• १८ असार २०८१, मङ्गलबार

मण्डली कपको उपाधि निस्दीलाई

blog

पुरस्कार ग्रहणपछि विजेता खेलाडीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, कात्तिक २६ गते ।
सातौं मण्डली कपको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । प्रतियोगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–२ को सोझो सेटको अन्तरमा हराएको हो ।

यसैगरी, जीएम समाज नवलपुरले आयोजक टीम मण्डली स्पोर्ट्स क्लब पाल्पालाई ३–२ सेटमा जित निकाल्दै तेस्रो स्थानमा चित्त बुझायो । आयोजक मण्डली क्लबले सान्त्वना प्राप्त गर्‍याे

विजेता निस्दी भलिबल क्लबले ट्रफीसहित नगद एक लाख १२ हजार २३३ रुपियाँ पाएको छ । उपविजेता मणिमुकुकुन्द भलिबल क्लब रुपन्देहीले ट्रफी सहित नगद ७५ हजार ५५५, जीएम समाजले ट्रफीसहित नगद ५५ हजार १११ र आयोाजक क्लबले २५ हजार ५५५ प्राप्त गरेको क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।