• १४ असार २०८१, शुक्रबार

ललितपुर एनएसएल च्याम्पियन

blog

काठमाडौँ, पुस १४ गते । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

दशरथ रङ्गशालामा शनिबार साँझ भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो । 

उपाधिसँगै ललितपुरले ७० लाख रुपियाँ पुरस्कार पाएको छ । ललितपुरलाई जित दिलाउन इमो एजिकेलले दुई गोल गर्नुभयो । अर्को गोल दिनेश हेम्जनले गर्नुभएको थियो ।

धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजीले एक एक गोल गर्नुभयो । धनगढी पहिलो संस्करणमा पनि उपविजेता बनेको थियो । पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौँ रेजर्ससँग पराजित भएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने धनगढीले लिएको थियो । ओलावाले अफिजले खेलको ३९औँ मिनेटमा गोल गर्दै टोलीको उत्साह जगाउनुभएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा ललितपुरका इमो एजिकेलले बराबरी गोल फर्काउनुभयो । ५१औँ मिनेटमा दिनेशले गोल गर्दै टोलीलाई २–१ गोलको अग्रता दिलाउनुभयो ।

५८औँ मिनेटमा एजिकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई थप बिलयो बनाउनुभयो । इन्जुरी समयमा हिजाजीले गोल गरेपनि ललितपुरले हार टार्न सकेन । लिगमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो ।