शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २७ गते । नेपाल भलिबल सङ्घको आयोजनामा आगामी जेठ ८ देखि १५ गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।
काठमाडौँमा आइतबार आयोजित कार्यक्रमबिच सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले ट्रफी सार्वजनिक गर्नुभयो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहल कोर्टमा हुने च्याम्पियनसिपमा नेपालसहित आठ देशको सहभागिता रहनेछ ।
च्याम्पियनसिपको बजेट दुई करोड ५० लाख रुपियाँ रहेको नेपाल भलिबल सङ्घले जनाएको छ । जसमा सरकाले एक करोड र काठमाडौँ महानगरपालिकाले ३० लाख रुपियाँ प्रायोजन सहयोग गरेको छ । च्याम्पियनसिपका लागि नेपालले १६ जना खेलाडीलाई प्रशिक्षणमा राखेको छ ।