• १३ असोज २०८१, आइतबार

हेटौँडामा एन्फा विशेष साधारण सभा सुरू

अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुँदै

blog

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को बिहीबार हेटौँडामा सुरू भएको विशेष साधारण सभा । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, कात्तिक २३ गते ।
 अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा बिहीबार हेटौँडामा सुरु भएको छ ।

एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव परेपछि विशेष साधारण सभा बोलाइएको हो ।

साधारण सभामा नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव पेस भएपछि नेम्वाङले आफूविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि जवाफ दिँदै आफूको विकासप्रति प्रतिबद्ध र फुटबलको विकास एक मात्र लक्ष्य रहेको बताउनुभयो ।

एन्फाको विशेष साधारण सभामा ८७ जना प्रतिनिधिको मताधिकार छ । अविश्वासको प्रस्ताव पारित हुन दुईतिहाइ बहुमत आवश्यक पर्ने एन्फाको वैधानिक व्यवस्था छ । नेम्वाङमाथिको  अविश्वास प्रस्तावमाथि गोप्य मतदान हुँदैछ ।

गत भदौमा अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव मात्र साधारण सभामा पेस भएको छ ।