• ७ जेठ २०८१, सोमबार

फिफा यु–१७ विश्वकपमा इरानले न्यु क्यालेडोनियालाई हरायो

blog

जाकार्ता, मङ्सिर २ गते । इरानले शुक्रबार यु–१७ फिफा विश्वकपको समूह सी मा न्यु क्यालेडोनियालाई ५–० ले हराएको छ । पश्चिम जाभा प्रान्तको जलक हारुपत स्टेडियममा भएको उक्त खेलमा न्यु क्यालेडोनियाको पाँचको तुलनामा इरानले कुल ४६ सट लगाएको थियो । जितसँगै इरानले नकआउट चरणमा स्थान पक्का गरेको छ ।

समूहको अर्को खेलमा इङ्ल्यान्ड ब्राजिलसँग २–१ ले पराजित हुँदा दुवै टोली अन्तिम १६ मा पुगेका छन् ।

त्यसैगरी समूह ‘डी’ मा पोल्याण्ड समूहको शीर्ष स्थानमा रहेको अर्जेन्टिनासँग ४–० ले पराजित भएको थियो । जापानले सेनेगललाई २–० ले हराएर दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन् ।
 प्रतियोगिताको समूह चरणको खेल शनिबारसम्म चल्नेछ । रासस/सिन्ह्वा