• ७ जेठ २०८१, सोमबार

किराँत गोल्डकप मङ्सिर १५ देखि

blog

गोल्डकप बारे जानकारी दिँदै आयोजक ।

राधा लुइटेल

फिदिम, मङ्सिर २ गते । पहिलो संस्करणको प्रथम प्रथम वाईवाई अन्तर्राष्ट्रिय गोल्डकप मङ्सिर १५ देखि २३ सम्म सञ्चालन हुने भएको छ ।

पाँचथर जिल्ला फुटबल क्लबको आयोजनामा फिदिम माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठ टोलीको सहभागिता रहने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपियाँ र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपियाँसहित ट्रफि मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रतियोगिता सञ्चालन गर्न पाँचथर फुटबल क्लबले अखिल नेपाल फुटबल सङ्घसहित विभिन्न निकायबाट अनुमति लिइसकेको केप्छाकीको भनाई छ । खेल सञ्चालन गर्न ५१ लाख रुपियाँ लागत अनुमान गरिएको छ ।

वाईवाई तयारी चाउचाउ प्रमुख प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न स्थानीय तहसँगै सरकारी र गैर सरकारी संस्थाले सहयोग गर्ने पनि मगरले बताउनुभयो ।

पाँचथरको फिदिममा २०७५ सालदेखि राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता सञ्चालन हुन सकेका थिएनन् । फुटबल हेर्न दर्शकका लागि प्यारफिटको व्यवस्था गरिएको छ । टिकट अनिवार्य गर्ने किराँत आयोजकको तयारी छ ।