालको संविधानले शासन व्यवस्था सङ्घीय प्रणालीअनुसार हुने संविधानको प्रस्तावनामा नै उल्लेख छ । प्रस्तावनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने उल्लेख छ ।
सुर्तीजन्य पदार्थको प्रतिकूल प्रभाव
सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने योलगायत स्वास्थ्य, क्षयरोगविरुद्धको र विश्व एड्स दिवस औपचारिक जनस्वास्थ्य अभियान हो ।
स्थानीय योजना तथा बजेट तर्जुमा
अहिले मुलुकमा तीन तहको सरकार छ । यी सरकारका आ–आफ्ना जिम्मेवारी छन् । यी सरकारले आफ्नो जिम्मेवारीभित्रका विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्न सक्छन् ।
स्थानीय चुनावको सन्देश
कुनै राजनीतिक दलका एक नेताले प्रसङ्गवश भनेका थिए, “नेता हुन त्यसै सजिलो छ र ? अघिपछि प्रशस्त कार्यकर्ता हुनुपर्छ । पार्टीभित्र आफ्नो हैकम जमाउन सक्नुपर्छ, अझ जनताले पत्याएको पार्टीको झण्डा र सिद्धान्त बोकेर हिँड्न सकेमा मात्र भइन्छ नेता ।”
मितव्ययी गाउँका सिंहदरबार
सङ्घीय शासनअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहने संवैधानिक व्यवस्था छ । भुइँ तहबाट हेर्दा नागरिकको सहज पहुँच भएको र सानातिना समस्याको गाँठो फुकाउने सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । त्यसैकारण हुनुपर्छ, गणतन्त्रको जगमा संविधान सभाबाट २०७२ मा जारी गरिएको नेपालको संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ । २०७४ सालमा तीन चरणमा गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।
गरिब र किसानमाथि बैङ्किङ विभेद
नेपालमा उदारीकरणको सुरुवात (२०४८–०४९ साल) पछि सबैभन्दा मौलाएको भनेको बैङ्क–वित्तीय क्षेत्र हो । झन्डै तीन दशकपछिको अहिलेको अवस्थामा मुलुकमा २७ वटा ‘क’ वर्गका ठूला वाणिज्य बैङ्क, १८ वटा ‘ख’ वर्गका विकास बैङ्क, २० वटा ‘ग’ वर्गका फाइनान्स कम्पनी र ७१ वटा ‘घ’ वर्गका लघुवित्तले वित्तीय सेवा दिइरहेका छन् । अर्कोतिर ३३ हजारभन्दा बढी सहकारी संस्थाको जोड पनि वित्तीय कारोबारमै छ ।