• १८ असार २०८१, मङ्गलबार

प्रथम मेयरकपको उपाधि झापा गाउँपालिकालाई

blog

प्रथम मेयरकप जिल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकालाई । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, कात्तिक २६ गते ।
झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा आयोजित प्रथम मेयरकप जिल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।

फाइनल खेलमा कनकाई नगरपालिकालाई हराउँदै झापा गाउँपालिकाले उक्त उपाधिको रक्षा गरेको हो । यो जितसँगै झापा गाउँपालिकाले नगद ५१ हजार रुपियाँ प्राप्त गर्दा उपविजयी बनेको कनकाई नगरपालिकाले भने नगद ३१ हजार रुपियाँमा चित्त बुझायो ।

फाइनल खेलमा पहिलो सेट कनकाई नगरपालिकाले २२-२५ ले आफ्नो पक्षमा पारे पनि त्यसपछिका खेलहरुमा भने झापा गाउँपालिकाले लगातार ३ सिट जित्दै खेल आफ्नो पक्षमा पारेको हो । उपाधि रक्षा गर्नेक्रममा झापाले दोस्रो सेट २२-२५ ले जित्दै खेलमा फर्कियो । त्यसपछिको तेस्रो सेट पनि झापा गाउँपालिकाले २०—२५ ले जितेको थियो । त्यसपछिको खेलमा भने झापाले ३७-३९ ले जितेको थियो । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी भने कनकाई नगरपालिकाकाका अमृतवल्लभ ठकुरी हुनुभयो उहाँले नगद पाँच हजार रुपियाँ प्राप्त गर्नुभयो । यसैगरी फाइनल खेलको म्यान अफ द म्याच झापा गाउँपालिकाका रोमन बस्नेत हुनुभयो ।  बेस्ट डिफेन्स झापा गापाका मिलन कार्की, बेस्ट सर्भरमा समेत झापाकै सागरकिरण भट्टराई, बेस्ट स्पिकर झापाकै राेशन शिवाकोटी, बेस्ट ब्लकर कनकाईका अनिश निरौला र बेस्ट सर्टर कनकाई नगरपालिकाका आकाश ठटाल हुनुभयो । उहाँहरु सबै तथा विजयी तथा उपविजयी हुने खेलाडीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगरपालिकाका प्रवक्ता तथा कनकाई नगरपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर राई लगायातले शिल्ड तथा नगद प्रदान गर्नुभयो ।

त्यस्तै, सोही अवसरमा कनकाई नगरपालिकाका अन्तर्राष्ट्रिय पूर्व खेलाडी भीष्म चुडाल र समाजसेवी पण्डित मेघराज नेपाललाई समेत सम्मान गरिएको थियो ।