• १२ असोज २०८१, शनिबार

एनएसएल : बुटवलको कठिन जित

blog

काठमाडौँ, पुस ७ गते । बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कठिन जित निकालेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बुटवलले वीरगन्ज युनाइटेडलाई १–० गोलले हरायो ।

बुटवलको जितमा चन्दनकुमार दासले निर्णायक गोल गर्नुभयो । उहाँले इन्जुरी समयमा एरिक विष्टको पासमा गोल गर्दै टोलीलाई जिताउनुभयो । 

जितसँगै लिगको सुखद अन्त्य गरेको बुटवलले आठ खेलबाट १० अङ्क बनायो । हारसँगै वीरगन्ज प्लेअफ दौडबाट बाहिरिएको छ । वीरगन्जले समान खेलबाट आठ अङ्क बनाएको छ ।