• १४ असार २०८१, शुक्रबार

फुटबल प्रशिक्षक प्रकाशलाई आर्थिक सहयोग

blog

काठमाडौँ, पुस ८ गते । ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा रहेको सांग्रिला फुटबल क्लबले आर्थिक सहयोग गरेको छ । सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।

सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो । सांग्रिला परिवारले प्रशिक्षक प्रकाशले योगदानको कदर गर्दै सानो सहयोग गर्ने प्रयास गरेका हौ, सहयोग हस्तान्तरणपछि बस्नेतले भन्नुभयो ।

मधेश प्रदेश फुटबल सङ्घ तथा धनुषा जिल्लाको ग्रासरुट फुटबल प्रशिक्षकमा कार्यरत अर्यालले नेपाली यू–१९ र यू–२३ राष्ट्रिय टोलीसमेत सम्हाल्नुभएको छ । प्रशिक्षक अर्यालले सांग्रिलाले गरेको सहयोगप्रति धन्यवाद दिँदै क्यान्सरलाई जितेर आफूले चाँडै मैदान फर्किन चाहेको बताउनुभयो ।