• १२ असोज २०८१, शनिबार

न्युक्यासलमाथि लिभरपुलको सानदार जित

blog

न्युक्यासलविरुद्ध गोल गर्दै लिभरपुलका मोहम्मद सलाह ।

काठमाडौँ, पुस १७ गते । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली लिभरपुलले न्युक्यासल युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो ।

लिभरपुलको जितमा मोहम्मद सलाहले ४९औँ र ८६औँ मिनेटमा दुई गोल गर्नुभयो । कर्टियस जोन्सले ७४औँ र कोडी गाक्पोले ७८औँ मिनेटमा एक एक गोल गर्नुभयो । यसअघि सलाहले २२औँ मिनेटमा पेनाल्टी मिस गर्नुभएको थियो । न्युक्यासलका एलेक्सजान्डर इसाकले ५४औँ र सेभेन बोनम्यानले ८१औँ मिनेटमा गोल फर्काउनुभयो ।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा तीन अङ्कको अग्रता लिएको छ । २० खेल सकेको लिभरपुलको ४५ अङ्क छ । दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको समान खेलबाट ४२ अङ्क छ । पराजित न्युक्यासल २९ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । एजेन्सी