• १० मंसिर २०८१, सोमबार

नेपाल र यमनबिचको विश्वकप छनोट खेल मङ्सिरमा हुने

blog

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित पत्रकार सम्मेलन। तस्बिर:केशब गुरुङ

काठमाडौं, कात्तिक २१ गते । विश्वकप छनोट समूह चरणको दोस्रो खेल नेपालले यमनसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पत्रकार सम्मेलनमा बताएअनुसार  आगामी मङ्सिर ५ गते  बेलुकी ७ बजे काठमाडौँको दशरथ रङ्गशालामा  खेल हुनेछ। यसअघि नेपालले युएईसँग  घरेलु मैदान युएईमा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्नेछ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेसको सल्लाहमा नेपाललाई फाइदा पुग्नेगरी यमनसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।

साधारण प्यारापिटतर्फ ४ सय र भिआइपी प्यारापिटतर्फ एक हजार रुपियाँ टिकट दर तोकिएको प्रवक्ता शाहले जानकारी दिनुभयो। खेल सकिएपछि दर्शकका लागि आव-जावतलाई सजिलो बनाउन साझा यातायात तथा अन्य यातायात कम्पनीसँग कुरा भइरहेको पनि शाहले जानकारी गराउनुभयो। 

विश्वकप छनोटका लागि प्रशिक्षक एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइसक्नु भएको छ। जसबाट २३ खेलाडी छानिने छन् । यमन विश्व फुटबल महासङ्घ (फिफा) को वरीयता १५६ औँ र नेपाल १७३ औँ स्थानमा रहेको छ। प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रहेको एन्फाले जनाएको छ ।