• २१ चैत २०८२, शनिबार

चिनियाँ नागरिकलाई कुटपिट र लुटपाट गर्ने चार जना पक्राउ

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, चैत २१ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले विदेशी नागरिकलाई कुटपिट तथा लुटपाट गर्ने घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १६, जोगीमणि क्षेत्रमा बिहीबार दिउँसो दुई चिनिया नागरिकमाथि लुटपाट र कुटपिट भएको थियो ।  

दुई चिनियाँ नागरिकमाथि अपरिचित व्यक्तिहरूले कुटपिट तथा लुटपाट गरी फरार भएको सूचनापछि खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा चार जनालाई शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।  

प्रहरीले पोखरा–२३ बस्ने २१ वर्षीय रोशन सुनार, धादिङ घर भई हाल पोखरा–५, फिर्के बस्ने १८ वर्षीय आशीष तामाङ, कास्की अन्नपूर्ण गाउँपालिका–१० घर भई हाल पोखरा–५, प्रस्याङ बस्ने १८ वर्षीय अनिष परियार र पोखरा–२१ का १८ वर्षीय अर्पण सुनारलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी हरेको बस्नेतको भनाइ छ ।