तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण
व्यास नगरपालिकाको रु ३० लाख आर्थिक सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ ,
खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ ।
गरिबको परिचयपत्र छ तर सुविधा छैन
देशका अधिकांश जिल्लाहरुमा गरिब घरपरिवार परिचयपत्र वितरण भएको वर्षौ बितिसक्दा पनि उनीहरुले के सेवा, सुविधा पाउने हो भन्ने विषय टुङ्गो लागेको छैन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार देशभरका ४९ जिल्लाका गरिब घरपरिवार पहिचान गरी प्रमाणपत्र वितरण भइसकेको छ ।
चाडपर्वबाट एकता र मेलमिलापको आधार बन्ने
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
उपयोगमा ल्याइँदै प्रयोगविहीन फ्रिक्वेन्सी
नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोगविहीन दूरसञ्चार फ्रिक्वेन्सीको आवश्यकता अनुसार उपलब्धता बढाउँदै जाने नीति अख्तियार गर्ने भएको छ । दूरसञ्चार सेवाका लागि उपलब्ध कुल फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्र प्रयोगमा रहेकाले अवितरित फ्रिक्वेन्सी वितरण गर्दै जाने नियामकले योजना बनाएको हो । प्राधिकरणको २६ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष भूपेन्द्र भण्डारीले सीमित स्रोतका रूपमा रहेको दूरसञ्चार सेवाका लागि छुट्याइएको फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्रै आपूर्ति भएको बताउनुभयो ।
महासमितिमा उठेका सुझावहरू प्रस्तुत गर्दै प्रदेश सभापति
नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन महासमितिको समूहगत छलफलमा उठेका सुझावहरूलाई प्रदेश सभापतिहरूले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।
कूटनीतिक सम्बन्ध विस्तारमा सफलता
सन् १८१६ मा पहिलो पटक बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपालको अहिले विश्वका १८१ मुलुक र २७ मुलुक आबद्ध युरोपेली सङ्घसँग कूटनीतिक सम्बन्ध विस्तार भएको छ । त्यस्तो सम्बन्धलाई प्रतिफलमूलक बनाउन वर्तमान सरकार गठन भएको एक वर्षमा धेरै काम भएको छ ।
सरकारको एक वर्ष : तस्करी र अपराध नियन्त्रणमा ऐतिहासिक कदम
नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ ।
सुदृढ गणतन्त्रको आधारशिला
हातमा औजार हुनेहरू, औजार लिएर उठ, साथमा केही नहुनेहरू, आवाज लिएर उठ । गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ ।। इतिहासमा गौरव, वर्तमानको समीक्षा गर्दै सुन्दर र समुन्नत भविष्यको अठोट बोकेर राजनीतिक र आर्थिक सुदृढीकरण तथा सामाजिक र सांस्कृतिक रूपान्तरणमार्फत सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई
सरकारको एक वर्ष : शिक्षा विधेयक संसदमा, पाठ्यपुस्तकको अभाव हट्यो
लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसदमा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् ।
विपन्नको उपचार निःशुल्क
सरकारले एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत २०८० साल वैशाख २१ गते मन्त्री पदमा नियुक्त भएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या छुट्याउने प्रावधानलाई बाध्यकारी बनाइएको छ । यसअघि निजी अस्पतालले १० प्रतिशत शय्या र उपचारमा १० प्रतिशत छुट्याउने गरेका थिएनन् ।
प्रभावकारी सेवा प्रवाह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । जनतालाई दिने सेवा प्रवाहमा सरकारको यो एक वर्ष प्रभावकारी देखिएको छ । भ्रष्टाचारविरुद्ध ठुला ठुला कारबाही गर्नुका साथै सुशासन र सामाजिक न्यायसहित समृद्धि हासिल गर्नेतर्फ वर्तमान सरकार उन्मुख छ ।
समृद्धिको आधार ऊर्जा
प्राकृतिक स्रोतको उपयोग राष्ट्रिय अर्थतन्त्रको उत्थान तथा सबलीकरणको मूल आधार हो भन्ने मान्यता नेपालमा जलविद्युत्ले चरितार्थ गर्दै छ । लोडसेडिङको कहालीलाग्दो इतिहासलाई निमिट्यान्न पारेर मुलुकभित्रको उत्पादकत्व प्रवर्धन मात्र होइन, विद्युत् निर्यातमार्फत व्यापार घाटा न्यूनीकरण पनि हुने बलियो आधार बिजुली बन्दै छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको विश्लेषणमा १४ औँ पञ्चवर्षीय योजनामा प्राप्त आर्थिक वृद्धिदरको एउटा मूल आधार विद्युत्को पर्याप्तता नै थियो । “२०७५ साल वैशाख ३१ देखि नेपालमा लोडसेडिङ अन्त्य हुँदा सिधा असर समग्र आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा परेको थियो,”
लयतिर अर्थतन्त्र
दुई वर्ष लामो उकुसमुकुसपछि मुलुकको अर्थतन्त्र सहज अवतरणको दिशातर्फ सोझिएको छ । अर्थतन्त्रका बृहत् सूचकहरूले देखाउँछन्, अप्ठ्यारो परिस्थिति मत्थर हुने क्रममा छ । अर्थतन्त्र विस्तार हुन अवरोध बनेका नीति र नियामकीय प्रावधानमा पछिल्ला समय भएका परिमार्जनले नतिजा देखाउन थाल्दा सुधारको सङ्केत सानै हिस्सामा भए पनि प्रतिविम्बित हुन थालेको छ । अर्थतन्त्र सुधारको अहिलेको गति धिमा छ तर उकालो लाग्ने क्रममा छ ।
परराष्ट्र सम्बन्ध कसिलो
नयाँ सरकारको एक वर्षको यात्रामा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई पुरानै लयमा फर्काउन सरकार सफल बनेको छ । कोभिड महामारी र राजनीतिक अस्थिरताले फितलो बनेको अन्तर्राष्ट्रिय सम्बन्धको लय एक वर्षयता आफ्नो लयमा फर्केको अनुभूति नेपाली तथा विदेशी दुवैले गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र
भूकम्पपीडितको उद्धार र राहत
यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभयो । मृतक तथा घाइतेको खोज, उद्धार तथा उपचारको व्यवस्थाका लागि स्वास्थ्यकर्मीको टोलीसहित दुई वटा हेलिकोप्टर र एउटा स्काई ट्रक लिएर उहाँ जाजरकोट र रुकुमपश्चिम पुग्नुभएको थियो
साइबर सुरक्षा रणनीति
नेपाल सरकारले साइबर सुरक्षा क्षेत्रलाई अझै सुरक्षित र सशक्त रूपले अगाडि बढाउँदै छ । यसका लागि डाटा सेन्टर र साइबर सुरक्षाका लागि ‘हाइब्रिड मोडेल’ सहितको संयन्त्र निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तो संयन्त्रमा सरकार, विज्ञ टोली (परामर्शदाता) र निजी क्षेत्रको प्रत्यक्ष सहभागिता रहने ‘हाइब्रिड मोडेल’ तयार गरिने छ । राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० साउन २३ गते मन्त्रीपरिषद्को निर्णयबाट पारित भई कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाका साथै विभिन्न नीति, ऐन र कानुन जारी गरेको छ । साइबर हाइजिनसम्बन्धी एडभाइजरी, २०२३ जारी भएको छ ।
पूर्वाधार विकासमा फड्को
सुशासन, समृद्वि र सामाजिक न्याय’ भन्ने मूल नारासहित एक वर्षअघि पुस १० गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठन भएको वर्तमान सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात सुधारको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका उहाँले पुस ११ गते पद त
शिक्षामा नवीन कार्य
वर्तमान सरकारले सत्ता सञ्चालनको नेतृत्व गरेपछि शिक्षा क्षेत्रमा थुप्रै नीतिगत तथा व्यावहारिक परिवर्तन भए पनि दूरगामी प्रभाव राख्ने र देखिने गरी मूलतः दुई वटा उपलब्धि भए । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भयो भने शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीका हातमा सहजै पाठ्यपुस्तक पुग्यो ।
सुनकोशी–मरिण डाइभर्सन : निर्माणमा तीव्रता
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । उक्त आयोजनाको कुल १३.३ किलोमिटर लम्बाइको सुरुङमध्ये हालसम्म १०.५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । त्यस्तै सुनकोशी नदीमा बाँध निर्माण कार्य भर्खर सुरु भएको छ । उक्त आयोजनाको सुरुङ २०७९ साल असोजदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।
मधेशका किसान उत्साहित
सरकारले मधेश प्रदेशका पाँच जिल्लामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित अगाडि बढाएको सुनकोशी–मरिण डाइभर्सनबाट सिँचाइ सुविधा पाउनेमा यहाँका किसान आशावादी देखिएका छन् ।
हिमाल चिनाउने धोको पूरा
हुन त संसारको अग्लो चुचुरो कुन हो भनेर सोध्दा सबैले भन्ने गर्छन् सगरमाथा । अग्लो चुचुरो सगरमाथा ‘हिमाल’ भन्ने उत्तर जो कोही दिन सक्छन् । सगरमाथा तेस्रो ध्रुवका नामले पनि विश्वमा चिनिने गरेको छ । जलवायु परिवर्तन तथा बढ्दो तापक्रमले सगरमाथा रहेको हिमाली क्षेत्र दैनिकजसो क्षतविक्षत हुँदै गएको छ । हिमालको हिउँ पग्लिँदै छ, नयाँ नयाँ हिमताल बन्ने र फुट्ने क्रम हिन्दकुश हिमालय क्षेत्रमा जारी छ । हिउँ रेखा माथितिर सर्दै छ र हिमालको हिउँ पातलिँदै गएको छ । पछिल्ला दिनमा त हिमालमा हिउँ पर्न छाडेको विभिन्न अध्ययनले देखाएको छ भने हिउँ पनि पातलिँदै गएको वैज्ञानिक तथ्यहरूले देखाएको छ ।
संस्थागत हुँदै सङ्घीयता
नेपालको संविधान अनुसार तीन तहको सरकार निर्माण भई तीनै तहका सरकारले आआफ्नो तहबाट विकास निर्माण, सेवा प्रवाह गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनै तहको संरचनाले अहिले धमाधम काम गरी नागरिकलाई तीनै तहबाट सेवा प्रवाह, सुशासन र विकास निर्माणको अनुभूति गराइरहेका छन् ।
सूचना महामार्गसँगै दस आधुनिक सहर
मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ । यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ । यसका साथै दस वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् ।