मुख्यमन्त्री गोल्ड कप: उद्घाटन खेल आयोजक र चर्च ब्वाइजबिच हुँदै
आजदेखि सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन खेल आज आयोजक र चर्च ब्वइजबिच हुने भएको छ । कोहलपुर २ स्थित तेह्र बिगाहमा आजदेखि कार्तिक २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
सर्वियाका गोलरक्षक झापा एफसीमा अनुबन्धित
सर्बियाका गोलरक्षक स्टेफन कुपिज मङ्गलबार दोस्रो नेपाल सुपर लिग (एनएसल) का लागि झापा एफसीमा आवद्ध हुनुभएको छ ।
रानिटार युनाइटेड र सुकेटार लुङरुपालाई उपाधी
बडा दसैंको अवसरमा पाँचथरको फिदिम नगरपालिका १३ जेभालेस्थित पञ्चमी भञ्ज्याङमा आयोजित दशमी मेला फुटबल प्रतियोगिताको उपाधी सुकेटार फुटबल टिम लुङरुपाले जीतेको छ ।
कोहलपुर गोल्डकपको तयारी अन्तिम चरणमा
बाँकेको कोहलपुरमा मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विगाह मैदानमा यही कात्तिक १५ देखि २२ गतेसम्म मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८०’ हुने भएको हो ।
प्रथम नवयूथ कप पुरुष भलिबल प्रतियोगिता हुने
दाङको तुलसीपुरमा प्रथम नवयूथ कप पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को आयोजना तथा नवयूथ क्लबको समन्वयमा यही कार्तिक १७ गतेदेखि प्रतियोगिता हुन थालेको हो ।
युरोपेली लिग खेलिसकेका डियाग्ने धनगढी एफसीमा अनुबन्धित
यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेन्डर फलू डियाग्नेलाई दोस्रो नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीले विदेशी अनुबन्ध गरेको छ ।
प्रथम कोशी प्रदेश सभामुख कप कात्तिक १५ गतेबाट
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पूरा भएको छ । समाज विकास केन्द्र, नेपालको आयोजनामा यही कात्तिक १५ देखि २२ गतेसम्म हुने प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पूरा भएको हो ।
पहिलो रानीबन गोल्ड कप हुने
यही कात्तिक ११ गतेबाट जिल्ला स्तरीय रानीबन गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रानीबन युवा क्लवको आयोजनामा उक्त गोल्ड कप पहिलो पटक सञ्चालन हुन लागेको हो ।
आमन्त्रण गोल्ड कपको उपाधी शान्तिनगर फुटबल क्लबलाई
‘हाम्रो गोल दुव्र्यसन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा जारी वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी शान्तिनगर फुटबल क्लब इटहरीले जितेको छ ।
बेलबारी गोल्डकपको उपाधी विग्रेड ब्वाइजलाई
मोरङको बेलबारीमा जारी छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिता २०८० को उपाधी विग्रेड ब्वाइज काठमाडौंले जितेको छ ।
कोलखोपले जित्यो उपाधि
कोलखोप युवा क्लवले १२ नं. वडा स्तरीय फुटबल प्रतियोगिता–२०८० को उपाधि जितेको छ । घले युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोलखोपले उपाधि जितेको हो ।
सुटिङ टिमको बिदाइ
नेपालका दुई सुटिङ खेलाडीले १५ औँ एसियाली सुटिङ च्याम्पियन्सीपमा सहभागिता जनाउने भएका छन् ।
अनाथ र असहायको सहयोगका लागि इन्टरपेडको फुटसल
दसैंको अवसर पारेर द इन्टरपेड ट्राभल कम्पनीले इन्टरपेड फाउन्डेसन अन्तर्गत सामाजिक सेवाका विभिन्न कामका लागि फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि
पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ वीरगञ्जमा हुन लागेको हो ।
विश्वकप फुटबल छनोट : लाओसलाई हराएर नेपाल दोस्रो चरणमा
मनिष डाँगीको गोल निर्णायक बनेपछि नेपालले मङ्गलबार लाओसलाई उसकै घरेलु मैदानमा १–० ले हराएर फिफा विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरण पार गर्न सफल भएको छ ।
युवा सङ्घ नेपालले कात्तिक २५ देखि पब्जी प्रतियोगिता गर्ने
नेकपा (एमाले) निकट भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले कात्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ ।
आज साँझ लाओसको मैदानमा नेपालको परीक्षा
फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को पहिलो चरण पार गर्ने लक्ष्यसहित नेपाली टिम अहिले लाओसमा रहेको छ । नेपालले मङ्गलबार साँझ लाओसको न्यु लाओस नेसनल स्टेडियममा घरेलु टिमविरुद्ध छनोटको पहिलो चरणको अवे खेल खेल्दै छ । सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप : वराह क्षेत्र ११ सेमिफाइनलमा
‘हाम्रो गोल दुव्र्सन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप सोमवारबाट सुरु भएको छ ।
मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम विजयी
रुकुमपश्चिममा भएको पत्रकार, कर्मचारी र सुरक्षाकर्मीबिचमा भएको त्रिपक्षीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टिमले जित हासिल गरेको छ ।
ज्योति पुञ्ज कपको उपाधि न्यु यूथ युनियन तानसेनलाई
पाल्पाको रामपुरमा भएको ज्योति पुञ्ज कप फुटबल प्रतियोगिताको उपाधि न्यु यूथ युनियन क्लब तानसेन पाल्पाले हात पार्न सफल भएको छ । रामपुर नगरपालिका–७, किसान बारी भएको फाइनल खेलमा आयोजक रामपुर ज्योति पुञ्ज (सेतो)लाई १÷० गोलले हराउँदै न्यु यूथ युनियन च्याम्पियन बनेको हो ।
आयोजक डाँगीहाट फुटबल क्लव विजयी
उद्घाटन खेलमा भोजपुर जिल्ला फुटबल सङ्घलाई १–० ले हराउँदै आयोजक डाँगीहाट फुटबल क्लब छैटौं बेलबारी गोल्डकप २०८० को सेमिफाइनलमा प्रवेश गरेको छ ।
जिल्लास्तरीय फुटबल असोज ३० बाट
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकपछि अर्को खेलकुदको आयोजना गर्नेक्रम बढेको छ । केही महिनाअघि क्रिकेट र हालै प्रथम जिल्लास्तरीय कबड्डी प्रतियोगिता सम्पन्न गरेको भोक्राहा नरसिंह गाउँपालिकामा असोज ३० गतेबाट जिल्लास्तरीय फुटबल प्रतिमोतियाको तयारी पूरा भएको युवा क्लब नरसिंहले जनाएको छ ।
गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप असोज २९ बाट
‘हाम्रो गोल दुर्व्सनविरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप असोज २९ बाट सुरु हुने भएको छ ।