• १२ मंसिर २०८१, बुधबार

चतुर्‍याइँले मौलाएको फल

blog

यथा चित्तं तथा वाचो यथा वाचस्तथा क्रियाः ।

चित्ते वाचि क्रियायांच साधुनामे क्रूपता ।।

सज्जनको चित्त जस्तो हुन्छ त्यस्तै बोल्छन् र कर्म गर्छन् । जस्तो कर्म गर्छन् त्यस्तै चित्त दशा र कर्मको परिणाम प्राप्त गर्छन् । त्यसैले भिन्नता छ– सज्जन स्वभाव हुनु र चतुर्‍याइँ गर्नुमा । एउटा कम्पनीका मालिकले आफ्ना दस जना कर्मचारीलाई एउटा गमला र केही फूलका बिउ दिएर १५ दिनको दिनमा कार्यालयमा गमलासहित हाजिर हुने गृहकार्य दिए । उनले भने– जसको बिरुवा राम्ररी हुर्केको र फुलेको हुन्छ, ऊ उत्कृष्ट छानिन्छ र क्रमशः सबैलाई उत्कृष्टताको आधारमा पुरस्कृत गरिन्छ । 

सबै कर्मचारी राजी भए । घरमा गए, गमलामा माटो र मल मिसाएर बिउ रोपे । दैनिक रूपमा पानी दिन थाले, राम्रो र उत्कृष्ट हुनका लागि नियमित मेहनत गर्न थाले । तीमध्ये अमेशको आफ्नो गमलामा बिउ नै नउम्रेको र जति मलजल गर्दा पनि कुनै अङ्कुरण नभएको कुरा श्रीमतीलाई बताए । श्रीमतीले भनिन्– ठिक छ नि आफ्नो मेहनत गर्नुभएको छ, १५ दिनसम्म त उम्रेला र बढ्ला । तीन–चार दिनपछि अमेशले कार्यालयका आफ्ना साथीलाई सोधे– तपाईंहरूको गमला कस्तो भइरहेको छ ? सबैले भने– हाम्रो त एकदम राम्रोसँग बिरुवा हुर्कंदै छ । अब केही दिनमा त ढकमक्क फूल पनि फुल्छ होला । 

उनी मनमनै खिन्न भए । घरमा गएर फेरि श्रीमतीलाई सबै कुरा बताए, सबैको बिउ उम्रियो मेरो मात्र किन नउम्रिएको होला ? श्रीमतीले जवाफ दिइन्– तपाईंले पाएको बिउ नउम्रने प¥यो होला नत्र अरूको उम्रिँदा तपाईंको किन उम्रेन त ? उनले भने– होइन हाकिम साहेबले सबैलाई एकै किसिमको बिउ दिनुभएको हो । दैनिक गमलामा पानी हाल्थेँ, यसो खनेर हेर्थें, बिउ त जस्ताको तस्तै थियो । उनले भने– अब जे हुने होस् मैले सकेको गरेकै छु, बिउ नै उम्रेन त म के गरूँ ? 

हाकिमले दिएको म्याद पूरा भयो, १५ दिनको दिन सबै आ–आफ्ना गमला लिएर सभा हलमा हाजिर भए । अमेशको बाहेक सबैको गमला हराभरा, रङ्गीचङ्गी फूल फुलेर आकर्षक थिए । सबैले खुसी हुँदै आफ्ना गमला आफ्नो अगाडि राखेर को उत्कृष्ट हुन्छ होला भनेर घोषणाको प्रतीक्षामा थिए । अमेश भने सुक्खा, केही नउम्रेको गमला आफ्नो पछाडि राखेर लाजले शिर निहुराई बसे । हाकिम साहेब आए, सबैको अनुहारमा हेरे, सबैका गमला देखेर हा“से । उनी स्टेजमा पुगे र घोषणा गरे, यो प्रतियोगितामा पहिलो र उत्कृष्ट पुरस्कार जान्छ अमेशलाई ।

सबै आश्चर्यमा परे, कसरी, जसको बिउ नै उम्रेको छैन ऊ कसरी उत्कृष्ट ? हामीले यति राम्रा फूल फुलाएर ल्याएका छौँ । सबले चर्को स्वर गरेर यो न्यायपूर्ण भएन भनेर आवाज उठाउन थाले । हाकिम साहेबले सबैलाई चुप लाग्न भने र फेरि पनि उद्घोष गरे कि अमेश नै उत्कृष्ट कर्मचारी हुन् । उनले भने– तपाईंहरू सबैले सुन्नुस्, मैले सबैलाई एकैनासको बिउ दिएको थिए“ र ती सबै भुटेका बिउ थिए, उम्रिने सम्भावना नै थिएन तर तपाईंहरू सबैको बिउ उम्रेर रङ्गीचङ्गी फूलहरू कसरी फुले ? 

किनकि तपाईंहरूले चतुर्‍याइँ गर्नुभयो । सायद दुई–तीन दिनमा बिउ उम्रेन अनि बजारबाट अर्को बिउ ल्याएर रोप्नुभयो । सबै मुखामुख गर्न थाले र शिर निहुराउँदै स्वीकार गरे । हाकिम साहेबले भने– मैले बिउमार्फत तपाईंहरूको इमानदारीको परीक्षा लिन खोजेको थिएँ चतु¥याइँको होइन तर तपाईंहरूले आफ्नो चतु¥याइँ पुष्टि गर्नुभयो । जे छ, जस्तो छ त्यसमा आफ्नो मेहनत लगाउनु र इमानदार बन्नु उत्कृष्ट बन्नु हो । चतुर्‍याइँले कुनै हदसम्म अरूलाई झुक्याउन सकिएला तर आफैँलाई झुक्याउन कठिन हुन्छ र जसले तपाईंको परीक्षा लिनेवाला छ, उसले त सहजै इमानदारी र चतु¥याइँ छुट्याउन सक्दछ । 

आजकल समाजका अनेक क्षेत्रमा यस किसिमका चतु¥याइँका परिणाम धेरै देख्न र सुन्न पाइन्छ । चतु¥याइँको परिणाम अरूलाई देखाउन र आफू उत्कृष्ट हुनमा काम आएको जस्तो लागे पनि आन्तरिक रूपमा यस्तो स्वभावले सन्तोष दिँदैन । चतु¥याइँका कारण जहाँसुकै झुटो बोल्नुपर्ने, आफ्नो अस्मिता गुमाउनुपर्ने र अन्त्यमा आएर आफैँमा पश्चातापको स्थिति आइलाग्छ । अरूकै लागि, अरूलाई नै देखाउनका लागि बहिर्मुखी स्वभावमा जिउने आदतले गर्दा स्वसत्ता नै बिर्सिंदै गएको छ मानिसले । आफ्नो मूल्याङ्कन अरूले गरिदिने होइन, स्व–मूल्याङ्कन हुनु पर्छ । आदत नै बनाउनु छ त जतिसक्दो प्राकृतिक स्वभावमा जिउने, अस्तित्वको सृष्टिप्रति प्रेम गर्ने, धन्यवादमा जिउने, आफूसँग जे उपलब्ध छ त्यसमा खुसी हुने र अरूसँग तुलना नगर्ने आदत बसाल्न सक्नु पर्दछ । कसैलाई अर्ति दिनु र उसँग अपेक्षा गर्नुअघि आफूले व्यवहारमा उतार्नु पर्दछ । 

एक दिन भगवान् बुद्धको शरणमा एक महिला आइन् र भनिन्– भगवान् मेरो छोराको सक्खर खाने आदत छुटाइदिनुप¥यो । हामीले घरमा भनेर त मान्दैन हजुरले भनेपछि यसले नमानेर हुन्छ र ? भगवान् बुद्धले एकछिन सोच्नुभयो र भन्नुभयो– तपाईं १५ दिनपछि मकहाँ आउनुस् न है । महिलाले भनिन्– १५ दिनसम्म त यसले अरू बढी सक्खर खान्छ र झन् बिरामी हुन्छ भगवान्, अहिले नै बताउन मिल्दैन ? भगवान् बुद्धले भन्नुभयो– १५ दिनपछि आउनू जे बताउनुपर्छ म बताउँछु । 

नभन्दै १५ दिनपछि तिनै महिला आफ्ना छोरालाई लिएर भगवान् बुद्धकहाँ आइन् । भगवान् बुद्धले बालकको शिरमा हात राखेर भन्नुभयो– बाबु भोलिदेखि सक्खर नखानु है । बालकले टाउको हल्लाएर सहमति जनाए । ती महिलाले भनिन्– भगवान् यही कुरा त मैले १५ दिन अगाडि नै भन्दिनुस् भनेको थिए“ त, आजसम्म त यसको आदत छुट्थ्यो होला नि ! भगवान् बुद्धले हा“स्दै भन्नुभो– हे माता १५ दिनअघि मलाई पनि थाहा थिएन मानिसले सक्खर छोड्न सक्छ कि सक्दैन । यो १५ दिन मैले पनि अभ्यास गरेँ सक्खर छोड्ने । आदत बस्यो भने नभन्दै सकिँदो रहेछ । बल्ल त मैले आफ्नो व्यावहारिक प्रयोगले बालकलाई सम्झाउन सकेँ ।

भावना कि मस्तिष्क ?

धेरै चतुर व्यक्ति मस्तिष्कको सोचाइले काम लिन्छन् । त्यसैले उनीहरूको भावना कठोर हुन्छ । सहज व्यक्ति चतुर होइन, प्रेमिल हुन्छन् । यस्ता व्यक्तिले जे गरे पनि राम्रो सफलता हात पार्छन् । चतुर व्यक्तिहरू खुसी र सफल हुनका निम्ति अरूलाई उपयोग गर्छन् । भावनात्मक व्यक्तिहरू अरूको भावना बुझेर बोल्ने, कर्म गर्ने र नजिक हुने गर्छन् । सहयोग दिनु उनीहरूको स्वभाव हुन्छ । भावनात्मक व्यक्तिहरू खुलेर बोल्छन्, सहायता लिन्छन् र दिन्छन् पनि । कर्म र मेहनतको महत्व बुझ्छन् । 

चतुर व्यक्तिहरू आफ्ना सानातिना कर्मको महìव देख्दैनन् र अति सोचनीय हुन्छन् । शङ्का, भय, दरिद्रता यिनका स्वभाव बन्छन् तर भावनात्मक व्यक्तिहरू आफैँलाई बुझ्ने, आफैँसँग सत्यवान रहने र लिएका सङ्कल्प पूरा गर्ने स्वभावका हुन्छन् । चतुर व्यक्तिलाई समाजले उसको पहिरन र हाउभाउको परिचय दिएका हुन्छन् भने असल व्यक्तिको परिचय भनेकै इमानदारिता र सत्यता हो, त्यसको सबैले उच्च सम्मान गरेका हुन्छन् । चतुर व्यक्तिले पाइलैपिच्छे अरूलाई झुक्याउने प्रयास गरेको हुन्छ । इमानदार व्यक्तिलाई कसैको सम्मान र प्रख्यातिको अपेक्षा हुँदैन तर समाजले उनीहरूको इमानदारीको सम्मान गरेको हुन्छ । इमानदार व्यक्ति आफ्नो अन्तरहृदयको विश्वासलाई लिएर अघि बढेका हुन्छन् । जे बोल्छन् त्यो गर्छन् र जे गर्न सक्छन् त्यो मात्र बोल्छन् ।

इमानदार व्यक्ति आफ्नो अन्तरहृदयको विश्वासलाई लिएर अघि बढेका हुन्छन् । जे बोल्छन् त्यो गर्छन् र जे गर्न सक्छन् त्यो मात्र बोल्छन् । इमानदार हुनु आफैँमा स्वस्थ, मस्त, आनन्दित, प्रफुल्लित, निस्वार्थ र सत्यवान भएर जिउने रोजाइ हो । शारीरिक स्वास्थ्यप्रति जति सजगता बढेको छ त्यति नै मानसिक र भावनात्मक स्वास्थ्यको ख्याल राख्ने हो भने मानिस इमानदारिताको यात्रामा अघि बढिरहेको हुन्छ । परम नियमको सन्तुलनलाई ख्यालमा राखेर जीवनका बहुआयाममा सन्तुष्ट रहने कला इमानदार व्यक्तिको गुणवत्ता हुन्छ । आध्यात्मिक रूपले इमानदार व्यक्ति नै जीवनका बारेमा स्पष्ट हुन सक्छ, लक्ष्य बोध गर्न सक्छ, करुणा, विनम्रता, प्रार्थना र आत्म जागरुकताका साथ विधायकताको जीवन बाँच्दछ । इमानदारिताको गुणलाई साँध्न सक्नु जत्तिको सफलता अरू के हुन सक्ला जीवनमा ?

लेखक स्वतन्त्र सामाजिक परामर्शदाता हुनुहुन्छ ।

  

Author

डा. नम्रता पाण्डे