नवराज नेपाली
बागलुङ (गलकोट), मङ्सिर २८ गते । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । शनिबार सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बागलुङ नगरपालिकाले जितेको हो । बागलुङ नगरपालिकाले २१ स्वर्ण, १६ रजत र ११ काश्य पदकसहित कुल ४८ पदक जित्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो । बागलुङ नगरपालिकाले एथ्लेटिक्सतर्फ ७ स्वर्ण, ६ रजत र ४ काश्य पदक जितेको छ ।
भलिबलमा एक काश्य, कबड्डीमा १ स्वर्ण, १ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको छ । कँरातेतर्फ २ स्वर्ण, ६ रजत र ३ कास्य पदक जितेको छ । दोस्रो भएको बडिगाड गाउँपालिकाले ८ स्वर्ण, ८ रजत र १५ काश्य पदक गरी कुल ३१ पदक जितेको छ । बडिगाड गाउँपालिकाले एथ्लेटिक्समा ५ स्वर्ण, ५ रजत र १ काश्य, कबड्डीमा १ काश्य, तेक्वान्दोमा १ रजत, ६ काश्य, करातेमा ३ स्वर्ण, २ रजत र ७ काश्य पदक जितेको छ ।
तेस्रो भएको ढोरपाटन नगरपालिकाले ६ स्वर्ण, ६ रजत र ७ काश्य पदकसहित कुल १९ पदक जितेको छ । ढोरपाटनले एथ्लेटिक्समा २ स्वर्ण, ४ रजत र २ काश्य पदक जितेको छ । भलिबलमा एक रजत, कराँतेमा ४ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेको छ । चौथो भएको जैमिनी नगरपालिकाले ५ स्वर्ण, ८ रजत र १४ कास्य पदक सहित कुल २७ पदक हात पारेको छ । जैमिनीले एथ्लेटिक्समा ४ स्वर्ण, २ रजत र ५ कास्य, भलिबलमा १ स्वर्ण, १ काश्य, कबड्डीमा २ काश्य, तेक्वान्दोमा ६ रजत र ६ काश्य पदक जितेको छ ।
गलकोट नगरपालिका ४ स्वर्ण, ४ रजत र ११ काश्य पदकसहित १९ पदक जितेर पाँचौ भएको छ । गलकोटले एथ्लेटिक्समा ३ स्वर्ण, २ रजत र ६ काश्य, भलिबलमा १ कास्य, कबड्डीमा १ स्वर्ण र १ रजत, तेक्वान्दोमा १ रजत र ४ काश्य पदक जितेको छ । काठेखोला गाउँपालिकाले ४ स्वर्ण, ४ रजत, ७ काश्यसहित १५ पदक जितेर छैठौं भएको छ । काठेखोलाले एथ्लेटिक्समा १ स्वर्ण, १ रजत र ३ काश्य, भलिबलमा १ रजत, तेक्वान्दोमा १ रजत र करातेमा ३ स्वर्ण, १ रजत र ४ काश्य पदक जित्यो ।
बरेङ गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ काश्य पदक जित्न सफल भयो । बरेङले एथ्लेटिक्समा ३ स्वर्ण, ५ कास्य, भलिबलमा १ स्वर्ण, करातेमा २ रजत २ कास्य पदक जित्न सफल भयो । निसीखोला गाउँपालिकाले २ स्वर्ण, २ रजत र ३ कास्यसहित ७ पदक जित्यो । निसीले एथ्लेटिक्समा २ स्वर्ण, २ रजत र १ कास्य, भलिबलमा १ कास्य, कबड्डीमा १ कास्य जित्न सक्यो । ताराखोला गाउँपालिकाले २ स्वर्ण र १ रजतसहित ३ पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कंडेल बताउनुभयो ।
ताराखोलाले एथ्लेटिक्समा १ स्वर्ण एक रजत र तेक्वान्दोमा १ स्वर्ण जित्न सफल भएको थियोे । यस पटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ पालिका मात्रै सहभागी भए । तमानखोला गाउँपालिकाले भाग लिएन । प्रतियोगितामा भाग लिएका सबै पालिकाले स्वर्णसहित पदक जित्न सफल भएका थिए ।