• १३ पुस २०८२, आइतबार

‘रात्री आकाश’ गजल कृतिको लोकार्पण

blog

‘रात्री आकाश’ को लोकार्पण गर्दै साहित्यकार । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, पुस १३ गते ।
युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृति ‘रात्री आकाश’ को लोकार्पण एवम् वालिङ गजल उत्सव– २०८२ गरिएको छ ।

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३८ औँ पाइलाको रूपमा आधुनिक नेपाली मौलिक गजल लेखन अभियान विशेष कार्यक्रमको रूपमा ‘रात्री आकाश’ गजल कृति लोकार्पण एवम् वालिङ गजल उत्सव– २०८२ शनिबार वालिङ–८, बिपी चोकमा गरिएको हो ।

युवा गजलकार व्यक्तित्व बाबु त्रिपाठी र गजलकारकी आमा प्रेमकान्ति ढकाल लगायतका साहित्यकारले गजल कृतिको लोकार्पणप गर्नुभएको हो । ढकालको गजल लेखनमाथि सीता गौडेल गैह्रे र राहुल शङ्करद्वारा समीक्षा गर्नुभएको थियो ।

गल्याङ नगरपालिका– ११, लबरकोटका युवा गजलकार ढकाल हाल जानकी माध्यमिक विद्यालय, गल्याङ– ९, अमिलाथुम, स्याङ्जामा शिक्षण पेशामा कार्यरत रहेर आधुनिक नेपाली मौलिक गजल लेखन अभियानमा क्रियाशील रहनु भएको छ भने जगत्रदेवी साहित्य संगम, गल्याङका सह– सचिव रहनुभएको छ ।

नेपाली लेखक संघ स्याङ्जाद्वारा प्रकाशित र युवा स्रष्टा मिलन समीरद्वारा सम्पादन गरिएको प्रस्तुत गजल कृतिमा जम्मा १३१ वटा समसामयिक गजलहरु समावेश गरिएको छ ।

कार्यक्रममा स्याङ्जाली गजल स्रष्टाहरु मिलन समीर, शभ्भु अर्याल, बसन्त खनाल, पारिश्वर न्यौपाने, धु्रब प्रसाद पंगेनी, गजलयात्री एसी, सरस्वती अर्याल, दिलिप मगर, देवराज गैह्रे, पुजा रेग्मी, ढालबहादुर केसी, लेखनाथ काफ्ले, हिमालयजंग बानियाँ, नारयण न्यौपाने, राजु गैह्रे, चण्डिका प्रसाद भण्डारी, प्रेम बन्दु सुवेदी लगायतले गजल बाचन गर्नुभएको थियो । 

कार्यक्रममा अग्रज गजलकार बाबु त्रिपाठीलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।