• २७ वैशाख २०८३, आइतबार

महिला राष्ट्रिय कबड्डी : एपीएफ विजयी

blog

प्रतियोगितामा प्रतिस्प्रधा गर्दै खेलाडी ।

जयकृष्ण यादव 

इनरुवा, वैशाख २७ गते । सुनसरीको इनरुवामा जारी प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपिएफ क्लब विजयी भएको छ ।  

एपिएफले नेपाल प्रहरी क्लवलाई २९-१८ ले हरायो । प्लेयर अफ दि म्याच रविना चौधरी हुनुभयो । यस्तै अर्को खेलमा खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ५२-२२ ले हरायो । बागमतीकी सन्जस धामी प्लेयर अफ दि म्याच हुनुभयो । 

अर्को खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ५१-२१ ले स्तब्ध बनायो । सुदूरपश्चिमकी दिपा दर्जी प्लेयर अफ दि म्याच बन्नुभयो । यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई ४५-२५ ले हराएको थियो ।