• ७ जेठ २०८१, सोमबार

युरो कप छनोट : इङ्ल्यान्ड र इटालीको सहज जित

blog

बल खोस्ने प्रयास गर्दै इङ्ल्यान्ड र माल्टाका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौं, मङ्सिर २ गते । इङ्ल्यान्ड र साबिक विजेता इटालीले युरो कप २०२४ को छनोट खेलमा सहज जित निकालेका छन् ।

सोमबार राति भएको खेलमा इङ्ल्यान्डले माल्टालाई २–० गोलले हरायो । एकपक्षीय खेलमा इङ्ल्यान्डलाई जिताउन कप्तान ह्यारी केनले ७५औँ मिनेटमा गोल गर्नुभयो । यसअघि इङ्ल्यान्डले माल्टाका पेपेबाट आठौँ मिनेटमा आत्माघाती गोल उपहार पाएको थियो । जितसँगै समूह ‘बी’ मा रहेको इङ्ल्यान्ड १९ अङ्कसहित छनोट भइसकेको छ ।

यस्तै समूहको अर्को खेलमा साबिक विजेता इटालीले नर्थ म्यासेडोनियालाई ५–२ गोलले हराउँदै छनोट सम्भावना कायम राखेको छ । अब इटालीले अर्को खेलमा युक्रेनलाई हराएमा सोझै विश्व कपमा स्थान बनाउनेछ । इटालीको जितमा फेडेरिको चिइसाले दुई, माटेओ डार्मिअन, जिआकोमो रास्पोडोरी र स्टेफन एल सारवीले एक एक गोल गर्नुभयो ।

म्यासेडोनियाका लागि दुवै गोल जेनी एटनासोभले गर्नुभयो । जितसँगै सात खेलबाट १३ अङ्क बनाएको इटाली दोस्रो र युक्रेन तेस्रो स्थानमा छ । समूहमा सात अङ्क बनाएको म्यासेडोनिया सात अङ्कसहित चौथो र अङ्कविहीन माल्टा अन्तिममा छ । युरो २०२४ जर्मनीमा आयोजना हुँदैछ । एजेन्सी