• ४ जेठ २०८१, शुक्रबार

जबजका प्रणेताको स्मरण

blog

नेपालको राजनीतिक इतिहासमा पृथक् पहिचान बनाएका नेता मदन भण्डारी हुनुहुन्थ्यो। कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशाबोध दिने जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा राजनीतिक वृत्तमा मदन भण्डारी परिचित नाम हो। कम्युनिस्ट आन्दोलन र माक्र्सवादी विचारका सैद्धान्तिक पाटाको समयोचीनि विश्लेषण गर्ने सिद्धान्तकार नेता भण्डारी कुशल सङ्गठक, सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित छन्। चितवनको दासढुङ्गामा जननेता भण्डारी तथा अर्का प्रभावशाली नेता जीवराज आश्रितको अकल्पनीय निधनले सिङ्गो मुलुक शोकविह्वल तथा स्तब्ध भयो। राजनीतिक वृत्त, मिडिया र आमजनताले त्यो स्तब्धकारी घटनालाई अकल्पनीय, कारुणिक दुर्घटनाका रूपमा लिए। सिङ्गो मुलुक, नेकपा एमाले पार्टीपङ्क्ति र कम्यनिुस्ट आन्दोलनमा दुर्घटना अपूरणीय क्षति थियो। सहज रूपमा लिन नसकिएको असामयिक निधनमा नेपाली राजनीतिका एक नायकको इहलीला समाप्त भयो। 

खुला राजनीतिक परिवेशमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनासँगै नयाँ युगको थालनी भयो। तात्कालिक नेकपा मालेबाट नेकपा एमाले हुँदै दलीय राजनीतिको अभ्यासले निखारिन माथापच्चिसी गरिरहेको नेकपा एमालेका महासचिव जस्तो प्रभावशाली नेतृत्व सम्हालेका नेता भण्डारीले कम्युनिस्ट विचारको वैचारिक धरातलमा पृथक् राजनीतिक विचार जनताको बहुदलीय जनवाद (जबज) लाई नेकपा एमालेको विचार र मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारे। कम्युनिस्ट आन्दोलनको वैचारिक आयामको प्रायोगिकतालाई अहिलेका स्थापित राजनीतिक दल नेकपा एमाले र एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले पनि वैचारिक तथा सैद्धान्तिक आधारशिलाका बिउ पुँजीका रूपमा लिए। संसदीय अभ्यास, राजनीतिक तथा साङ्गठनिक क्षेत्र, आवधिक निर्वाचनका माध्यमबाट जनमत परीक्षणमा जबजको प्रयोगकर्ता दलले ग्रहण गरे।  कम्युनिस्ट विचार, माक्र्सवादी सिद्धान्त तथा द्वन्द्वात्मक भौतिकवादको समयानुकूल परिमार्जन र अभ्यासको आवश्यकता महसुस गरियो। समय सन्दर्भले त्यसको थालनीको नेपाली अभ्यासको आरम्भ जननेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) बाट अघि बढाए। समाजवादी क्रान्ति  र वैज्ञानिक समाजवादका विचारलाई समयानुकूल व्याख्या विश्लेषणको विजारोपण मदन भण्डारीबाट भयो। 

भण्डारीद्वारा प्रतिपादित विचार, कम्युनिस्ट सिद्धान्त तथा मूल्यको राजनीति नेपालको राजनीतिक पाटामा सान्दर्भिक रहोस्। विश्व कम्युनिस्ट आन्दोलनमा भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादले पहिचानसहित नयाँ उचाइ प्राप्त ग¥यो। माक्र्सवादी विचारको नवीनतम प्रयोग विचार र मूल्य, जनसङ्गठन र जनताका प्रतिनिधिमूलक संस्थाका माध्यमबाट अघि बढाउने मान्यताको प्रयोग भयो। त्यो माक्र्सवादको वैज्ञानिकता र गतिशीलताको अभ्यासको निरन्तरता पनि हो। माक्र्सवादलाई गतिशील तथा समयानुकूल प्रयोगको आयामका रूपमा जबजको सिद्धान्त रहन सक्यो। 

पहिलो जनआन्दोलनपश्चात् स्थापित बहुदलीय व्यवस्थाका अभ्यास, २०६२/०६३ को दोस्रो जनआन्दोलनका उपलब्धिका सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्क शासन व्यवस्थाका संवैधानिक अभ्यासको अनुमोदन र जनताका बिच स्थापित गर्ने मान्यताका लागि आवधिक निर्वाचनका सारभूत मूल्यलाई जबज विचारमा पक्षपोषण गरियो। कम्युनिस्ट पार्टीले जनमत र प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धतिको निर्वाचन विधिद्वारा जनप्रतिनिधिमूलक संस्थालाई महत्व दिए। त्यसै अनुकूलका नीतिगत कार्यव्रmम र अभ्यास गत वर्षमा सम्पन्न भएका स्थानीय तह, प्रदेश सभा, सङ्घीय संसद्लगायत आवधिक निर्वाचनलाई लिन सकिन्छ। निर्वाचन मार्फत जनमतद्वारा अनुमोदित भई शक्ति आर्जन, संसदीय अभ्यास, सरकार सञ्चालनका विविध पाटामा कम्युनिस्ट पार्टीको सहभागिताका असल अभ्यासका थालनीले संस्थागत मान्यताको विकास गरे। हाल नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आठ दलीय गठबन्धन सरकारले मुलुकको कार्यपालिकीय अधिकारको अभ्यास र विकास तथा समृद्धिका नीतिगत क्रियाकलाप अघि बढाइआएको छ। गठबन्धन संस्कृतिको संस्थागत विकासका लागि असल अभ्यासलाई उचाइँ दिँदै कमजोरी पक्षलाई न्यूनीकरण साझा प्रयासमा मात्र सम्भव छ । 

जनताको बहुदलीय जनवाद बहुलवाद र बहुविचारको पृष्ठभूमिमा प्रतिस्पर्धाको खुला राजनीतिमा बोध र स्वीकार्यता गरियो। २०४६ सालमा पुनस्र्थापित बहुदलीय व्यवस्था र संवैधानिक प्रावधान अनुसार जनप्रतिनिधिमूलक संस्था व्यवस्थापिका संसद् तथा तल्लो तहका स्थानीय निकायको प्रत्यक्ष निर्वाचनमा नेकपा एमाले सहभागी भयो। जबजको वैचारिक धरातल र राजनीतिक प्रतिस्पर्धामा भाग लिएर निर्वाचित संस्थाका माध्यमबाट शासन र विकासमा सहभागिताको स्वस्थ अभ्यास तात्कालिक नेकपा एमालेले ग¥यो। साथै प्रतिनिधि सभा र स्थानीय निर्वाचनमा एमाले दोस्रो ठुलो दल तथा नेपाली राजनीतिको एक शक्तिका रूपमा स्थापित हुनु उहाँको विचार र सिद्धान्तको जनस्वीकृतिका रूपमा लिन सकिन्छ।

भण्डारी वैचारिक सिद्धान्तकार थिए नै। उनमा मास पोलिटिकल लिडरको गुण पनि कम थिएन। बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिको पहिलो व्यवस्थापिका संसद्को निर्वाचनका दौरानमा नेता भण्डारीको मास पोलिटिकल लिडरको क्षमता आमनेपाली जनताले देखेकै हुन्, अनुभव गरेकै हुन्। भण्डारी सामयिक समाजवादी आन्दोलनलाई नयाँ शिराबाट व्याख्या र विश्लेषण गर्ने कुशल भाष्यकारका रूपमा लिन सकिन्छ। विशेषतः पश्चिमा विश्वमा आएको उदारवाद तथा खुला राजनीतिक प्रतिस्पर्धामा समाजवादी विचारलाई कसरी स्थापित गर्न सकिन्छ र तात्कालिक पूर्वी युरोपलगायत सोभियत सङ्घको विघठन र अवसानपछि विश्व कम्युनिस्ट आन्दोलन नै आसानको दुर्गतिबाट गुज्रिरहेको थियो। पुनर्जागरणको टड्कारो प्रतिछायाँमा नवजीवनको वैचारिक सोपान जनताको बहुदलीय जनवाद थियो। 

जबजको प्रयोग र व्याख्याको व्यावहारिकतालाई पुष्टि गर्न भण्डारी सफल भए। नेपाली कम्युनिस्ट राजनीतिकका एक शिखर व्यक्तित्व मदन भण्डारीको जनताको बहुदलीय जनवादको प्रायोगिकता र एक हदसम्म माक्र्सवादको सान्दर्भिक उपयोगको आयामेली पाटो रहिरहला। नेपाली परिवेश र विश्व कम्युनिस्ट आन्दोलनमा स्पष्ट प्रभाव छोडेको जबजको प्रयोग र नेपाली कम्युनिस्ट आन्दोलन अघि बढाउनमा समचीनि विश्लेषणको पाटो सधैँ रहँला। 

लेखक अधिवक्ता हुनुहुन्छ।

  

Author

मनोहर कार्की