• २३ जेठ २०८२, शुक्रबार

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, जेठ २१ गते ।
सर्लाहीको बागमती नगरपालिका–८, सोल्टी विष्ट टोलमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मङ्गलबार साँझ पौने ७ बजेतिर ना. २ त २८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँका सागर विष्टको छोरी चार वर्षीया प्रनिसा विष्टको मृत्यु भएको हो ।

बाटो काट्न खोज्दा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई दयन्ती अस्पताल नयाँरोडमा प्राथमिक उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतक बालिकाको शव वीरगन्जमै रहेको प्रहरीले जनाएको छ ।