• २३ जेठ २०८२, शुक्रबार

गोलिया काट्ने क्रममा एकको ज्यान गयो

blog

कोकिला ढकाल

इलाम,  जेठ २१ गते । इलामको सूूर्योदय नगरपालिका–७ सिङ्गाममा गोलिया  काट्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाएका  सूूर्योदय–८ का २६ वर्षीय निरोज लाप्चा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

व्यापारका लागि खरिद गरी रुख काट्ने क्रममा रुख लड्दा हाँगाले लागेर घटनास्थलमै लाप्चाको मृत्यु भएको बताइएको छ । अहिले मृतकको शव इलाका प्रहरी कार्यालय पशुुपतिनगर लगिएको छ । पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।