• १३ असोज २०८१, आइतबार

हेटौँडामा एन्फा विशेष साधारणसभा

अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

blog

एन्फा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा पत्रकार सम्मेलन गरी विशेष साधारणसभा प्रति असन्तुष्टि जनाउँदै । तस्बिर :

राममणि दाहाल
हेटौँडा, कात्तिक २३ गते । 
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।

हेटौँडामा बिहीबार भएको विशेष साधारण सभाले नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव परेपछि विशेष साधारण सभा बोलाएर मतदानबाट टुङ्गो लगाइएको हो ।

एन्फाको विशेष साधारण सभामा ८७ जना प्रतिनिधिको मताधिकार रहेकोमा ५३ जना मतदानमा सहभागी भएका थिए । मतदानमा सहभागीमध्ये ५२ जनाले एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गरेका थिए । एक मत बदर भएको थियो ।

अविश्वासको प्रस्ताव अस्वीकृत भएसँगै अध्यक्षमा नेम्वाङले निरन्तरता पाउनुभएको छ । गत भदौमा अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराउने पक्ष मतदानमा सहभागी भएनन् ।

साधारण सभामा नेम्वाङले आफूविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि जवाफ दिँदै आफू फुटबलको विकासप्रति प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचन परिणामपछि एन्फाको निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फामा अनियमितता बढेको भन्दै खबरदारी गर्न नछाड्ने बताउनुभयो ।

अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव पारित हुन दुई तिहाइ बहुमत आवश्यक पर्ने एन्फाको वैधानिक व्यवस्था रहेको छ । विशेष साधारण सभा स्थलमा सुरक्षा व्यवस्था कडा गर्दै ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको थियो ।