साहारा लिम्बू
फुङलिङ, जेठ २२ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको अध्यक्षमा डम्बरबहादुर पालुङवा चयन हुनुभएको छ । लिम्बू जातिहरूको साझा संस्था चुम्लुङको बुधबार सम्पन्न भएको १० औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पालुङवा सर्वसम्मत चयन हुनुभएको हो ।
पालुङवाको अध्यक्षतामा उपाध्यक्षद्वय रिता मादेन र केदारजङ्ग ताप्मादेन, सचिव सरोज कङलिबा, सह–सचिवद्वय कमला पालुङवा र कैलाश पालुङवा, कोषाध्यक्ष सङ्गिता मादेन सहित २१ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन अधिकृत बालचन्द्र आङबुहाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सदस्यतर्फ सन्तोष सावदेन, समिर माबो, सिर्जना सबेहाङ, उदय लिबाङ, प्रदिप सबेहाङ, आकास ताप्मादेन, डिल्ली थेवे, कुमार खिम्दिङ, पूर्ण पालुङवा सर्न फुरुम्वो, श्री लिङखिम र देउमान प्रताप लिम्बू चयन हुनुभएको छ ।
अधिवेशन सङ्घीय सचिव यासेली योङहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । आगामी तीन वर्षको कार्यकालका लागि चयन भएको समितिले चुम्लुङको आफ्नै भवन निर्माण पहिलो प्राथमिकता रहेको जनाएको छ । चुम्लुङको भवन निर्माणका लागि जग्गाको प्रबन्ध भइसकेको र निर्माण प्रक्रिया मात्र बाँकी रहेकाले चाँडै कार्य सुरु गर्ने योजना रहेको नवनिर्वाचित सचिव कङलिबाको भनाइ छ ।
यस्तै, सचिव कङिलबाका अनुसार पहिलो बैठकबाट समितिमा सात जना सदस्य समेत मनोनित गरिने छ ।