• २८ वैशाख २०८३, सोमबार

नेपालमा कार्बन प्राधिकरण गठन हुने

blog

नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ, वैशाख २८ गते । नेपालमा कार्बन प्राधिकरण गठन हुने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताउनुभएको हो । उहाँले वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने पनि बताउनुभयो ।

अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गरिने पनि राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट अपेक्षित लाभ सुनिश्चित गरिने समेत बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो,“नेपाल कार्बन प्राधिकरण गठन गरिने छ । सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट अपेक्षित लाभ सुनिश्चित गरिने छ । नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिने छ । वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना, निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गरिने छ ।”

राष्ट्रपति पौडेलले स्वदेशी काठको उपयोगलाई प्रोत्साहित गर्ने पनि बताउनुभयो ।