• १ जेठ २०८१, मङ्गलबार

सत्यवतीलाई प्रथम गुल्मी भलिबल कपको उपाधि

blog

। प्रथम गुल्मी भलिबल कपको उपाधि सत्यवती गाउँपालिकालाई । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १९ गते ।
प्रथम गुल्मी भलिबल कपको उपाधि सत्यवती गाउँपालिकाले उचालेको छ । जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा कात्तिक १५ गतेदेखि तम्घासमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुष र महिलातर्फका फाइनल खेलमा सत्यवती गाउँपालिका प्रथम भएको छ ।

पुरुषतर्फ फाइनल खेलमा कालीगण्डकी गाउँपालिकालाई १९–२५, १६–२५ र १९–२५ को सेटमा हराउँदै सत्यवती गाउँपालिका प्रथम भएको हो । महिलातर्फको खेलमा पनि सत्यवती गाउँपालिकाले कालीगण्डकी गाउँपालिकालाई २५–१५, २०–२५ र १५–१० सेटमा हराउँदै प्रथम भएको खेल संयोजक सन्तोष पुनले जानकारी दिनुभयो । पुरुषतर्फको फाइनल खेल बेष्ट अफ फाइभमा खेलाइएको हो ।

खेल संयोजक पुनका अनुसार कालीगण्डकी गाउँपालिका पुरुषतर्फ र महिलातर्फको खेलमा द्वितीय भएको हो । पुरुषतर्फको खेलमा चन्द्रकोट गाउँपालिकाले मुसिकोट नगरपालिकालाई २५–२१ र २५–२३ को सेटमा हराउँदै तृतीय भएको हो । मुसिकोट नगरपालिका सान्त्वना भएको छ । महिलातर्फको खेलमा गुल्मीदरबार गाउँपालिकाले रुरुक्षेत्र गाउँपालिकालाई २५–२१ र २५–२० को सेटमा हराउँदै तृतीय भएको छ । रुरुक्षेत्र गाउँपालिका सान्त्वना भएको छ ।

पुरुषतर्फ प्रथम भएको सत्यवती गाउँपालिकाले नगद ७७ हजार ७७७ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको कालीगण्डकी गाउँपालिकाले ५५ हजार ५५५ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय भएको चन्द्रकोट गाउँपालिकाले ३३ हजार ३३३ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र, सान्त्वना भएको मुसिकोट नगरपालिकाले ११ हजार १११ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

महिलातर्फ प्रथम भएको सत्यवती गाउँपालिकाले ३५ हजार रुपियाँ नगदसहित नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको कालीगण्डकी गाउँपालिकाले २५ हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय भएको गुल्मीदरबार गाउँपालिकाले १५ हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र, सान्त्वना भएको रुरुक्षेत्र गाउँपालिकाले १० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा पुरुषतर्फ सत्यवती गाउँपालिकाका धनपति कुँवर बेष्ट प्लेयर, चन्द्रकोट गाउँपालिकाका विशाल विक बेष्ट स्पाइकर, सत्यवती गाउँपालिकाका हेमन राना बेष्ट सर्भर, कालिगण्डकी गाउँपालिकाका लोचन आले बेष्ट ब्लकर, सत्यवती गाउँपालिकाका हिमाल तरामु बेष्ट डिफेन्डर र सत्यवती गाउँपालिकाका रजन तरामु बेष्ट स्ट्राइकर भएका छन् ।

महिलातर्फ सत्यवती गाउँपालिकाका सिर्जना राहादी बेष्ट प्लेयर, गुल्मीदरबार गाउँपालिकाका युमि रास्कोटी बेष्ट डिफेन्डर, कालिगण्डकी गाउँपालिकाका यलिसा थापा बेष्ट सर्भर, कालिगण्डकी गाउँपालिकाका स्माइल पुन बेष्ट स्पाइकर र सत्यवती गाउँपालिकाका जिना सिंजाली बेष्ट स्ट्राइकर भएका छन् ।

प्रतियोगितामा यस जिल्लाका १२ वटै स्थानीय तहबाट महिला र पुरुष गरि २१ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रिय भलिबल महासंघ र नेपाल भलिबल संघको नियम सहित खेल नकआउट सिस्टममा खेलाइएको थियो । चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका र मदाने गाउँपालिकाबाट महिला खेलाडीको सहभागिता नभएको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले बताउनुभयो ।