• ७ असार २०८१, शुक्रबार

जर्मनीका महान् फुटबलर फ्रान्जको निधन

blog

स्वर्गीय फ्रान्ज बेकेनबाउर ।

काठमाडौँ, पुस २४ गते । जर्मनीका चर्चित विश्व फुटबलर फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । परिवारले एक विज्ञप्ति निकाल्दै सोमबार फ्रान्जको निधन भएको जानकारी दिएको बेलायती समाचार संस्था बिबिसीले उल्लेख गरेको छ । 

फ्रान्ज खेलाडी र प्रशिक्षक दुवै भूमिकामा फिफा विश्वकप जित्ने तीन व्यक्तिमध्ये एक हुनुहुन्थ्यो । उहाँले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीको कप्तानको रूपमा र सन् १९९० मा प्रशिक्षकको रूपमा विश्वकप उपाधि जित्नुभएको थियो । 

फ्रान्ज सन् १९६६ को विश्वकपमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी समेत चुनिनु भएको थियो । रक्षक र मिडफिल्डर दुवै भूमिकामा निपूर्ण फ्रान्जले क्लब फुटबलमा समेत उत्कृष्ट हुनुहुन्थ्यो । उहाँले क्लब र अन्तर्राष्ट्रिय स्तरमा फिफा विश्वकप, युरोपियन कप र बालोन डी’ओर जित्ने खेलाडी समेत हुनुहुन्छ ।

उहाँले तीन विश्वकप र दुई युरोपियन च्याम्पियनसिपमा पश्चिम जर्मनीको प्रतिनिधित्व गर्दै १०३ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले अधिकांश समय बायर्न म्युनिखबाट खेल्नुभयो । एजेन्सी