माइभ्याली गोल्डकप धकेलियो, इलाम गोल्डकप माघमा
इलाममा बर्सेनि हुँदै आएको माइभ्याली गोल्डकप प्रतियोगिता यो वर्ष तोकिएको तालिकाभन्दा पछाडि धकेलिएको छ । इलाममै अर्को प्रतियोगिता इलाम गोल्डकपको तालिका सार्वजनिक भएसँगै माइभ्यालीलाई पछि सारिएको हो ।
युरो कप छनोट : जिब्राल्टारको पोस्टमा फ्रान्सको १४ गोल
फ्रान्सले युरो कप छनोट २०२४ मा जिब्राल्टरविरुद्ध गोल वर्षा गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० गोलले हरायो ।
युरो कप छनोट : इङ्ल्यान्ड र इटालीको सहज जित
इङ्ल्यान्ड र साबिक विजेता इटालीले युरो कप २०२४ को छनोट खेलमा सहज जित निकालेका छन् ।
झापामा आत्मानन्द कपको तयारी
झापाको दमकबाट नजिकै रहेको इलामको माङसेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ को ७० औँ जन्मोत्सवको अवसरमा मङ्सिर ८ देखि १७ गतेसम्म सञ्चालन हुने आत्मानन्द कप २०८० को तयारी सुरु भएको छ ।
किराँत गोल्डकप मङ्सिर १५ देखि
पहिलो संस्करणको प्रथम प्रथम वाईवाई अन्तर्राष्ट्रिय गोल्डकप मङ्सिर १५ देखि २३ सम्म सञ्चालन हुने भएको छ ।
फिफा यु–१७ विश्वकपमा इरानले न्यु क्यालेडोनियालाई हरायो
इरानले शुक्रबार यु–१७ फिफा विश्वकपको समूह सी मा न्यु क्यालेडोनियालाई ५–० ले हराएको छ ।
विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिल पराजित
साविक विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा हार खेपेका छन् । घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गोलले पराजित भयो ।
फिफा विश्वकप छनोटः नेपाल युएईसित पराजित
फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स ९युएई०सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।
मण्डली कपको उपाधि निस्दीलाई
सातौं मण्डली कपको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । प्रतियोगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–२ को सोझो सेटको अन्तरमा हराएको हो ।
प्रथम मेयरकपको उपाधि झापा गाउँपालिकालाई
झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा आयोजित प्रथम मेयरकप जिल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।
वीरगञ्ज गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलाई
प्रथम वीरगञ्ज गोल्डकपको उपाधी विभागीय टिम नेपाल पुलिस क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ट्राई बेक्ररमा पराजित गर्दै उचालेको छ ।
अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।
अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुँदै
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा बिहीबार हेटौँडामा सुरु भएको छ ।
वीरगञ्ज गोल्डकपः नेपाल पुलिस क्लब फाइनलमा
नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ ।
त्रिभुवन आर्मी क्लबले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्ड कप
बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ ।
सहिद स्मृति कप फुटबल प्रतियोगिता सुरु
बाह्रौ संस्करणको सहिद स्मृति कप फुटबल प्रतियोगिता धनकुटामा सुरु भएको छ । मितेरी युवा क्लबको आयोजनामा धनकुटाको सहिदभुमी गाँउपालिका –१, सफाइटारमा प्रतियोगिता सुरु भएको हो ।
विश्वकप छनोटमा यमनसँगको खेलका लागि तयारी गर्दै नेपाल
नेपालले एएफसी एसिया कप २०२७ र फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्धको पहिलो लिगका लागि तयारी थालेको छ ।
नेपाल र यमनबिचको विश्वकप छनोट खेल मङ्सिरमा हुने
विश्वकप छनोट समूह चरणको दोस्रो खेल नेपालले यमनसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पत्रकार सम्मेलनमा बताएअनुसार आगामी मङ्सिर ५ गते बेलुकी ७ बजे काठमाडौँको दशरथ रङ्गशालामा खेल हुनेछ। यसअघि नेपालले युएईसँग घरेलु मैदान युएईमा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्नेछ।
मुख्यमन्त्री गोल्ड कप: दुधौलीलाई ४-१ ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश
बाँकेको कोहलपुरमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ मा दुधौली स्पोट्र्स क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।
प्रथम वीरगञ्ज गोल्डकप: नेपाल पुलिस क्लब सेमिफाइनलमा
नेपाल पुलिस क्लव ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
गोल्डकपमा दुधौली सेमिफाइनलमा
बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।
सत्यवतीलाई प्रथम गुल्मी भलिबल कपको उपाधि
जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा कात्तिक १५ गतेदेखि तम्घासमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुष र महिलातर्फका फाइनल खेलमा सत्यवती गाउँपालिका प्रथम भएको छ ।
ब्याकुल माइला गोल्डकपको उपाधी दूधकौशिका आधारभूत विद्यालयले जित्यो
ब्याकुल माइला गोल्डकप नवौं संस्करणको उपाधी दूधकौशिका आधारभूत विद्यालय मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारले जितेको छ ।
ठेहे राइजिङ र माझा युवा क्लब भिड्ने
जिल्लामा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रानीवन गोल्ड कपको फाइनलमा सिमकोट गाउँपालिका –२ को ठेहे राइजिङ युवा क्लव ‘बी’ र खार्पुनाथ गाउँपालिका –४ को माझा युवा क्लब भिड्ने भएका छन् ।