जर्मनीका महान् फुटबलर फ्रान्जको निधन
जर्मनीका चर्चित विश्व फुटबलर फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । परिवारले एक विज्ञप्ति निकाल्दै सोमबार फ्रान्जको निधन भएको जानकारी दिएको बेलायती समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
एपिएफको पोस्टमा सङ्कटाको सात गोल
सङ्कटा क्लबले जारी एन्फा यु-१६ यूथ लिग फुटबलमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको पोस्टमा सात गोल गरेको छ।
लिभरपुल एफए कपको चौथो चरणमा
कठिन प्रतिद्वन्द्वी आर्सनललाई उसैको मैदानमा हराउँदै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हरायो ।
रियलको जित जारी
स्पेनिस पावर हाउस रियल म्याड्रिडले ला लिगामा जितको यात्रा जारी राखेको छ । शीर्ष स्थानमा रहेको रियलले घरेलु मैदानमा बुधबार राति भएको खेलमा मालोर्कालाई १–० गोलले हरायो ।
एसी मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा
एसी मिलान कोपा इटालिया कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा एसी मिलानले काग्लियारीलाई ४–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
न्युक्यासलमाथि लिभरपुलको सानदार जित
इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली लिभरपुलले न्युक्यासल युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो ।
न्यू दर्पणलाई नकआउट फुटबल उपाधि
खुला नकआउट फूटबल प्रतियोगिताको उपाधि आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवले हात पारेको छ । मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको फाइनलमा आयोजक न्यू दर्पणले पुल्चोक युवा सञ्जाललाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो ।
आर्सनललाई फुलहामको झट्का
इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली आर्सनललाई फुलहामको नमिठो झट्का लागेको छ । आइतबार राति शीर्षस्थान ओगट्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेको आर्सनल सुरुवाती अग्रता जोगाउन नसक्दा फुलहामसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।
सिटीको सानदार जित
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो ।
ललितपुर एनएसएल च्याम्पियन
दशरथ रङ्गशालामा शनिबार साँझ भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो ।
लिभरपुल शीर्ष स्थानमा
रेलिगेसनको दबाब झेलिरहेको बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
काठमाडौँलाई हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा
दशरथ रङ्गशालामा मङ्गलबार भएको इलिमिनेटर खेलमा ललितपुरले काठमाडौं रेजर्सलाई ३–० गोलले हरायो ।
टाइब्रेकरमा जितपछि धनगढी फाइनलमा
दुई पटक पछाडि परेको धनगढी एफसी सोमबार पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएर दोस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । एनएसएलको इतिहासमै यो पहिलो पेनाल्टी सुटआउट हो । धनगढी लगातार दोस्रो पटक उपाधि भिडन्त गर्दै छ । पछिल्लो संस्करणमा धनगढी फाइनलमा काठमाडौँ रेजर्ससँग निराश बनेको थियो ।
श्रेष्ठ स्मृति मिडिया कपमा चितवन च्याम्पियन
नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ ।
पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माध्यमिक विद्यालयलाई
सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिकामा आयोजित अन्तर विद्यालय स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटले जितेको छ ।
फुटबल प्रशिक्षक प्रकाशलाई आर्थिक सहयोग
ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा रहेको सांग्रिला फुटबल क्लबले आर्थिक सहयोग गरेको छ । सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।
बक्यौता नपाए प्रतियोगिता नखेल्ने : ‘ए’ डिभिजन क्लब
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबहरूले पुस १५ गते भित्र आफूले पाउनु पर्ने बक्यौता रकम नपाए अखिल नेपाल फुटबल सङ्घ( एन्फा) ले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा नखेल्ने जनाएका छन् ।
अन्नपूर्ण गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
काठमाडौँ रेजर्स एनएसएलको प्लेअफमा
साबिक विजेता काठमाडौँ रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा शानिबार साँझ भएको लिग चरणको अन्तिम खेलमा काठमाडौँले ललितपुर सिटीलाई १-० गोलले हराउँदै प्लेअफमा स्थान बनाएको हो ।
एनएसएल : बुटवलको कठिन जित
बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कठिन जित निकालेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बुटवलले वीरगन्ज युनाइटेडलाई १–० गोलले हरायो ।
एनएसएल : काठमाडौँमाथि वीरगन्जको फराकिलो जित
नेपाल सुपर लिग (एनएसएल) मा वीरगन्ज युनाइटेडले काठमाडौँ रेजर्समाथि फराकिलो जित निकालेको छ ।
एनएसएल : धनगढीलाई झापाको झट्का
नेपाल सुपर लिग (एनएसएल) को उपाधि दौडमा रहेको धनगढी एफसीलाई झापा एफसीको नमिठो झट्का लागेको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० गोलले हरायो ।
एनएसएलमा ललितपुरलाई इलामको धक्का
उपाधि दाबेदार ललितपुर सिटी क्लबलाई नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलामको नमिठो धक्का लागेको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा इलामले ललितपुरलाई १–० गोलले हरायो ।
एन्फामा तुलाधरलाई सिइओ नमान्ने असन्तुष्ट पक्षको धारणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को असन्तुष्ट पदाधिकारीले इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नमान्ने धारणा राखेका छन् ।