• ७ असार २०८१, शुक्रबार

युनाइटेड एफए कपको चौथो चरणमा

blog

गोल गरेपछि खु्सी मनाउँदै ब्रुनो फर्नान्डेस ।

काठमाडौँ, पुस २४ गते । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको तेस्रो चरणको खेलमा विगन एथलेटिक्सलाई उसैको मैदानमा २–० गोलले हराउँदै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो ।

युनाइटेडलाई जिताउन डिओगो डानिलो र ब्रुनो फर्नान्डेसले गोल गर्नुभयो । डानिलोले २२औँ मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभएको थियो । त्यसपछि ७४औँ मिनेटमा फर्नान्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई सजिलै जिताउनुभयो । एजेन्सी