• २७ वैशाख २०८३, आइतबार

जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

बकुनपा–१, देवस्थलस्थित राताचौर खेलमैदानमा प्रतियोगिता उद्घाटन समारोह । तस्बिर : शङ्कर केसी

शङ्कर केसी

सल्यान, वैशाख २७ गते । सल्यानमा जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (आइतबार) देखि सुरु भएको छ । 

जिल्लाभरका करिब आठ सय विद्यार्थी खेलाडीको सहभागितासहित प्रतियोगिता बनगाड कुपिण्डे नगरपालिका–१, देवस्थलस्थित राताचौर खेलमैदानमा सुरु भएको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्ल ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा प्रदेश सरकारका पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य भीमप्रकाश शर्मा, जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावल, जिल्लास्थिन स्थानिय सरकारका प्रमुख, उपप्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता छ । 

जिल्लाका १० वटै स्थानीय तहबाट विद्यार्थी खेलाडीको सहभागिता रहेको र प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्ट लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा आइतबारदेखि नै सुरु हुने जिल्ला खेलकुद विकास समिति सल्यानले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यको अध्यक्षतामा उद्घाटन भएको प्रतियोगितामा विभिन्न खेल विधा सञ्चालनका लागि करिब ४० जना निर्णायक परिचालन गरिएको छ ।

अध्यक्ष आचार्यका अनुसार प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि छनोट गरिने छ ।