• २७ मङ्सिर २०८२, शनिबार

इन्डोर स्केटिङमा निरज विजयी

blog

रुकुम पूर्व, मङ्सिर २७ गते । रुकुमकोटमा पहिलोपटक आयोजना भएको इन्डोर स्केटिङ प्रतियोगिताको सिनियर पुरुषतर्फ निरज मल्ल विजेता बन्नुभएको छ। त्यसैगरी नवीन पुन दोश्रो र सुशील श्रेष्ठ तेस्रो हुनुभएको छ । 

सिनियर महिलातर्फ जेनिशा श्रेष्ठ प्रथम, सपना श्रेष्ठ दोश्रो र वर्षा रोका तेश्रो बन्नुभएको छ । 

पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार ५ सय र तेस्रोले पाँच हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतियोगिताको जुनियर पुरुषतर्फ क्रिश विक्रम विजेता, जेनिश श्रेष्ठ दोश्रो र मिकल नेपाली तेश्रो हुनुभएको छ । जुनियर महिलातर्फ युनिका बिके विजेता, आयुष्मा रोका दोश्रो र सुईसान्मी रोका तेश्रो बन्नुभएको छ । विजेताले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । युवा जमातका बिच लोकप्रिय खेल स्केटिङको विकाश, प्रवद्र्धन  तथा व्यवसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिता आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले जानकारी दिनुभयो।