• १७ असार २०८१, सोमबार

सुर्तीजन्य पदार्थको प्रतिकूल प्रभाव

blog

सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने योलगायत स्वास्थ्य, क्षयरोगविरुद्धको र विश्व एड्स दिवस औपचारिक जनस्वास्थ्य अभियान हो । 

धुवाँ आउने, नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा, जर्दा वा पानपराग सेवन गर्नु नै सुर्तीजन्य पदार्थ सेवन गर्नु हो । सुर्तीजन्य पदार्थमा कार्बन मोनोक्साइड, निकोटिन, टार, बेञ्जोपाइरिन, एमोनियाजस्ता चार हजारभन्दा बढी रासायनिक तत्त्व हुन्छन् भने ४० जति क्यान्सर बेञ्जोपाइरिनलगायतका रसायनले क्यान्सर लाग्नुका साथै मृत्युको मुखमा समेत पु-याउँछ । यस्ता पदार्थमा मिसाइने निकोटिन नामक तìव एक वा दुई पटक सेवन गरेपछि पुनः सेवन गर्ने लत बसाल्छ ।

विश्वव्यापी एकीकृत सन्देशद्वारा सुर्तीजन्य पदार्थ सेवन गर्दा उत्पन्न हुने जोखिम र स्वास्थ्य समस्याबारे जानकारी गराई यसको सेवन नसिक्न प्रोत्साहन गर्नुका साथै सिकेको भए त्याग गर्न जनचेतना अभिवृद्धि गर्नु नै यस दिवसको मुख्य उद्देश्य हो । सन् २००८ को विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थसम्बन्धी सबै किसिमका विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन बन्द गर्न आह्वान ग¥यो । त्यस वर्षको दिवसको नारा ‘सुर्तीजन्य पदार्थमुक्त युवा’ राखिएको थियो । सोही नारामार्फत युवाजस्तो कर्मठ र उत्पादनशील जनशक्तिले सुर्तीजन्य पदार्थको सेवन छाड्न स्वास्थ्य प्रवद्र्धन गरियो ।

विश्वभरका सुर्तीजन्य पदार्थ सेवनकर्तालाई कम्तीमा २४ घण्टासम्म सुर्ती सेवन छोडेर यसको सेवन त्याग गर्न सघाउ पु-याउनु नै त्यस दिवसको मुख्य उद्देश्य थियो । कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ सेवन गर्ने ती मुलुकका करिब तीन चौथाइ नागरिकमध्ये एक चौथाइजतिमा लत बस्ने र एक चौथाइजति दुव्र्यसनमै फस्ने गर्छन् । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरका एक अर्ब ३० करोड सेवनकर्तामध्ये ८० प्रतिशत मध्यमस्तरको आय भएका मुलुकका छन् । बर्सेनि सुर्तीजन्य पदार्थ सेवनकै कारण करिब आठ लाखको मृत्यु हुन्छ । तीमध्ये सात लाखभन्दा बढीको प्रत्यक्ष सुर्ती सेवनबाट र एक लाखजति अप्रत्यक्ष सेवनका कारणले मृत्यु हुन्छ । सन् २०३० सम्ममा एक करोडभन्दा बढी सुर्ती सेवनकर्ताको मृत्यु हुने अनुमान गरिएको छ । त्यसरी सेवन गर्नेमध्ये ८५ प्रतिशत जति अल्पविकसित मुलुकका छन् । नेपालका करिब ३० हजार व्यक्तिको सुर्तीजन्य पदार्थ सेवनकै कारणले मृत्यु हुने गरेको छ । १५ वर्ष र सोमाथिका ३७ प्रतिशत युवाले सुर्तीजन्य पदार्थको सेवन गर्छन् भने नेपालका महिलाले विश्वमै बढी सेवन गर्छन् । 

सुर्तीजन्य पदार्थ सेवन विश्वव्यापी जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । पाँच जना महिलामध्ये दुई जना र पाँच जनामा एक जना पुरुष निरक्षर भएका र जम्मा ६५.९ प्रतिशत (७५ प्रतिशत पुरुष र ५७ प्रतिशत महिला) साक्षरतादर भएको नेपालका सहरीभन्दा ग्रामीणस्तरका मानिस सुर्तीजन्य पदार्थको हानिका बारेमा बढी अनभिज्ञ छन् ।

मुलुकका २७ प्रतिशत पुरुष एवं ६ प्रतिशत महिला कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्छन् । यसलाई इज्जत, प्रतिष्ठा र देखासिकीका कारण नेपालका २५ हजारभन्दा बढी व्यक्तिको सुर्तीजन्य पदार्थ सेवनकै कारणले उत्पन्न स्वास्थ्य समस्याबाट मृत्यु हुने गरेको छ भने १५ वर्ष र सोमाथिका ३७ प्रतिशत युवाले सुर्तीजन्य पदार्थको सेवन गर्छन् । विश्वभरिमा शिक्षित र चेतनशील व्यक्तिका साथै नेपालका महिलाले बढी सुर्तीजन्य पदार्थको सेवन गरेको पाइएको छ । न्यून साक्षरता दर, बढ्दो सहरीकरण, अस्वस्थकर जीवनशैली, देखासिकी, गलत धारणाले गर्दा सुर्तीजन्य पदार्थ नियन्त्रणमा समस्या उत्पन्न भएका छन् ।

जुनसुकै सुर्तीजन्य पदार्थ सेवन गरेमा मुटुसम्बन्धी रोग, उच्च रक्तचाप र मस्तिष्कघात, दीर्घ श्वासप्रश्वाससम्बन्धी, दीर्घ ब्रोङ्काइटिस, इन्सुलिन हर्मोनमा असरका कारण टाइप २ मधुमेह तथा यसको विकृति, केन्द्रीय स्नायु प्रणालीमा असर, दृष्टि कमजोर, मस्तिष्कघात, महिलामा यौन चाहनामा कमी, समयअगाडि नै महिनाबारी बन्द हुने, रोग प्रतिरक्षात्मक क्षमतामा ह्रास, गर्भमा रहेको भू्रणको शारीरिक तथा मानसिक वृद्धि-विकासमा अवरोध आई तौल कम भएको शिशु जन्मने, जन्मेपछि पनि वृद्धि-विकासमा अवरोध, प्याङ्क्रियाका जटिल समस्या उत्पन्न हुन्छन् ।

सुर्तीजन्य पदार्थमा क्यान्सरजन्य विषाक्त पदार्थ हुने हुँदा पाचन प्रणाली (मुख, दाँत, जिब्रो, ओठ, गिजा) घाँटी, श्वरनली, खानाको नली, फोक्सो, पाठेघर, कपाल, नङ, छालाका साथै रक्तक्यान्सरजस्ता टाउकोदेखि पैँतालासम्मका सबै अङ्गमा जटिल स्वास्थ्य समस्या उत्पन्न हुने बलियो सम्भावना हुन्छ । 

सुर्तीजन्य पदार्थ सेवन नगर्नेको तुलनामा सुर्ती सेवनकर्ता कोरोना भाइरस सङ्क्रमित विभिन्न स्वास्थ्य समस्याको उच्च जोखिममा रहेका हुन्छन् । रोग प्रतिरोध क्षमता कम हुँदा सुर्ती सेवनकर्ता कोरोना भाइरसद्वारा सङ्क्रमित भएमा सामान्य रोगले पनि आक्रान्त पार्ने र जटिल अवस्थामा पु-याउँछन् । यस्ता रोगको उपचारका लागि परिवारको २० प्रतिशतभन्दा बढी खर्च हुने र यसबाट विश्वको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ भने स्वास्थ्य सेवा विभागको २०७५/७६ को प्रतिवेदनअनुसार नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगको बाहुल्यता (६६ प्रतिशत) छ । यसको प्रमुख कारण अस्वस्थकर जीवनशैली तथा सहरीकरण हो । तसर्थ नसर्ने रोग निम्त्याउनमा अस्वस्थकर जीवनशैलीका लागि सुर्तीजन्य पदार्थको ठूलो योगदान छ । 

आफैँले तथा अरूले उडाएको धुवाँ निल्नपर्ने सबै खालको सुर्ती सेवन त्याग गर्दा धेरै फाइदा हुन्छ । जस्तै– २० मिनेटसम्म सुर्ती सेवन नगर्दा मुटुको गति र उच्च रक्तचाप घट्ने, १२ घण्टासम्म छोड्दा रगतमा कार्बनमोनोक्साइड घट्ने, दुईदेखि १२ हप्ता छोड्दा फोक्सोको कार्य तथा रक्तसञ्चारमा सुधार, एकदेखि नौ महिनासम्ममा खोकी र श्वासप्रश्वासको कठिनाइ घटाउँछ । एक वर्षसम्ममा मुटुको समस्या ५० प्रतिशत घट्ने, पाँच वर्ष सेवन गर्नेभन्दा सेवन नगर्र्नेमा मस्तिष्कघातको जोखिम पाँचदेखि १५ वर्षसम्म घट्ने, १० वर्षसम्म छोड्दा फोक्सोको क्यान्सरको सम्भावना ५० प्रतिशत घट्ने सम्भावना हुन्छ ।

मुख, घाँटी, खाना नली, पिसाबको थैली, पाठेघर र प्याङ्क्रियाका रोगको जोखिम घट्ने, सुर्ती छोडेको १५ वर्षमा घरपरिवार र समाजमा इज्जत, प्रतिष्ठा बढ्ने मुटुसम्बन्धी (कोरोनरी हर्ट डिजिज) रोग तथा कोरोना भाइरस सङ्क्रमणबाट विभिन्न रोगले च्याप्ने सम्भावना उल्लेख्य रूपमा घट्छ भने सुर्तीजन्य पदार्थ सेवनकै कारणले उत्पन्न हुने १६ किसिमका क्यान्सरबाट समेत बँच्न सकिन्छ । 

सुर्तीजन्य पदार्र्थ यसरी त्याग्न सकिन्छ :

á सुर्तीजन्य पदार्थ सेवन त्याग गरेपछि हुने फाइदा (विभिन्न स्वास्थ्य समस्या, क्यान्सरको न्यून जोखिम, आर्थिक बचतबारे प्रोत्साहित भई खेलकुदजस्ता फाइदाजनक र मनोरञ्जनात्मक काममा व्यस्त रहने । 

á आफ्नो जीवनशैलीमा सुधार (बिहानको नित्यकर्मपछि पानी पिउने, सकारात्मक सोचका साथ समयमै खाने, सुत्ने एवं शारीरिक एवं मानसिक स्वास्थ्यको ख्याल राख्ने, खाना खाएपछि एक माइलजति हिँड्ने) गर्ने । 

á सुर्तीजन्य पदार्थको तलतल लागेमा फलफूल खाने ।

á निकोटिन प्रतिस्थापन औषधिजन्य पदार्थ (सिन्काउलीको स्वादका चुइङ्गम चुस्ने पदार्थ, प्याच)को प्रयोग गर्ने ।

á सुर्तीजन्य पदार्थ त्याग गर्न विभिन्न सञ्चारमाध्यमका सन्देशमूलक जानकारी राख्ने सकारात्मक बानीबेहोरा अपनाएमा सजिलै सुर्ती त्याग गर्न सकिन्छ ।

 सुर्तीजन्य पदार्थ सेवनका कारणबाट उत्पन्न स्वास्थ्य समस्या एवं मृत्यु हुनबाट बचाई नागरिकको स्वास्थ्य स्तरमा सुधार गर्न विश्व स्वास्थ्य सङ्गठनको सुर्तीजन्य पदार्थ नियन्त्रण रणनीति २०३० को नेपाल सदस्य राष्ट्र भएको छ । यसै रणनीतिको कार्यान्वयनस्वरूप सरकारले २०६८ वैशाखमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली लागू गरेको हो ।

जसमा सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी वा पार्सलको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देशयुक्त चित्र अङ्कित गर्नुपर्ने, १८ वर्षभन्दा कम उमेरका, गर्भवतीले खरिद गर्न नपाउने, २० खिल्लीभन्दा कमको प्याकेट बनाउन नपाउने ऐनमै व्यवस्था गरेको छ । 

सुर्तीजन्य पदार्थविरुद्ध सन्देश 

सुर्तीजन्य पदार्थ सेवनकर्तालाई आफ्नो स्वास्थ्यका साथै वातावरणसमेत जोगाउने सन्देश दिनुपर्छ । सुर्तीजन्य पदार्थका ठुटा, बेरेका प्लास्टिक, पुरिया आदि जथाभावी फाल्न रोक्न समुदायस्तरमा चेतना अभिवृद्धि गर्नुपर्छ । विद्यालयस्तरमा प्रत्यक्ष, परोक्ष वा तेस्रो माध्यमबाट गरिने सुर्तीजन्य पदार्थ सेवन शतप्रतिशत निरुत्साहित गरिनुपर्छ ।

वातावरणमा कार्बनजस्ता रसायनको मात्रा न्यून गरी यसबाट सन्ततिको स्वास्थ्यमा पर्ने समस्या निराकरण गर्न समुदायस्तरमै दिवस मनाई स्वास्थ्य र वातावरण जोगाउने व्यवस्था गर्नुपर्छ । सुर्तीजन्य पदार्थको आयात, बजार मूल्यमा वातावरण करसमेत गरी अत्यधिक वृद्धि गरिनुपर्छ ।

स्वास्थ्य कर कोषको रकमबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रम तथा अभिमुखीकरण-तालिम प्रदान गरिनुपर्छ । विद्यालयस्तरदेखि सुर्तीजन्य पदार्थविरुद्ध विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा पाठ्यसामग्रीमार्फत सुर्ती सेवनविरुद्ध विभिन्न प्रभावकारी कार्यक्रम गर्न आवश्यक छ ।

Author

गंगाराज अर्याल