• ९ वैशाख २०८२, मङ्गलबार

नागरिक लगानी कोषले बाँड्यो एक अर्ब ५२ करोड

blog

 काठमाडौं, वैशाख ८ गते । नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान गरेको छ । 

कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपियाँ प्रतिफल प्रदान गरेको हो । 

कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो । 

बचत वृद्धि अवकाश कोषका सहभागीहरूको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि पनि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको जानकारी पनि कोषले सोमबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।