• २३ जेठ २०८२, शुक्रबार

मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु, एक घाइते

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ २२ गते ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

नगरपालिकाको वडा नम्बर ६ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गतको करडवोना चौकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का मोटरसाइकल चालक १९ वर्षीय सुजितकुमार चौधरीको मृत्यु भएको हो ।

यसैगरी सोही घटनामा गम्भीर घाइते भएका अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का २१ वर्षीय अभिषेक चौधरीको उपचार भइरहेको छ । हात खुट्टामा गम्भीर चोट लागेको अभिषेकको सिराहास्थित धामनी अस्पतालमा उपचारपछि थप उपचारका लागि धरान लगिएको उहाँका आफन्तले बताएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा. ८७ प. ९९७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते दुबै जनालाई सिराहास्थित धमनी अस्पताल पठाइएकोमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरतर्फ लग्दै गर्दा बाटैमा सुजितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सुजितलाई थप उपचारका राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइपनि चिकित्सकले बुधबार राति करिब ११ बजे मृत घोषणा गरेका थिए ।

मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय करोडवोनाको नियन्त्रणमाराखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो ।