• १२ असोज २०८१, शनिबार

एसी मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा

blog

गोल गरेपछि एसी मिलानका खेलाडी ।

काठमाडौँ, पुस १८ गते । एसी मिलान कोपा इटालिया कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा एसी मिलानले काग्लियारीलाई ४–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।  

एसी मिलानको जितमा लुका जोभिचले दुई गोल गर्नुभयो । चका ट्राओरे र राफेल लियोले एक एक गोल थप्नुभयो । काग्लियारीका लागि पाउलो अजीले सान्त्वना गोल फर्काउनुभयो । एसी मिलानले २९औँ मिनेटमा जोभिचको गोलमार्फत अग्रता लिएको थियो ।

४२औँ मिनेटमा जोभिचले लगातार गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । चका ट्राओरे ५०औँ र लियोले इन्जुरी समयमा गोल गर्नुभएको थियो । काग्लियारीका अजीले ८७औँ मिनेटमा सान्त्वना गोल गर्नुभएको थियो । एजेन्सी