• १२ असोज २०८१, शनिबार

रियलको जित जारी

blog

गोल गरेपछि रियलका खेलाडी ।

काठमाडौँ, पुस १९ गते । स्पेनिस पावर हाउस रियल म्याड्रिडले ला लिगामा जितको यात्रा जारी राखेको छ । शीर्ष स्थानमा रहेको रियलले घरेलु मैदानमा बुधबार राति भएको खेलमा मालोर्कालाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा रियललाई जिताउन एन्टोनिओ रुडिगरले निर्णायक गोल गर्नुभयो । उहाँले ७८औँ मिनेटमा गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अङ्क दिलाउनुभयो । जितसँगै शीर्ष स्थानमा रहेको रियलले १९ खेलबाट ४८ अङ्क बनाएको छ । पराजित मालोर्का १८ अङ्कसहित १४औँ स्थानमा छ ।

दोस्रो स्थानमा रहेको जिरोनाको पनि ४८ अङ्क छ । बुधबार राति नै भएको खेलमा जिरोनाले एटलेटिको म्याड्रिडलाई ४–३ गोलले हराएको थियो । अर्को खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले स्तब्ध बनायो । एजेन्सी