• ७ मंसिर २०८१, शुक्रबार

नेपालमा अमेरिकी सहयोग

blog

प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिममा अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ  । नेपालका सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गर्नुभएको थियो । त्यसयता नेपालबाट त्यो तहमा उच्चस्तरको भ्रमण हुन सकेको छैन । 

दक्षिण एसियामा नेपाल अमेरिकासँग सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध स्थापना गर्ने राष्ट्रहरूमा अग्रपङ्क्तिमा पर्छ । यस सन्दर्भमा दुवै राष्ट्रका नेताबीचको उच्चस्तरीय भ्रमणले पनि प्रगाढ सम्बन्ध विस्तारमा महìवपूर्ण योगदान गरेको छ । हालै मात्र अमेरिकी संसदीय टोली नेपाल भ्रमणमा आएर द्विपक्षीय हितका विषयमा नेपाली नेतासँग छलफल गरेको थियो । यस्तै नेपालबाट पनि अमेरिकामा उच्चस्तरको भ्रमण विगतदेखि नै जारी छ । उच्चस्तरीय भ्रमणले दुवै मुलुकबीचको सम्बन्ध नवीकरण र विस्तारमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ । 

दुई मुलुकबीच हुन लागेको उच्चस्तरीय भ्रमणलाई एकदम सकारात्मक रूपमा हेरिन्छ । अमेरिका एउटा यस्तो देश हो, जोसँग नेपालको कुनै पनि विवाद छैन । ७५ वर्षको कूटनीतिक सम्बन्धको यात्रामा अमेरिकाले औलो उन्मूलन (सन् १९५१) देखि एमसीसी परियोजनासम्म महत्त्वपूर्ण सहयोग उपलब्ध गराउँदै आएको छ । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले नेपालसँग अझै धेरै दशकको मित्रताको अपेक्षा गरेको बताएका छन् । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षको उपलक्ष्यमा गरिएको ट्विटमा उहाँले “आज अमेरिका–नेपाल कूटनीतिक सम्बन्धको ७५औँ वर्ष मनाउँदै छौँ । नेपालले सरकार, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अविश्वसनीय परिवर्तन देखेको छ । हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं र मित्रताको धेरै दशकका लागि तत्पर छौँ ।” भन्नुभएको छ । 

प्रधानमन्त्री देउवाले नेपाल–अमेरिका सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा “कूटनीतिक सम्बन्धले हाम्रो साझेदारीलाई थप विस्तार र समृद्ध बनाउने अवसर प्रदान गर्छ । उहाँले ट्विट गर्दै भन्नुभएको छ, “नेपाल–अमेरिकाको ७५औँ वर्षको उत्सव कूटनीतिक सम्बन्धले सबै उत्पादनशील क्षेत्रमा हाम्रो साझेदारीलाई थप विस्तार र समृद्ध बनाउने अवसर प्रदान गर्दछ । आगामी दिनमा थप उच्चस्तरीय सहभागिता र आर्थिक साझेदारीको अपेक्षा गर्दछौँ ।”

वि.सं. २०७२ को विनाशकारी भूकम्पका बेला अमेरिकाद्वारा गरिएको सहयोग नेपाली जनताका लागि महìवपूर्ण थियो । यस्तै एमसीसी अनुदान सम्झौता संसद्ले पारित गरेको लगभग एक महिनाभन्दा कमको अवधिमा अमेरिकाले नेपाललाई सहयोग रकमको तुलनामा अझै ठूलो अनुदान सहायता प्रदान गरेको छ । यो अनुदान सहयोगले अमेरिका नेपालको विकास निर्माणमा एक गतिलो एवं विश्वासिलो साझेदार प्रमाणित भएको छ । कूटनीतिक सम्बन्ध भएदेखि नै प्रारम्भ भएको नेपाल र अमेरिकाबीचको विकास साझेदारीले आगामी दिनमा पनि निरन्तरता पाउने अपेक्षा गर्नु अस्वाभाविक होइन । 

अमेरिका लोकतन्त्र र प्रेस स्वतन्त्रताको अग्रणी मुलुक हो । अमेरिकाले विश्वभर नै लोकतान्त्रिक मुलुकलाई सहयोग गर्दै आएको छ । नेपालमा समेत लोकतन्त्र, आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहभागितालाई प्रश्रय दिने उद्देश्यमा अमेरिकी सहयोग केन्द्रित रहेको पाइन्छ ।

अहिले पूर्वाधार विकासलाई समेत अमेरिकाले प्राथमिकतामा राखेको छ । यिनै विषयलाई मुखरित गर्दै कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा दिनुभएको शुभकामना सन्देशमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शासन प्रणाली, आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहभागितामा नेपालले उल्लेखनीय प्रगति गरेको विषयलाई उठाउनुभएको छ । 

अमेरिकी विदेशमन्त्रीको यस भनाइबाट नेपालका विविध पक्षलाई अमेरिकाले नजिकबाट नियालिरहेको स्पष्ट हुन्छ । नेपालले हासिल गरेका यी उपलब्धिमा एक विकास साझेदारका रूपमा अमेरिकाले समेत गर्व गर्नु नेपालका लागि खुसीको विषय हो ।

अमेरिकी विदेशमन्त्रीले अपेक्षा गर्नुभएजस्तै नेपाल र अमेरिकाबीचको मित्रता भविष्यमा पनि अझ सुदृढ रूपमा कायम रहनेमा विश्वस्त हुन सकिन्छ । अमेरिकी सरकारले उपलब्ध गराएको भौतिक र प्राविधिक सहयोगले पूर्वाधार निर्माण गर्न र तल्लो तहमा लोकतान्त्रिक संस्थाहरू स्थापना गर्न ठूलो योगदान पु-यायो । जनता–जनताबीचको सम्बन्ध यति गहिरो र बलियो छ, जसलाई विद्वान्, कूटनीतिज्ञ, शान्ति सेना स्वयंसेवक, यात्रु र व्यक्तिद्वारा प्रवद्र्धन र सुदृढ गरिएको छ । 

नेपालको प्राथमिकता विगत साढे सात दशकमा नेपालको राजनीतिक प्रणाली निरङ्कुश राणा शासनबाट संवैधानिक राजतन्त्र र अहिले सङ्घीय गणतन्त्रमा परिणत भएको छ तर नेपालका राज्य र नेताहरूले अमेरिकासँगको सम्बन्धलाई उच्च महìव दिन्छन् ।

प्रधानमन्त्री देउवाले बेलायतको (युनाइटेड किङडमको) ग्लास्गोमा भएको युएनएफसीसीसी सम्मेलनको अन्तिम भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । कूटनीतिक सम्बन्ध स्थापना गरी नेपालको स्वतन्त्रता र सार्वभौमसत्तालाई समर्थन गर्ने इङ्ग्ल्यान्डपछिको दोस्रो राष्ट्रका रूपमा अमेरिकाले नेपालको स्वतन्त्रता र सार्वभौमसत्तालाई दृढतापूर्वक समर्थन गर्दै आएको छ । 

नेपाल सार्कको अध्यक्ष राष्ट्र र बिम्स्टेकको सदस्य राष्ट्र भएकाले इन्डो–प्यासिफिक क्षेत्रमा नेपालले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अमेरिकाको धारणा छ । अमेरिकाले नेपालमा रहेका धेरै अमेरिकी अधिकारीमार्फत नेपाललाई स्वतन्त्र र खुला इन्डो–प्यासिफिकमा प्रमुख भूमिका खेल्न निरन्तर आग्रह गर्दै आएको छ ।

यसबाहेक संयुक्त राज्य अमेरिकाको १ जुन २०१९ को इन्डो–प्यासिफिक रणनीति प्रतिवेदनले चीन संशोधनवादी शक्ति र खतरा भएको कुरा स्पष्ट रूपमा उल्लेख गरेको छ भने नेपालले चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राखेको छ । बीआरआईमा हस्ताक्षर गरेको चार महिनापछि नेपालले ४०० केभी उच्च भोल्टेज प्रसारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न अमेरिकाको एमसीसी परियोजनामा १४ सेप्टेम्बर २०१७ मा सम्झौता गरेको थियो । 

अमेरिका र चीनबीच रणनीतिक र आर्थिक प्रतिस्पर्धा चलिरहेको छ । हामीले व्यापार युद्ध र विभिन्न क्षेत्रमा बढ्दो भूराजनीतिक, सुरक्षा प्रतिद्वन्द्वी देखेका छौँ जसले नेपाली बुद्धिजीवी, राजनीतिक नेताहरूलाई एमसीसी आर्थिक परियोजना मात्रै हो वा यसको भूराजनीतिक स्वार्थ छ भन्ने शङ्का गर्न मद्दत गर्छ । 

अमेरिकासँगको नेपालको सम्बन्ध अनादिकालदेखिको छ र सन् १९४७ अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालको आर्थिक सम्बन्ध सुदृढ भएको छ । नेपाल–अमेरिका सम्बन्धलाई सुमधुर बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानले पनि महत्त्वपूर्ण योगदान दिएको छ ।

नेपालको सामाजिक–आर्थिक अवस्थाको विकासका लागि अमेरिकाले सधैँ सहयोग गर्दै आएको छ । सन् १९४७ मा भएको वाणिज्य तथा मैत्री सम्झौता, १९५१ मा प्राविधिक सहयोगका लागि भएको सामान्य सम्झौताले हाम्रा दुई मित्र राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन योगदान दिएको छ ।

पछिल्लो समय अमेरिकाले नेपालमा एमसीसीमार्फत समेत लगानी गर्न चासो देखाएको छ । नेपालको निर्यातमा उल्लेख्य वृद्धि गर्ने वाचा गर्दै अमेरिकाले नेपालसँग द्विपक्षीय व्यापार सम्झौता गरेको छ । नेपालले जहिले पनि अमेरिकी बजारलाई नेपाली उत्पादनका लागि महìवपूर्ण मान्दै आएको छ । धेरै हस्तकला, कागज उत्पादन, गहना, रत्न, ढुङ्गा अमेरिका निर्यात गरिन्छ । विगत दशकदेखि, अमेरिका हाम्रो तयारी पोसाकको प्रमुख आयातकर्ता देश थियो, यो उद्योग जसले गरिबी घटाउन र उच्च रोजगारी दर सिर्जना गर्न मद्दत गरेको छ । 

जलविद्युत्का साथै नेपालमा पर्यटनको पनि ठूलो सम्भावना रहेको छ । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध गराउन सक्ने उत्कृष्ट बजार भनेको पर्यटन हो । त्यसैले पर्यटन क्षेत्रको विकासले नेपालको जीविकोपार्जन र आर्थिक स्थितिमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

नेपालको विकासमा अमेरिकाले साँच्चिकै चासो राखेकाले अमेरिकाले नेपाली उत्पादन विशेषगरी तयारी पोसाक, हस्तकला, पश्मिना र अन्य एनटीएफपी उत्पादन आयात गर्ने गरेको नेपाली उद्यमीहरूको धारणा छ । द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन र अभिवृद्धि गर्न अमेरिका र नेपालबाट आउने व्यापार प्रतिनिधिमण्डलको सङ्ख्या बढाउन आवश्यक छ र दुवै देशमा हुने व्यापार मेला÷प्रदर्शनीमा सहभागी हुने अवसर पनि मिलाउनुपर्छ । 

नेपाल सरकार र निजी क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा उत्पादनलाई विविधीकरण गर्न खोजिरहेका बेला अमेरिकाको सामान्यीकृत प्रणालीको प्राथमिकतामा रहेका करिब पाँच सय वस्तुको सुविधाले नेपाल–अमेरिका व्यापारमा ठूलो परिवर्तन ल्याउन सक्छ । भन्सारमुक्त र कोटामुक्त प्रावधानसहित वा बिना नै नेपालले हाल अमेरिकालगायत अन्तर्राष्ट्रिय बजारमा झन्डै २०० वस्तु निर्यात गर्छ ।

निर्यातको यो अंशलाई व्यापारको आधुनिक प्रवृत्तिबाट मापन गर्ने हो भने नेपालले आफ्ना उत्पादनको प्रवद्र्धनका लागि अझै गृहकार्य गर्नुपर्ने देखिन्छ । तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका वस्तुहरूको बारेमा अन्तर्राष्ट्रिय र क्षेत्रीय व्यापारिक निकायहरू जस्तै उपयोग गर्न हाम्रो देशको सरकार वा निजी क्षेत्रले सामान्य ग्राह्यता प्रणाली सुविधाको विषयवस्तुलाई पूर्ण रूपमा पहिचान गर्न नसकेको तथ्य दुर्भाग्यपूर्ण छ । 

अमेरिका नेपालको एक महìवपूर्ण व्यापारिक साझेदार हो । यो नेपालका लागि विदेशी मुद्राको प्रमुख स्रोत पनि हो जुन मुख्यतया कपडा र गलैँचाको निर्यातका साथै पर्यटक आम्दानीबाट हुने गर्छ । सन् २००४ मा बहु–फाइबर सम्झौता (एमएफए) अन्तर्गतको कोटा प्रणालीको अन्त्य भएपछि नेपाली तयारी पोसाकको अमेरिकामा निर्यातमा उल्लेख्य गिरावट आएको छ । हाल अमेरिका कुल व्यापारको हिसाबले तेस्रो ठूलो व्यापार साझेदार र नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य मुलुक हो ।

द्विपक्षीय व्यापारको मात्रा थोरै भए पनि नेपालको व्यापार घाटा फराकिलो हुँदै गएको छ । नेपाल सरकारले अमेरिकामा निर्यात बढाउन व्यवसायीलाई प्रोत्साहन गरिरहेको छ । नेपाल र अमेरिकाबीच १५ अप्रिल २०११ मा ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टीआईएफए) भएको छ ।

केही वर्षअघि अमेरिकी कंग्रेसले व्यापार सहजीकरण र व्यापार प्रवर्तन ऐन लागू गरेपछि नेपालमा गार्मेन्ट व्यवसायीहरू आशावादी थिए । यद्यपि कानुनले देशमा उत्पादन हुने प्रमुख कपडाका वस्तुहरूलाई समेटेको छैन । सिमरामा जीपीजेड स्थापना अगाडि बढ्न सक्छ ।

करिब दुई दशकअघिको निर्यातको तुलनामा समग्रमा नेपाली तयारी पोसाकको निर्यात ह्वात्तै घटेको छ तर सरकारले यसलाई देशको प्रमुख निर्यातयोग्य वस्तु हो भन्ने बुझेर आवश्यक सुविधा र सहयोग उपलब्ध गराएमा निर्यातमा पुनः वृद्धि हुन सक्छ । विगत पन्ध्र वर्षदेखि अमेरिका हाम्रो रेडिमेड गार्मेन्टको प्रमुख आयातकर्ता देश हो, जसले गरिबी घटाउन र उच्च रोजगारी सिर्जना गर्न मद्दत गरेको छ । 

दुई मुलुकका बीचमा रहेको कूटनीतिक सम्बन्धलाई थप कसिलो पार्न उद्योग, वाणिज्य सङ्घ, विद्यार्थी, प्राज्ञिक क्षेत्र, खेलकुद र मानवीय क्रियाकलापले उल्लेख्य सहयोग पु-याउँदै आएको छ । सार्वजनिक क्षेत्र र निजी क्षेत्र एक अर्काका परिपूरक हुन् । आर्थिक विकासका लागि अर्थव्यवस्थामा हुने वार्षिक लगानीमा निजी क्षेत्रको योगदान करिब ७० प्रतिशत छ । त्यसैले नेपालले आर्थिक विकासको इन्जिनका रूपमा निजी क्षेत्रलाई स्वीकारेको छ । यस स्थितिलाई मनन गरी निजी क्षेत्रका उद्योग वाणिज्य सङ्घले आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउनु आवश्यक छ ।

Author

शंकरमान सिंह